विदेशमा फसेकालाई उद्धार गर्न टोली
6 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरबाट खाडी तथा मलेसियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले र्यापिड रेस्पोन्स टिम (द्रुत उद्धार टोली) बनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीको संयोजकत्वमा टोली बनाएका हुन् । टोलीको बैठकले भने उद्धारका लागि सरोकार मन्त्रालयसँग समन्वय र सहजीकरण गर्न श्रम सहसचिवको नेतृत्वमा अर्को उच्चस्तरीय टोली बनाउन मन्त्रालयलाई अनुरोध गरेको छ ।
‘श्रमिकको उद्धारका लागि परराष्ट्र, पर्यटनलगायत मन्त्रालयसँग नियमित समन्वय गर्नुपर्छ । मेरो नेतृत्वको टिमले सूचना संकलन गर्छ । मन्त्रालयकै संयोजकत्वमा उच्चस्तरीय उद्धार टोली बनाउन आवश्यक देखियो,’ दवाडीले कान्तिपुरलाई भने ।
बैठकले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) लाई आफूलाई पठाएका श्रमिकको यथार्थ विवरण पेस गर्न लगाउने निर्णय गरेको छ । ‘म्यानपावरमार्फत गएका श्रमिकको जानकारी म्यानपावरबाटै लिने र व्यक्तिगत हिसाबले गएका श्रमिकको जानकारी दूतावासमार्फत लिने निर्णय भएको छ,’ दवाडीले भने । उनले श्रमिकको उद्धारका लागि खर्चको प्रबन्ध वैदेशिक रोजगार बोर्ड, अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय दातृ निकायमार्फत बन्दोबस्त गर्ने तयारी भइरहेको बताए । गत वर्ष बोर्डले १० हजार श्रमिकलाई उद्धार गर्ने तयारी गरेको थियो । तर, बोर्डको खर्चबाट तीन सय २७ जना मात्रै उद्धार गरिएको थियो ।
कोरोना संक्रमणको पहिलो लहरका बेला वैदेशिक रोजगारमा गएकामध्ये झन्डै एक लाख १० हजार जना फर्किएका छन् । खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार फर्किएकामा श्रमिक रोजगार करारपत्र नवीकरण नगर्नेहरू बढी छन् । गन्तव्य देशका राजदूतहरूका अनुसार कोरोना संक्रमण बढे पनि पहिलाजस्तो श्रमिकहरूलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था देखिएको छैन । ‘पहिलाजस्तो भयग्रस्त वातावरण छैन । साउदीमा कोरोना नियन्त्रणमा आइसकेको थियो । अहिले फेरि संक्रमितको संख्या दिनमा हजार नाघिरहेको छ । तैपनि पहिलाजसरी श्रमिकहरू आत्तिएका छैनन् । खोप सहजै उपलब्ध भइरहेको छ, नाम लेखाएको दुई–तीन दिनभित्र खोप लगाउन पाइन्छ । अक्सिजनको अभाव छैन,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले कान्तिपुरसँग भने, ‘भारत र पाकिस्तानबाट श्रमिक आउन रोक लगाइएको छ । नेपालबाट निर्बाध रूपमा श्रमिक आइरहेका छन् ।’
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
7 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
7 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
8 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
8 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
9 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
9 दिन पहिले
पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..
काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
3 महीना पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपुà..
3 महीना पहिले
नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्रà..
जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट à¤..
3 महीना पहिले
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग माà..
ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..
11 महीना पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बनà¥..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
12 महीना पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..