सीमा बासीको पिडा समाधान हुनु आवस्यक

3 वर्ष पहिले प्रकाशित

Smrititimes

( सप्तरी ) पुस १० गते। सीमाक्षेत्र बासीले भोग्दै आएको पिडा र समस्या विशिष्ठ रहेकोले यसको उच्च प्रशासनिक राजनैतिक संस्कारले गर्नुपर्ने नेपाल सरकारको पूर्व उपप्रधानमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बताउनुभएको छ । 

नेपाल भारत खुल्ला सिमा सम्वाद समुह सप्तरीले सोमबार सप्तरीको राजविराजमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

खुल्ला सीमा नेपाली जनताको लागि वरदान भएको उहाँले भन्नु भयो।नेपाल भारत बिच प्राकृतिक र पौराणिक सम्बन्ध रहेकोले दुबै देशको सरकारले सिमा क्षेत्र बासी प्रती देखाउदै आएको प्रतिकूल व्यवहार एबं दिल्ली काठमाडौको चस्माले उक्त क्षेत्रको जनताको भाग्य भविष्यको फैसला गर्नु हास्यस्पद हुने नेता महतोले भनुभयो । नेपाल भारत प्रवृद्ध समुहमा मधेशको प्रतिनिधित्व नरहेकोले सीमामा बस्ने मधेसीको भावना र समस्या सम्बोधन हुदैन यसर्थ उक्त समुहको कुनै प्रतिवेदन हामी मान्दैनौ । सीमाको संरचना हुनुपूर्व नै नेपाल भारतको आफ्नै प्रकारको (सहोदर)अनुपम सम्बन्ध रहेकोले सरकार, प्रशासनिक र सुरक्षाकर्मिको व्यवहार सीमाक्षेत्र बासी संग मित्रबत गर्नुपर्छ । उहाँ भनुभयो । 

नेपाल भारत खुल्ला सिमा सम्वाद समुहको अध्यक्ष राजिव झाले हामी नेपाल भारत खुल्ला सीमानाको पक्षमा रहेको बताउनुभएको छ । उहाँले भनुभयो :जहाँ संसार खुल्ला सिमानाको कुरा गरिरहँदा भारत जस्तो विशाल देशसँग खुल्ला सिमानाका भएर हामी देशभित्रकै नागरिकबीच काठमाण्डौ र मधेश सीमा क्षेत्रको नागरिक भन्दै आपसी खिचातानीले झन गरिब हुदै गएका छौं ।

भारतसँगको खुल्ला सीमाले काठमाण्डौमा सुन तस्करी भएको होइन र सुनको पैसा सीमामा बस्ने नागरिकको उपयोगमा प्रयोग भएको छैन ।मधेशप्रति राज्यले देखाउदै आएको द्वेध चरित्र हाम्रो समस्या हो न की खुल्ला सीमाना । अध्यक्ष झाले भनुभयो । 

नेपालको मधेशको नागरिक न्युन रहे पनि पहाडी मूलको 40 लाख व्यक्ति भारतमा ठूला पदमा रोजगार पाएका छन् । खुल्ला सिमाले विकास निम्त्याउछ र राज्यको षड्यन्त्रले सीमाबार अनर्गल भइरहेको छ । सीमामा भोग गर्दै आएका नागरिकको मनसायले सीमा खुल्ला राख्नुपर्ने वा बन्द गर्नुपर्ने भनि राज्यले निर्णय लिनुपर्ने आवश्यक हुन्छ । हामी खुल्ला सीमाको पक्षधर हौं । खुल्ला सीमा नागरिकको लागी बर्दान भएकोले सम्वाद र समस्या समाधान आवश्यक छ । अहिले नेपाल भारत बीच रहेको १४ सय किलोमिटर खुल्ला सिमानाकालाई ७० वटा सिमा मात्र खुल्ला राखेर बाँकी सबै बन्द गर्नुपर्ने कथित बिज्ञहरुले दिएको सुझाव एक दम गलत रहेको अध्यक्ष झाले सुझाउनुभयो।

खुल्ला सिमाना र मधेशी नागरिकको पिडापूर्ण दिनचर्याबारे गम्भीर भएर समाधानको कार्ययोजना बनाउनु पर्ने आवश्यक्ता रहेको छ।नागरिकको सहजतासँगै दुई देशको व्यापार प्रवद्धनमा समेत राज्यलाई टेवा पुग्ने उदेश्यले राजविराज - कुनौली जोड्ने पक्की पुल , राजविराजलाई बडी भन्सारको रुपमा तत्काल निर्माण र संचालन हुनुपर्ने , नेपाली गाडीको अनुमति पहिला जस्तै भन्सारले नै दिनुपर्ने सम्वाद कार्यक्रमका वक्ताहरुले बताउनुभयो । 

धर्मभूमि रहेको नेपाल भारतको सम्बन्ध दुनियाको उत्कृष्ट रिस्ता हो । राजविराज कुनौली सम्वन्धकै कारण हाम्रो व्यापारको सटर खुल्छ र बन्द हुन्छ यसर्थ : नागरिक स्तरमा खाध वस्तु नेपाल लग्न रोकेका छैन । लागु औषधको समस्याले सीमाको दुबैदेशको युवा वर्वाद भइरहेको छ । पक्की पुल केन्द्रिय सरकार बीचको पहलले मात्रै बन्ने भारत कुनौली पंचायतको पूर्व मुखिया अरविन्द गुप्ताले बताउनुभयो ।

भारतीय सीमामा तार लगाउनु उत्पिडित जनता झन पिडामा पर्छ । पुल निर्माण नेपाल सरकारले नै चाहेको छैन ।नेपाल सरकारको पूर्व मन्त्री उमेश कुमार यादवले आरोप लगाउनुभयो। पुल त के सप्तरीको गौरवमय योजना पनि बन्नु हुदैन भने सरकारको मनसाय रहदै आएको छ । भन्सारको स्तरोन्नति बिना यहाँको औधोगिक क्षेत्र चल्दैन । उहाँले भनुभयो ।

पाँच पर्वदेखि सम्वाद समूहले सीमाको समस्या र नागरिक सम्बन्धको विषयमा काम गर्दै आएका छन् । युगान्तरसम्म नेपाल भारत भूमि र नागरिकबीच सम्बन्ध छ । सीमामा हुने बदमासी राज्यले नियन्त्रण गर्नुपर्छ तर नेपाल भारत एउटै शरीरको दुई हात भएकोले सीमा खुल्ला रहनु पर्ने छिन्नमस्ता गाउँपालिका लालापट्टी न्यौर सीमा क्षेत्रमा बस्ने नागरिक लक्ष्मण यादवले बनाउनुभयो ।

राजनिति शुन्यताको कारण नेपाल सरकारले मधेशीसँग भारतको सम्वन्धमा तारकाँटा लगाएर विर्गान खोज्ने सुनियोजित मनशाय पूरा हुदै गएको छ । हामी मधेशी अर्को सीमाक्षेत्रमा जन्मिनु नै हामी जस्तो मधेशी नागरिकको दुर्भाग्य रहेको दुईदेशीय अभियन्ता दिपेन्द्र चौधरीको बुझाई रहेको छ । रम्पुरा मल्हनिया कोशीले छुट्याएको भारतसँगको सीमाको पिडाले राती सप्तरीमा निदाए तर विहान आँखा खुल्दा सुनसरीको बासी बनायो । नेपालीले भारतीय बजारमा गएर बेचेको नेपाली रकम लिएर नेपाल पस्दा नेपालका सुरक्षा निकाय समातेर श्रोत खुलाउन भन्नु असान्दर्भिक भएको सीमाक्षेत्रका नागरिक राम नारायण यादवले भनुभयो ।

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

6 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..