बजेट विनियोजन प्रक्रिया विभेदपुर्ण : अर्थ मन्त्री यादव
3 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपेश मल्लिक
जनकपुरधाम , पुष २० गते ।मधेस प्रदेशका अर्थ मन्त्री संजय कुमार यादवले ७० प्रतिशत भन्दा बढि बजेट सिंहदरवारका एकल जातिय तथा दाेस्राे चिन्तन भएका सरकारका कब्जामा रहेकाले बजेट बिनियाेजन प्रक्रिया विभेदपुर्ण भएका बताए ।
बीपी नेत्र प्रतिष्ठानद्वारा आयाेजित कार्यक्रममा प्रमुख अतिथिका आसनवाट बाेल्दै मन्त्री यादवले प्रादेशिक सरकारका लागि १५ प्रतिशत र स्थानिय सरकारका लागि १५ प्रतिशत बजेट छुट्टयाइए पनि प्रदेशका लागि १३.१ प्रतिशत बजेट मात्रै विनियाेजन भएको जनाए ।
उनले संघीयता माथि प्रश्नचिन्ह खडा गर्न केही तत्वहरू सक्रिय भएकाले संघीय प्रणालीलाई संस्थागत गर्नु जरूरी रहेका ध्यानाकर्षण गराए ।
उनले विगतमा शासन सक्तामा बसेकाहरू माैजमस्ती गरेका कारण केही समस्याहरू विरासतबाटै पाईएकाले संघीयता आएका ६ वर्ष बितिसक्दा पनि मधेस प्रदेशमा गरिबी, शिक्षा र स्वास्थ्यका समस्याहरू झन्नै चुनाैतिपुर्ण नै रहेका बताए ।
उनले इन्द्रिय अपांगता भएका बालबालिकाका स्वास्थ्य सेवालाई सुदृढ गर्नका लागि प्रतिष्ठानद्वारा आयाेजाना भएका कार्यक्रम वास्तवमा सराहनिय रहेका भन्दै ग्रामिण भेगका पनि जनताहरूका लागि सेवा विस्तार गरिदिनु हुन सुझाव दिए ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले आई फाउन्डेसनले गरेका काम मानव सेवामा समर्पित भएकाले आभार ब्यक्त गर्दै शुभकामना दिए ।
उनले प्रतिष्ठानले गरेका पहल स्वागत याेग्य रहेका भन्दै मधेस प्रदेशलाई समृद्ध प्रदेश वनाउन अभियानमा सवैजनालाइ एकजुट हुन आग्रह गरे ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले अपांगता भएका ब्यक्तिहरूका स्वास्थ्य सम्बन्धि समस्याहरू पहिचान गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादन गर्नु जरुरी रहेका बताए ।
उनले प्रतिष्ठानले गरेका कार्य उदाहरणिय रहेकाले विभिन्न पालिकाहरूमा सहकार्य गरि अझै बढि दक्षता प्राप्त गराेस् धारणा राखे ।
बीपी नेत्रका अध्यक्ष डा. गाैरी शंकर लाल दासले आँखा, कान, घाँटी र मुख स्वास्थ्यलाई मधेस प्रदेशमा विकास गर्नका लागि चुनाैतिहरू रहेकाले पहिचान र प्रेषण बढाउन सवैका सहयाेगका लागि अपेक्षा गरे । उनले मधेश सरकारले बजेट बिनियाेजन गरे अझै प्रभावकारी हुने बताए ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव डा. संजिव कुमार उपाध्याय , डा. प्रशान्त पाैडेल, डा. अंकुर साह , दिब्या शर्मा, राेजिना, बारा-पर्साका संयाेजक सुनिल यादव सहितका वक्ताहरूले आ-आफ्ना मन्तव्य प्रकट गरेका थिए ।
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
2 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
2 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
3 दिन पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
3 दिन पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
3 दिन पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
3 दिन पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
12 दिन पहिले
एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..
जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..
15 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
4 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
4 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
4 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..