रौतहटका तीन पालिकामा धर्ना र तालाबन्दी, सेवाग्राही मारमा

3 वर्ष पहिले प्रकाशित

Smrititimes

रौतहट, पुस २५ : रौतहटका तीन स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न माग राख्दै आन्दोलन गरेपछि सेवाग्राही मारमा परेका छन्। गरुडा, कटहरिया तथा फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीले दैनिक सेवामा अवरोध गरेपछि सेवाग्राही मारमा परेका हुन्।
कटहरिया नगरपालिकामा उपप्रमुख रितादेवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले कर्मचारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन्। बिभिन्न ८ बुँदाको माग राख्दै सोमबारदेखि वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा, ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायतको टोलीले तालाबन्दी गरेको हो। कर्मचारीहरुको छुटा–छुटै कोठामा तालाबन्दी गरेका कारण कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन्। नगरक्षेत्र अन्तरर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खटिदै आएका कर्मचारी, डोर, करार, सफाईकर्मी सबैको बाँकी तलब भुक्तानी गर्नुपर्ने माग अघि सारेका छन्।त्यसैगरी कर्मचारी राख्ने नराख्नेबारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्ड बैठकबाट सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन्।गएको पुस १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त बिषयबारे जानकारी माग्दा अजय प्रकाश जैसवालले २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसो नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको नगर उपप्रमुख यादवको भनाइ छ।

गरुडा नगरपालिकामा पनि उपप्रमुख पुनम चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्नाको कार्यक्रम हुँदा सेवाग्राही मर्कामा परेका छन्। पुस २० गतेदेखि कार्यपालिकाको मुख्य गेटमा ६ बुँदे माग राखेर धर्नामा बसेपछि कार्यालयको काम प्रभावित भएको हो।गरुडा नगर कार्यपालिकाको कार्यालयमा बुधबार छैठौं दिन धर्ना जारी छ। कार्यपालिकाको नियमित बैठक गर्न, नगर सभाका निर्णयहरु कार्यपालिका सदस्यहरु माझ सार्वजनिक गर्न लगायतका मागहरु राखेर जनप्रतिनिधि नै आन्दोलित भएका हुन्।  लामो समयदेखि तलव सुविधा नपाएको भन्दै फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी पनि धर्ना जारी राखेका छन्।पालिकाका कर्मचारी तथा जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेपछि शिक्षक–कर्मचारी धर्नामा बसेका हुन्। 
जनप्रतिनिधिबिच आपसी विवादका कारण फतुवा बिजयपुरमा नगरसभा समेत हुन नसकेको हो। नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले नगरसभा गर्नका लागि पटक पटक वैठक आह्वान गरेपनि विवादका कारण नभएको जनाए।फतुवा विजयपुरमा नेपाली कांग्रेसबाट विजयी मेयर, उपमेयर, ७ जना वडा अध्यक्ष र ८ जना मनोनित गरी १७ जना र अन्य दलका चार जना वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन्। साभार : काठमाडौं प्रेस

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

6 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले