गणतन्त्रलाई कसैले समाप्त गर्न सक्दैन : नेता निधि
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,मंसिर १६ गते । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले जनताको ठूलो बलिदान तथा सङ्घर्षले प्राप्त भएको गणतन्त्रलाई कसैले समाप्त गर्न नसक्ने बताउनुभएको छ ।पूर्व उपप्रधानमन्त्री निधिले जनकपुरधाम–२३ लादोवेलामा गैरअवासीय नेपाली सङ्घको आयोजनामा सञ्चालनमा आएको बेलायती कम्पनी बेलेकोको शाखाको आज उद्घाटन गर्दै प्रदेशहरूलाई बलियो बनाउन प्रहरी तथा निजामती कर्मचारी समायोजन छिटो गर्नुपर्ने बताउनुभयो ।उहाँले मुलुकमा आर्थिक मन्दी भएको बेलामा बेलायत तथा कतारमा प्रतिष्ठा आर्जन गरेको बेलेकोको कम्पनीका शाखा खुलेकोमा खुसी व्यक्त गर्दै यसले यस क्षेत्रको आर्थिक गतिविधि बढ्नुका साथै रोजगारीको अवसर मिल्ने आशा व्यक्त गर्नुभयो ।जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले कम्पनीको शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका बेरोजगार युवाहरूले स्वदेशमा नै रोजगारी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा लोसपाका नेता परमेश्वर साहले जनकपुरधाममा व्यापारीहरू पलायन भइरहेको वेलामा प्रसिद्ध कम्पनीको शाखा खुल्नु खुसीको विषय भएको बताउनुभयो ।गैरअवासीय नेपाली संघका युरोप शाखाका अध्यक्ष चिन्तामणि शर्माले नेपालमा गैरअवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेकका नागरिकता प्रदान गर्न थालेपछि लगानीका लागि उत्साहित भएको बताउनुभयो ।कम्पनीका सञ्चालक मोहम्द ईसराईलको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सिओ अब्दुल बासिर, कम्पनीका ब्राण्ड एम्बेस्डर प्रदीप खडकाले कम्पनीले उत्पादन गरेका ४३ प्रकारका घरेलु उपभोगका सामानहरूको बिक्री वितरण साथै निकट भविष्यमा नै उत्पादनको काम गर्ने बताउनुभयो ।कार्यक्रममा केही ज्येष्ठ नागरिक तथा स्थानीय बासीलाई सम्मान गरिएको थियो ।साभार : रेडियो नेपाल
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
18 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
18 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
19 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
19 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
23 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
29 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
29 दिन पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
2 महीना पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
2 महीना पहिले
संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैसस महासंघको गम्भी..
जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज क..
3 महीना पहिले
मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेत..
साउन १८ गते काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान ..
3 महीना पहिले
युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको ..
काठमाडौँ । साउन १६ गते राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल ..
3 महीना पहिले