सहमतिका आधारमा संघीयताका बाँकी काम टुंगो लगाउनुपर्छ : सभापति देउवा
3 वर्ष पहिले प्रकाशित
Smrititimes
धनुषा, मंसिर २५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।धनुषाको औरही गाउँपालिका–४ मा आज नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपुतको सालिक अनावरण गर्दै सभापति देउवाले संघीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए।सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे।‘स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ, उहाँको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ,’ उनले भने, ‘त्यो क्षतिपूर्तिका लागि हामी सबैले उहाँको सपना सकार गर्न लाग्नुपर्ने पर्छ । त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु।’कार्यक्रममा पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिले संविधानअनुसार दुई–दुईपटक निर्वाचन भइसक्दा पनि संघीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरुले गम्भीर बन्नुपर्नेमा जोड दिए।उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले सङ्घीयतालाई कमजोर गर्न विभिन्नखालका षडयन्त्र भइरहेको भन्दै सङ्घीयता ल्याउनमा कांग्रेसकै ठुलो योगदान भएको चर्चा गर्नुभयो । कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस अनुशासन समितिका संयोजक आनन्द ढुङ्गाना, पूर्व केन्द्रीय सदस्य रामकृष्ण यादव, स्वर्गीय सिंहका कान्छा छोरा डा. कुनाल सिंह, क्षेत्र नंं. २ का क्षेत्रीय सभापति नवीन गोहिबारसहितका नेताहरूले बोल्नुभएको थियो । साभार : काठमाडौं प्रेस

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
60 मिनट पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
60 मिनट पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 घन्टा पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
5 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..