आन्दोलनकारीलाई जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानित भयो : राजेन्द्र महतो

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,पुस १० गते ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अधिकार र पहिचानका लागि आन्दोलन गर्नेलाई अदालतबाट भएको जन्मकैदको फैसलाले मधेश आन्दोलन अपमानित भएको बताएका छन् ।सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आन्दोलनकारीलाई जन्मकैदको सजायको दाबी प्रहरीले गर्‍यो र अदालतले सजाय सुनाइदियो । प्रहरी भनेको सरकार नै हो । त्यसैले मधेश आन्दोलनलाई सरकारले अपमानित गरेको छ । अधिकार र पहिचानको आन्दोलनलाई अपराधीकरण गरिएको छ ।’तेस्रो मधेश आन्दोलनमा महोत्तरीको जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले लोसपा मधेश प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहितलाई जन्मकैदको फैसला सुनाएको छ । अदालतको फैसलापछि दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्य शर्मासहितका नेताहरू सम्पर्क विहीन छन् ।अदालतले मधेश आन्दोलनकारीलाई जन्मकैदको फैसला सुनाए पनि मधेश केन्द्रित दलहरू सरकारमै छन् । यस सन्दर्भमा नेता महतोले सरकारमा रहेका चार मधेशी दल लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्कालै सरकार छाड्नुपर्ने बताए ।‘सात दलीय मोर्चाको आह्वानमा मधेश आन्दोलन भएको थियो’, नेता महतोले भने, ‘यदि आन्दोलनकारी अपराधी भयो भने आन्दोलनको आह्वान गर्नेहरू त मुख्य अपराधी भयो नि ! र, अपराधी बनाउने काम सरकारबाटै भयो । त्यसैले चारै मधेशी दल सरकारमा बस्नुको औचित्य छैन ।’नेता महतोले आन्दोलनकारीलाई जन्मकैदको फैसला हुँदा पनि मधेशी दलहरू चुप्पी साधेर सरकारमा बसेकोमा दुस्ख व्यक्त गरे । सरकार छाडेर आन्दोलनमा होमिन चारै मधेश केन्द्रित दलका नेतृत्वसँग उनले आग्रह समेत गरे ।उनले भने, ‘अदालतको फैसलाले पहिचान र अधिकारको आन्दोलन गरेमा जन्मकैद सजाय हुन्छ भन्ने सन्देश दिएको छ । यसविरुद्ध हामीले संघर्ष गरेनौँ भने अब कसले आन्दोलन गर्छन् रु यो कुरा नेतृत्वकर्ताहरुले बुझ्न जरुरी छ ।साभार : नेपाल प्रेस

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले