राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ,पुस १६ गते । अगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।मधेश प्रदेश निर्वाचन अधिकृतको रुपमा जिल्ला आदालत धनुषाका न्यायधीश नारायण प्रसाद सुवेदी तथा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले संयुक्त रुपमा प्रदेश निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ । पुस २० गते देखि रिक्त हुने राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट एक जना महिला तथा एक जना अन्य गरी दुई जना सदस्यको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । उक्त निर्वाचनमा मधेश प्रदेशमा एक सय ७ जना प्रदेश सभा साँसद तथा आठै जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ६७ जना गरी कुल ३ सय ७४ जना मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत न्याधीश नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सो निर्वाचनका लागि मतदाता नामावली प्रकाशन पुस २० गते निर्वाचन अधिकृतको कार्यालय मधेश प्रदेशमा हुने छ । पुस २० देखि २२ सम्म मतदाता नामावली माथि दावी विरोध गरी पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने उहाँले जानकारी दिनुभयो । मतदाता नामावली प्रकाशन पछि उम्मेदवारको मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालयमा पुस २३ गते विहान १० बजे देखि ३ बजे सम्म हुने छ । मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरुको विरोधमा उजुरी दिने कार्य पुस २४ गते, उजुरी माथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन पुस २६ गते नाम फिर्ता लिने कार्य तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस २७ गते गरिने निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो । अन्तिम मतदाता नामावली प्रकाशन पछि उम्मेदवारहरुका पुस २८ गते निर्वाचन चिन्ह प्रदान गरिने छ । राष्ट्रिय सभाका लागि दुई जना सदस्यका लागि माघ ११ गते महेन्द्रनारायण निधि मिथिला साँस्कृतिक केन्द्रमा निर्वाचन कार्य सम्पन्न भई उक्त दिन नै निर्वाचन भएको स्थानमा नै मतगणना हुने निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि धनुषाका प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं.८ गण धनुषाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका प्रमुख दिपक खडका, नेपाली सेनाका साहायक सेनानी भूपेन्द्र विक्रम शाही, निमित प्रदेश निर्वाचन अधिकृत नविन चौधरी लगायतको सहभागिता रहेको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
12 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
12 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
13 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
13 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
14 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
14 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
25 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
26 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
3 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
3 महीना पहिले