कांग्रेसलाई कस्तो पार्टी बनाउने? जनतासँग गुगल फर्ममार्फत सुझाव माग्दै महर

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं,मंसिर २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत समेक्षण गर्ने भएका छन्। जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई जोडदारका साथ उठाउने बताए।उनले नीति महाधिवेशनमा कुन-कुन विषय उठाउनु पर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेका हुन्।नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए।‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ। हामीले अधिकांश जनताको सुझाव लिनुपर्छ। पार्टीले नै यो काम गर्नुपर्‍यो। तर, ढिलो भैसककेकाले कसैन कसैले त गर्नै पर्ने भयो। त्यसैले मैले यो व्यवस्था गरेको हुँ। म क्रियाशील सदस्य, शुभेच्छुक र जनताबाट प्राप्त सुझावलाई नै नीति महाधिवेशनमा उठाउने छु,’ उनले भने।कांग्रेसका आठै तहबाट पनि आगामी गन्तव्य कस्तो बन्नुपर्छ भन्नेमा धारणा लिनुपर्छ भनेर आफूले केन्द्रीय कार्यालयमा माग-पत्र दर्ता गरेकोमा त्यस्तो हुन नसकेको उनको छ।महरले विभिन्न १८ वटा सुझाव राख्दै गुगल फर्म सार्वजनिक गरेका हुन्। विद्यमान राजनीतिक ब्यवस्थाप्रति भइरहेका नकारात्मक टिप्पणी तपाईंलाई कस्तो लाग्छ?, व्यवस्थाप्रति नै नकारात्मकता देखिनुको कारण के होला? लगायत उनले १८ वटा प्रश्नमा सुझाव माग गरेका छन्।यसका साथै पार्टीभित्र अवसरको समान वितरण हुनुपर्ने महरले बताए। कसैले जहिले पनि अवसर पाउने र केही काम नगर्ने तथा कसैले अवसर नै नपाउने अवस्था आए नेताहरूप्रति जनतामा निराशा पैदा हुने उनको भनाइ छ।केन्द्रीय सदस्य महरले कांग्रेस निर्वाचन जित्नमात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउन नेतृत्व सक्रिय हुनुपर्ने बताए।‘नेपाली कांग्रेसलाई अब गठबन्धन बिनै २०८४ मा बहुमत ल्याउन सक्ने पार्टी बनाउनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ महर भन्छन्, ‘त्यसका लागि हामी जनतामाझ नै जाने हो। उहाँहरूका कुरा सुन्ने हो। जनपेक्षा अनुसार काम गर्ने हो। त्यसपछिमात्र हामी बहुमत प्राप्त गर्न सक्छौं।’नेपालमा राजनीतिक दल पारदर्शी नभएको गुनासो नागरिकमा व्याप्त रहेको समयमा अब जनताका माझमा जानुपर्ने र उनीहरूकै अनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने महरको भनाइ छ। साभार : डिसी नेपाल

 

12 comments
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

56 मिनट पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

56 मिनट पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 घन्टा पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..