अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बन्धी सरोकारबलाहरु संग फलोअप बैठक सम्पन्न

11 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
कार्तिक २३ गते ।
अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र अन्य प्रमुख सरोकारबलाहरु संग जनकपुरधाममा एक दिने फलोअप बैठक सम्पन्न भएको छ । राष्ट्रिय अपाङग महिला पुनस्र्थापना केन्द्रको आयोजना , डिसेबलिटी राइट फन्डको सहयोग तथा नेपाल अपाङग महिला संघ बारा तथा अपाङग समाज जनकपुरको समन्वयमा भएको सो बैठकमा स्थानीय तहमा आफ्ना अधिकारका लागि थप सक्रिय हुने निर्णय भएको हो ।

राष्ट्रिय अपाङग महिला पुनस्र्थापना केन्द्रका उपाध्यक्ष गुलाबती झाको अध्यक्षतामा भएको सो बैठकका प्रमुख अतिथि राष्ट्रिय अपाङग महासंघ मधेश प्रदेशका अधयक्ष किरण पासमानले सहभागीहरुलाई थप सशक्तिकरणका लागि योजना अनुसार अगाडी बढ्न आग्रह गर्दै अन्तराष्ट्रिय अपाङगता दिवसलाई भव्यताका साथ बनाउन सक्रिय हुन आग्रह गर्नु भयो । उहाँले आफु रहेका पालिकाहरुमा आफ्ना अधिकारका लागि आवाज उठाउन सबैलाई आग्रह गर्नुभएको थियो ।

सो बैठकमा बोल्दै अपाङग समाज जनकपुरका अध्यक्ष शत्रुधनलाल कर्णले धनुषा र महोत्तरीमा रहेका अपाङगता भएका व्यक्तिहरुको संस्थामा महिला र बालबालिकाहरुको अवस्थाका विषयमा जानकारीका लागि भएको बताउनु भयो । दुई जिल्लाका अपाङगता भएका व्यक्तिहरुको संस्थाका वर्तमान अवस्थाका बारेमा जानकारी गराउन उहाँले सहभागीहरुका आग्रह गर्नुभएको थियो ।

सो बैठकमा बोल्दै राष्ट्रिय निर्देशक समितिका सदस्य सन्जु भगतले यो कार्यक्रम अपाङगता भएका महिला,बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि भएको बताउनु भयो । सो कार्यक्रममा संस्थाका कार्यक्रम व्यवस्थापक कामदेव यादवले सहभागीहरुलाई अपाङगता भएका व्यक्तिहरुको समता तथा समानताका लागि समाजका हरेक क्षेत्रमा समान अधिकारका लागि गरिनुपर्ने कामहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

सो बैठकमा ग्रामिण अपाङग उत्थान केन्द्रका अध्यक्ष धनेश प्रसाद शर्मा,नेपाल अपाङग संघ महोत्तरीका अध्यक्ष मध’ महतो,संकल्प समाज नेपालका दिपेन्द्र कुमार चौधरी,अपाङग विकास केन्द्रका संजीव कुमार पासमान,अपाङग समाज जनकपुरका सहसचिव संगीता गुप्ता,स्माइनल इन्ज्युरी संघका सचिव अशोक कुमार धनकार लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन जय प्रकाश ठाकुरले गर्नुभएको थियो ।

12 comments
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..

4 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..

4 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

4 दिन पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

5 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

5 दिन पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

6 दिन पहिले

पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..

  काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..

1 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..

2 महीना पहिले

नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्र..

  जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट ..

2 महीना पहिले

पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग मा..

  ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..

10 महीना पहिले

धनुषा देवडिहाका वैज्ञानिक सतिष चन्द्र झाः विश्व विज्ञा..

जनकपुरधाम साउन २४ गते । धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं. ७ देवडिहाका युवा वैज्ञानिक सतिष चन्द्र झा आफ्नो अनौ..

1 वर्ष पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..