राष्ट्रिय सभामा सत्ता गठबन्धन भर्सेज एमाले, यी हुन् उम्मेदवार
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं, पुस २३ : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन्। राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भेर्सेस एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। ११ माघमा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा चुनाव हुनुभन्दा अघि नै कसले जित्ने भन्ने यकिन गर्न सकिने अवस्था छ। यसपटक गणितीय आधारमा सातै प्रदेशमा सत्ता गठबन्धनले जित्ने निश्चित जस्तै भएपनि विपक्षी दल एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ। सोमबार सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरूले सातै प्रदेशमा मनोनयन दर्ता गराउँदैछन्।
गठबन्धनका साझा उम्मेदवार
चुनाव हुन लागेका १९ सिटमा सत्ता गठबन्धन दलहरू कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबण्डा गरेर उम्मेदवारी दिने तयारी गरेको छ भने एमालेले एकलौटी रुपमा १९ वटै सिटमा उम्मेदवार तय गरेको छ। सत्ता गठबन्धन दलले कोशीबाट अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला, महिलातर्फ माओवादीकी चम्पादेवी कार्की, मधेसबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना, महिलातर्फ जसपाकी पुजा चौधरी, वाग्मतीबाट अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेत, महिलातर्फ कांग्रेसकै विष्णुदेवी पुडासैनी, दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल र अल्पसंख्यक तथा अपाङ्गता भएकातर्फ माओवादीका श्रीकृष्ण अधिकारीलाई उम्मेदवार बनाएका छन्। त्यस्तै, गण्डकीबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ माओवादीकी मनरुपा शर्मा, अपाङ्गता भएका र अल्पसंख्यकतर्फ कांग्रेसका पदमबहादुर परियारलाई गठबन्धनले उम्मेदवार बनाएको छ।
त्यस्तै, लुम्बिनीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा, अन्यतर्फ माओवादीका झक्कुप्रसाद सुवेदी, कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीका सावित्री मल्ल, दलिततर्फ माओवादीका विष्णु विश्वकर्मा उम्मेदवार भएका छन्।
गठबन्धनले सुदूरपश्चिममा अन्यतर्फ कांग्रेसका बलदेव बोहरा, महिलातर्फ माओवादीकी रेणु चन्द र अल्पसंख्यक, अपाङ्गता भएकातर्फ कांग्रेसका नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ।
एमालेका एकलौटी उम्मेदवार
राष्ट्रिय सभा सदस्य निर्वाचनमा पराजय हुने लगभग निश्चित हुँदा हुँदै पनि एमालेले एकलौटीरुपमा १९ वटै सिटमा उम्मेदवारी दिएको छ। एमालेले कोशी प्रदेशमा अन्यतर्फ परशुराम अधिकारी र महिलातर्फ रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ। मधेस प्रदेशमा अन्यतर्फ अर्जुनकुमार सिंह र महिलातर्फ उषा थरुनी, वाग्मतीमा अन्यतर्फ त्रिलोचन निर्मल पौडेल, महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुबराज विश्वकर्मा, र अपाङ्गता वा अल्पसंख्यकतर्फ विवेक देवकोटालाई उम्मेदवार बनाएको छ। त्यस्तै, गण्डकी प्रदेशमा अन्यतर्फ चक्रबहादुर पराजुली, अपाङ्गता वा अल्पसंख्यकतर्फ हेमन्त शेरचन, महिलातर्फ सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ। एमालेले लुम्बिनीमा अन्यतर्फ झपेन्द्रबहादुर बीसी र महिलातर्फ तुलसाकुमारी केसी, कर्णालीमा अन्यतर्फ डिल्लीराज भट्ट, दलिततर्फ हिक्मत विश्वकर्मा र महिलातर्फ विमलाकुमारी शाहीलाई उम्मेदवार बनाएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रा घिमिरे, अपाङ्गता वा अल्पसंख्यकतर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरीप्रसाद खरेललाई उम्मेदवार बनाएको छ।
साभार : काठमाडौं प्रेस

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
5 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
6 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
6 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..