जिल्ला अदालत महोत्तरी को फैसला पूर्वाग्रही लाल आयोग को प्रतिवेदन बाहिर नल्याई मधेसीलाई फसाई रहेको : वृषेश चन्द्र लाल

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, मंसिर २९ गते ।थमन विक मृत्यु प्रकरणमा महोत्तरी जिला अदालतबाट सांसद अभिरामशर्मा र पूर्व नगरप्रमुख शाही भनिने रामशंकर मिश्र सहित ७ जनालाई जन्मकैद सुनाइएकोमा तराई-मधेश लोकतान्त्रिक पार्टीले कडा प्रतिक्रिया जनाएको छ । तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा महोत्तरी जिला अदालतको यस फैसलालाई “काल्पनिक र झूठा विवरण खडा गरी मधेश र थरुहट आन्दोलनमा सहभागी हुनेहरुलाई प्रताडित र दण्डित गरिरहने एकल जातिय उग्रराष्ट्रवादका पृष्ठपोषकहरुको दमनकारी नीतिको निरन्तरता कायम रहेको देखिएको“ भनिएको छ । तमलोपाले यस्ता घटनाहरुको सत्यता आम जनताको आगाडि नखुलोस् भनेर नै स्वयं नेपाल सरकारबाटै सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित पूर्वनायब महान्यायाधिवक्ता, प्रहरीका पूर्वएआईजी राष्ट्रिय अनुसन्धान विभागका पूर्वएआईजी, वरिष्ठ अधिवक्ता र गृह मन्त्रालय शान्तिसुरक्षा महाशाखा प्रमुख सम्मिलित छानबीन आयोगको ७०९ पृष्ठको प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाएको छ ।

गठबन्धनमा सम्मिलित लोसपा र जसपाका नेतृत्त्वमाथि व्यंग गर्दै विज्ञप्तिमा भनिएको छ, -“ यस सन्दर्भमा मधेशको आन्दोलनको मोलभाउ गरी सदैव सत्ताको भर्याङ छुने काममा मात्र लागिरहने कम्बल ओढेकाहरु पनि कम दोषी र जिम्मेदार छैनन् भन्ने बारे स्पष्ट हुनु पनि त्यतिकै आवश्यक छ । एक ताका यस्ता तत्त्वहरु आन्दोलनकारीहरुका सबै मुद्दा फिर्ता भए भनेर हल्ली-खल्ली मचाएका थिए जसको सत्यताको पोल अहिले राम्रोसंग खुलेको छ । यी अहिले पनि गठबन्धन सरकारमा शामिल छन् ।“

तराई-मधेश लोकतान्त्रिक पार्टीले लाल आयोगको प्रतिवेदनको सार्वजनिकिकरण र आन्दोलनकारीहरूमाथि लगाइएका झूठा मुद्दाहरुको खारेजीको मांग गर्दै सत्य-तथ्य आयोगको प्रतिवेदन बाहिर नै नल्याई पहिचान, समानता र समावेशिताको निमित्त आन्दोलनमा रहेकाहरूको दमन/प्रताडनाको निमित्त अदालतको आड लिने प्रवृति र राजनीतिकरणको कडा बिरोध गरेको छ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले