‘प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्वपूर्ण’
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,पुष २७ गते । तत्कालीन पञ्चायत व्यवस्था विरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको ३६ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठान जनकपुरधामको आयोजनामा भएको कार्यक्रमका सहभागीले दलका नेताले प्रजातन्त्र पुनःस्थापनाका लागि नेता पाठकले पुर्याएको योगदानको चर्चा गरे ।कार्यक्रमका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले स्व.पाठकले प्रजातन्त्र पुनःबहाली, नागरिक अधिकार र सामाजिक हितका क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने योजनाविरुद्धको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको बताइएको छ । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झाले परिवर्तन र सार्वजनिक हितका लागि पाठकले पुरयाएको योगदानको स्मरण गरे । कार्यक्रममा कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, महन्थ नवलकिशोर बाबा (यादव) लगायतले आपसी सद्भाव, एकता र समन्वयका साथ क्रियाशील हुनसकेमा मात्रै सहिदको सपना हुने धारणा राखे ।
यस्तो छ पाठकको योगदान
सहिद सत्यनारायण पाठक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष शुभचन्द मिश्रका अनुसार जनकपुरधामा सुरुदेखि नै भित्रभित्रै पञ्चायतविरोधी आन्दोलन भइरहेको थियो । कांग्रेसमा आस्थावान् नेता पाठक पनि सोही आन्दोलनमा सक्रिय रहेका थिए । सोही कारण विसं २०४२ जेठ ६ गतेदेखि सुरुआत भएको सत्याग्रहमा क्रियाशील पाठकले गिरफ्तारी दिई नौ महिनासम्म जलेश्वर कारागारमा जीवन व्यतित गरे । काराबासबाट फर्केको केही समय मात्रै भएकाले उनी तत्कालीन पञ्चायती सरकारको नजरमै थिए । यहि बीचमा तत्कालीन जनकपुुर नगर पञ्चायतद्वारा जनकपुर–७, ८ र १३ का करिब चार सय ८५ बिघा जग्गा अधिग्रहण गरेर बाहिरका उच्च पदस्थ नागरिकलाई बसोबास गराउनका निम्ति ‘आदर्श नगर’ बनाउने योजना बन्यो । यो योजनामा स्थानीय जनसमुदायको सहमति थिएन । तथापि तत्कालनी जनकपुरका अञ्चलाधीश सूर्यप्रसाद उपाध्याय, प्रमुख जिल्ला अधिकारी बाबुराम पौडेललगायतले सो निर्णय गरेको थियो । घटनाका विषयमा जानकार अभियन्ता प्रफुल्लराज घिमिरेले सो निर्णयविरुद्ध केही जग्गा धनीलगायत जनकपुरका अगुवा तत्कालीन आवास तथा भौतिक योजनामन्त्री डा.प्रकाशचन्द्र लोहनी कहाँ निर्णय फिर्ता लिन माग गर्दै ‘डेलिगेसन’मा जाँदा पनि कुनै समाधान ननिस्किएपछि आन्दोलन गर्नु परेको बताउँछन् । त्यो आन्दोलनको संयोजक हुनुहुन्थ्यो बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष दिगम्बर राय । रायले भने, “छलफलबाट निष्कर्ष ननिस्किने र नापीका कर्मचारी तथा प्रहरी प्रशासनले जबर्जस्ती गर्न नरोकेपछि आान्दोलनको अवस्था बन्यो । विसं २०४५ पुस २२ गतेपछि धरपकड बढ्न थाल्यो । त्यही क्रममा पुस २३ गते मलाई गिरफ्तार गरियो । हामीले मुआब्जा दिएर अधिग्रहणको सहमति दिनेभन्दा पनि जबर्जस्ती गर्न थालेपछि पुस २६ गते ठूलो आदोलन भयो । त्यही आन्दोलनमा तत्कालीन प्रमुख जिल्ला अधिकारीले आफ्नै अङ्गरक्षकको पेस्तोल छिनेर गोली हान्दा पाठकको निधन हुनपुग्यो ।”पिता रामचन्द्र पाठकका तीन छोरामध्येका कान्छा सुपुत्रका रुपमा विसं २०१५ मा धनुषा जिल्लाको बघचौरा गाविसमा पाठकको जन्म भएको थियो । हाल पाठकको सम्झनामा सहिद सत्यनारायण पाठक स्मृति प्रज्ञा–प्रतिष्ठान बनाएर उनको सम्झनामा विभिन्न कार्यक्रम हुने गरेका छन् । साभार : रातोपाटी

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
5 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
5 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
6 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
6 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
16 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
18 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
19 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
26 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
29 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..