राष्ट्रियसभा : १९ सांसदको पदावधि सकिँदै, ‘नील’ हुने अवस्थामा एमाले

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं, मंसिर २९ : राष्ट्रिय सभामा नेकपा एमालेका ९ सांसदसहित १९ सांसदको पदावधि आगामी फागुन २१ गते सकिँदैछ। पदावधि सकिने एमाले सांसदको सूचीमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनादेखि मनोनीत सांसद एवं पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईसम्म छन्। पदावधि सकिने एमालेका ९ सांसदहरुमा भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राई छन्।त्यस्तै, गठबन्धनतर्फ पदावधि सकिनेमा नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ (स्वतन्त्र सांसद खिमलाल देवकोटासहित) र जसपाका एकजना सांसद छन्। आगामी माघ ११ गते हुने निर्वाचनले १९ जनालाई छान्नेछ। एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनित गर्ने संवैधानिक प्रावधान छ।पदावधि सकिनेमा नेपाली कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन्। नेकपा माओवादी केन्द्रबाट हरिराम चौधरी, विना पोखरेल र महेशकुमार महराको पदावधि सकिँदैछ। त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट सिंहबहादुर विश्वकर्मा, नन्दा चपाईंको पदावधि सकिँदैछ।उता, जनता समाजवादीबाट सांसद प्रमिला यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा फागुन २२ माम पदमुक्त हुँदैछन्। राष्ट्रियसभा चुनावका लागि प्रदेश प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष रहेको निर्वाचक मण्डलले मतदान गर्ने संवैधानिक व्यवस्था छ।राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। अहिलेसम्म नेकपा एककिृत समाजवादी, जसपा, लोसपा, एमाले लगायतले निर्वाचन आयोगमा दल दर्ता गरिसकेका छन्। नेपाली कांग्रेसले भने आज दल दर्ता गर्ने तयारी गरेको छ। 

एमालेलाई झड्का 

प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको एमालेले एकैचोटि अध्यक्षसहित ९ सिट गुमाउँदै छ। माघ ११ मा हुने चुनावबाट एमालेले कति सिट जोगाउला ? यो प्रश्नबारे विभिन्न धारणाहरु चर्चामा छन्।अघिल्लो पटक १९ सिटका लागि भएको राष्ट्रियसभा चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ गर्ने गठबन्धन दलले दाबी गरेका थिए। तर एमाले त्यसो हुनबाट हुनबाट जोगिएको थियो। त्यसबेला एमालेले राष्ट्रियसभाबाट ७ सिट गुमाएको थियो। ५९ सदस्यीय राष्ट्रियसभामा एमालेका १७ सांसद छन्। आगामी चुनावमा एमालेले ९ सिट गुमायो भने उसँग राष्ट्रियसभामा ८ सांसद मात्रै बाँकी रहनेछन्। त्यसैगरी राष्ट्रियसभामा नेपाली कांग्रेससँग १० सिट छन्। यसमध्ये चार सांसदको सिट खाली हुँदैछ। गत चुनावमा तीन सिट खाली हुँदा कांग्रेसले ६ सिट जित हात पारेको थियो। यसपालि पनि उसले गुमेका ४ सिटमा एमालेका समेत खोसेर राष्ट्रियसभाको पहिलो दल बन्ने रणनीति बनाएको नेताहरू बताउँछन्।त्यसो त माओवादीसँग हाल राष्ट्रिय सभामा १५ सिट छ। यसमध्ये तीन सिट खाली हुँदैछ। कांग्रेससँगको गठबन्धनमा माओवादीले पनि एमालेका ९ मध्ये केही सिट खोस्ने लक्ष्य लिएको सो पार्टीका नेताहरूको दाबी छ।एकीकृत समाजवादीका ८ सांसदमध्ये स्वतन्त्र भनिएका खिमलाल देवकोटासहित ३ जना बाहिरिँदैछन्। उसले पनि गठबन्धनकै बलमा राष्ट्रियसभामा संख्या बढाउने लक्ष्य लिएको सो दलका नेताको दाबी छ।साभार : काठमाडौं प्रेस

12 comments
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

60 मिनट पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

60 मिनट पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 घन्टा पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..