आन्दोलनकारीलाई जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानित भयो : राजेन्द्र महतो
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,पुस १० गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार र पहिचानका लागि आन्दोलन गर्नेलाई अदालतबाट भएको जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानित भएको बताएका छन् ।सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आन्दोलनकारीलाई जन्मकैदको सजायको दाबी प्रहरीले गर्यो र अदालतले सजाय सुनाइदियो । प्रहरी भनेको सरकार नै हो । त्यसैले मधेश आन्दोलनलाई सरकारले अपमानित गरेको छ । अधिकार र पहिचानको आन्दोलनलाई अपराधीकरण गरिएको छ ।’तेस्रो मधेश आन्दोलनमा महोत्तरीको जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले लोसपा मधेश प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहितलाई जन्मकैदको फैसला सुनाएको छ । अदालतको फैसलापछि दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्य शर्मासहितका नेताहरू सम्पर्क विहीन छन् ।अदालतले मधेश आन्दोलनकारीलाई जन्मकैदको फैसला सुनाए पनि मधेश केन्द्रित दलहरू सरकारमै छन् । यस सन्दर्भमा नेता महतोले सरकारमा रहेका चार मधेशी दल लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्कालै सरकार छाड्नुपर्ने बताए ।‘सात दलीय मोर्चाको आह्वानमा मधेश आन्दोलन भएको थियो’, नेता महतोले भने, ‘यदि आन्दोलनकारी अपराधी भयो भने आन्दोलनको आह्वान गर्नेहरू त मुख्य अपराधी भयो नि ! र, अपराधी बनाउने काम सरकारबाटै भयो । त्यसैले चारै मधेशी दल सरकारमा बस्नुको औचित्य छैन ।’नेता महतोले आन्दोलनकारीलाई जन्मकैदको फैसला हुँदा पनि मधेशी दलहरू चुप्पी साधेर सरकारमा बसेकोमा दुस्ख व्यक्त गरे । सरकार छाडेर आन्दोलनमा होमिन चारै मधेश केन्द्रित दलका नेतृत्वसँग उनले आग्रह समेत गरे ।उनले भने, ‘अदालतको फैसलाले पहिचान र अधिकारको आन्दोलन गरेमा जन्मकैद सजाय हुन्छ भन्ने सन्देश दिएको छ । यसविरुद्ध हामीले संघर्ष गरेनौँ भने अब कसले आन्दोलन गर्छन् रु यो कुरा नेतृत्वकर्ताहरुले बुझ्न जरुरी छ ।साभार : नेपाल प्रेस

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
5 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
6 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
6 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले