विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउँछ : राष्ट्रपति
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं ,पुष १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व रहेको बताएका छन् ।विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गरेका छन् ।राष्ट्रपति पौडेलले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गरेका छन् । उनले मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गरी सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन विवाह पञ्चमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेल सन्देशमा त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गरेका छन् ।साभार : नेपाल प्रेस

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
18 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
18 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
19 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
19 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
23 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
29 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
29 दिन पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
2 महीना पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
2 महीना पहिले
संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैसस महासंघको गम्भी..
जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज क..
3 महीना पहिले
मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेत..
साउन १८ गते काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान ..
3 महीना पहिले
युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको ..
काठमाडौँ । साउन १६ गते राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल ..
3 महीना पहिले