अबको चार वर्षमा मधेश प्रदेश साक्षर घोषणा हुन्छ :मन्त्री यादव

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम मंसिर ३० । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले अबको चार सालमा मधेश प्रदेशलाई साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तीनै तहको सरकारको साझा कार्यक्रममा शिक्षा पर्नेभएकाले सबैलाई साक्षर बनाउने अभियान अन्रतगत प्रदेशलाई साक्षर बनाउने बताउनु भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसीइ नेपाल)को आयोजना तथा भीएसओको सहयोगमा निःशुल्क , गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्ने उद्देश्यका साथ सहयात्रा र एक्टिभ परियोजना मार्फत समावेशी शिक्षामा प्राप्त सिकाईको प्रदेश स्तरीय आदान प्रदान कार्यशाला गोष्ठीको प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले प्रदेश शिक्षा नीति यहाँको अनुकुलता अनुसार बनाउने बताउनु भयो । संघीय सरकार संग जुधेपनि मधेशको माटो सुहाउदो शिक्षा नीति ल्याउने बताउनु भयो । स्थानीय सरकारहरु संग समेत बृहत छलफल गरी साक्षर अभियानमा लागेको बताउनु भएको छ । उक्त गोष्ठीमा बोल्दै एनसीई नेपालका सचिव टेकराज अवस्थीले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा भएको व्यवस्था संशोधनका बूँदाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले उक्त विधेयकमा प्रश्नपत्र छाप्ने काम स्थानीय तहले गर्नुपर्ने, किताव छाप्ने र वितरणको काम प्रदेश सरकारले गर्नुपर्ने तथा शिक्षक प्रशिक्षण प्रतिष्ठानको अवधारण समेत विधेयकमा हुनुपर्ने जिकिर गर्नुभयो । सो गोष्ठीमा भीएसओ नेपालका तर्फबाट श्याम स्ािँह धामीले र्साजनिक शिक्षाले कसरी सबै पक्षलाई जोडिएको विषयमा जानकारी गराउनु भयो । सहजकर्ता रेवत कुमार ढकालले शिक्षा नीतीको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । सार्वजनिक विद्यालयको सुद्रिढीकरण मुख्य उद्देश्यका साथ मधेश प्रदेशका चार जिल्ला सर्लाही,रौतहट,बारा, र पर्साका २–२ वटा पालिकामा समता मुलक शिक्षा सम्बन्धी परियोजनाको काम उपलब्धी मुलक भएको कार्यक्रमका अध्यक्षता गर्नुभएका एनसीई नेपालका प्रदेश संयोजक लक्षमेश्वर मंडलले जानकारी गराउनु भयो । उहाँले सहभागीहरुको प्रतिक्रियाले आफुहरुलाई समावेशी शिक्षाका लागि काम गर्न अगामी िदनमा सजिलो हुने बताउनु भयो । सो कार्यक्रममा शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका योजना शाखाका अधिकृत किशोरी कापरले शिक्षा मन्त्रालयले चालु आर्थिक वर्ष गर्ने कामहरुका बारेमा जानकारी गराउदै अर्थको आभावमा छोरी विमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको बताउनु भयो । सो कार्यक्रममा शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादवले स्थानीय सरकारले सय पुर्णाङकको स्थानीय करिकुलम अहिले सम्म बनाउन नसकेको बताउनु भयो । प्रधानाध्यापक छानोट स्थानीय तहले गर्नुपर्ने विधेयकमा रहेको तथा निःशूल्क शिक्षाको अवधारणामा स्थानयि तहले खासै चासो नदिएकाले कसरी विद्यालय संचालन गर्ने भन्ने प्रश्न गर्नुभयो । धनुषा जिल्लाको कुनै पनि स्थानीय तहले विद्यालय संचालन योजना सम्बन्धमा प्रअ संग समन्वय नगरेको समेत आरोप लगाउनु भयो । एनसीई नेपालका धनुषा जिल्ला संयोजक कमलेश मंडलले संचालन गरेको सो कार्यक्रममा सहभागीहरुले शिक्षा सम्बन्धी विधेयकमा सुधारिनु पर्ने पक्षका बारेमा जानकारी गराएका थिए ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले