रौतहटका तीन पालिकामा धर्ना र तालाबन्दी, सेवाग्राही मारमा

3 वर्ष पहिले प्रकाशित

Smrititimes

रौतहट, पुस २५ : रौतहटका तीन स्थानीय तहमा जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न माग राख्दै आन्दोलन गरेपछि सेवाग्राही मारमा परेका छन्। गरुडा, कटहरिया तथा फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीले दैनिक सेवामा अवरोध गरेपछि सेवाग्राही मारमा परेका हुन्।
कटहरिया नगरपालिकामा उपप्रमुख रितादेवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले कर्मचारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन्। बिभिन्न ८ बुँदाको माग राख्दै सोमबारदेखि वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहा, ७ का अध्यक्ष सहिद मियाँ, कार्यपालिका सदस्य जामुन ठाकुरलगायतको टोलीले तालाबन्दी गरेको हो। कर्मचारीहरुको छुटा–छुटै कोठामा तालाबन्दी गरेका कारण कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन्। नगरक्षेत्र अन्तरर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महसुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगतदेखि खटिदै आएका कर्मचारी, डोर, करार, सफाईकर्मी सबैको बाँकी तलब भुक्तानी गर्नुपर्ने माग अघि सारेका छन्।त्यसैगरी कर्मचारी राख्ने नराख्नेबारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्तावमाथि नगर कार्यपालिका बोर्ड बैठकबाट सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन्।गएको पुस १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा उक्त बिषयबारे जानकारी माग्दा अजय प्रकाश जैसवालले २३ गते हुने कार्यपालिका बोर्डको बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यसो नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको नगर उपप्रमुख यादवको भनाइ छ।

गरुडा नगरपालिकामा पनि उपप्रमुख पुनम चौधरीको नेतृत्वमा कार्यालयमा तालाबन्दी तथा धर्नाको कार्यक्रम हुँदा सेवाग्राही मर्कामा परेका छन्। पुस २० गतेदेखि कार्यपालिकाको मुख्य गेटमा ६ बुँदे माग राखेर धर्नामा बसेपछि कार्यालयको काम प्रभावित भएको हो।गरुडा नगर कार्यपालिकाको कार्यालयमा बुधबार छैठौं दिन धर्ना जारी छ। कार्यपालिकाको नियमित बैठक गर्न, नगर सभाका निर्णयहरु कार्यपालिका सदस्यहरु माझ सार्वजनिक गर्न लगायतका मागहरु राखेर जनप्रतिनिधि नै आन्दोलित भएका हुन्।  लामो समयदेखि तलव सुविधा नपाएको भन्दै फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी पनि धर्ना जारी राखेका छन्।पालिकाका कर्मचारी तथा जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेपछि शिक्षक–कर्मचारी धर्नामा बसेका हुन्। 
जनप्रतिनिधिबिच आपसी विवादका कारण फतुवा बिजयपुरमा नगरसभा समेत हुन नसकेको हो। नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले नगरसभा गर्नका लागि पटक पटक वैठक आह्वान गरेपनि विवादका कारण नभएको जनाए।फतुवा विजयपुरमा नेपाली कांग्रेसबाट विजयी मेयर, उपमेयर, ७ जना वडा अध्यक्ष र ८ जना मनोनित गरी १७ जना र अन्य दलका चार जना वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन्। साभार : काठमाडौं प्रेस

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले