जटही– पिपरौन सडक बनाउन नेपाल भारत सिमावर्ती नागरिक समाजले थाले सम्बाद

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, पुस १५ गते । भारतको मधुवनी जिल्ला देखि जनकपुर आउन सबै भन्दा नजिकको रुट जनकपुर पिपरौन सडक अन्तरगत सिमावर्ती क्षेत्र जटही देखि पिपरौन सम्मको डेढ किलो मिटरको सडक बनाउन नेपाल भारत सीमावर्ती नागरिक समाजले सामुहिक सार्थक सम्बाद सुरु गरेको छ । यसै क्रममा शनिबार जटहीमा नेपाल भारत क्षेत्रका व्यक्तित्वहरुको बैठकबाट उक्त सडक बनाउन सामुहिक दवाव दिने निर्णय गरिएको छ । सो सडक खण्ड मात्र व्यापारिक दृष्टिकोणले नभई जनकपुर देखि गिरिजा स्थान जाने धार्मिक पर्यटकहरुका लागि समेत महत्वपुर्ण रहेकाले भारत तर्फ रहेको डेढ किलोमिटरको सडक बनाउन दुबै देशका सिमावर्ती क्षेत्रका नागरिकले सम्बाद थालेको जनकपुर नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रले जानकारी दिनुभयो ।उहाँले नेपाल भारत सिमावर्ती नागरिक समाजले जटहीमा रहेको अधुरो पुललाई भारतीय पक्षको दवावका कारण बन्द गरिएकाले तत्काल बनाउन समेत माग गर्नुभयो । सामुहिक सम्बादका अगुवा नगराईन नगरपालिकाका सदस्य समेत रहनु भएका प्रदिप चौधरीले पुल निर्माणमा भईरहेको ढिलाईले नेपाल भारतका पर्यटकहरुलाई आवतजावतमा समस्या भईरहेको बताउनु भयो । उक्त सडकलाई धार्मिकता संग समेत जोडिएकाले दुबै तर्फ सडक बने पनि राजघाट क्षेत्रमा रहेको बाटो नहुँदा समस्या भईरहेको बताउनु भयो । भारत – नेपाल मैत्री संघका अध्यक्ष पिपरौन निवासी कृष्ण कुमार मिश्रले वर्षौ पहिला सो अन्तरतष्ट्रिय लिङक रोड सन् १९८० मा बाटो नभएकाले तत्कालिन समयमा एक लाखमा माटो पुर्ने काम भएको बताउनु भयो । क्रमशः अहिले सम्म ढलान सम्मको बाटो आफ्नो अगुवाईमा भएको बताउदै उहाँले नेपाल भारतका सिमावर्ती क्षेत्रका नागरिक बिच रगतको सम्बन्ध रहेकाले यसमा तारजाली गर्न नसकिने बताउनु भयो । उहाँले जटही देखि पिपरौन सम्मको सडक निर्माणको टेन्डर समेत भईसकेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै नेपाल भारत भातृ मंचका अध्यक्ष नवल किशोर सिँहले नेपाल भारत सिमावर्ती क्षेत्रको समस्याहरुको समाधान दुबै देशका सिमावर्ती मिलेर समाधान गर्नुपर्ने बताउनु भयो । सो कार्यक्रममा नोपल भारत सिमावर्ती क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । 

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

6 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले