मधेश विद्रोहको १७ वर्ष पूरा: प्रथम शहिद रमेश महतोको सम्झनामा ‘बलिदान दिवस’ मनाइँदै

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,माघ ५ गते ।  मधेश विद्रोह सुरु भएको आज १७ वर्ष पूरा भएको छ । आजकै दिन सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए ।महतो मधेश विद्रोहका प्रथम शहिद हुन् । उनको सम्झनामा मधेश केन्द्रित दल र मधेश सरकार १७ औं बलिदानी दिवस मनाइँदै छ । लहानस्थित शहिद महतोको शालिकमा नेताहरु माल्यार्पण गर्ने छन् ।आमा रानो देवी र बुवा रवि महतो विहानै लहान पुगेर छोरा शहिद रमेशको शालिकमा माल्यार्पण गर्दै श्रद्धाजली अर्पण गरेका छन् । उनीहरु छोराको श्रद्धाजली दिन हरेक वर्ष लहान पुग्छन् ।२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए । उनीहरुलाई पक्राउ गरेपछि मधेशका जिल्लाहरुमा आन्दोलन सुरु भएको थियो । 

आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्यनरत सिरहा मझौराका विद्यार्थी १६ वर्षीय महतो पहिलो शहिद भए । त्यसपछि मधेशभर आगोझैं आन्दोलन फैलिएको थियो ।मधेसमा पटक(पटक भएका आन्दोलनमा सयौं मधेसी शहिद भए । सयौं आन्दोलनकारी घाइते भए । कतिपय अशक्त बनेर जसोतसो बाचिरहेका छन् । धेरैले अझै मुद्दा झेल्दैछन् । तर, आन्दोलनमा ज्यानको बलिदानी दिएका शहिदहरूको सपना अझै पूरा हुन सकेको छैन ।मधेश बिद्रोहले नै देशमा संघीयता ल्यायो । सात प्रदेश बन्यो । मधेशको ८ जिल्लालाई तत्काल प्रदेश २ नामाकरण गरियो, जसलाई पहिचानसहितको नाम ‘मधेश प्रदेश’ प्रदेशसभाबाट पारित गरियो ।

मधेश विद्रोहको अगुवाई गरेका उपेन्द्रकै पार्टी प्रदेशको बागडोर सम्हाले । मधेश आन्दोलनकै बलमा मधेशी नेताहरु सत्तामा पुगे । तर शहिद परिवारले न उचित सम्मान पाउन सकेका छन्, न जनताले संघीयताको आभास गर्न पाएका छन् ।मधेश सरकारले बलिदानी दिवसलाई कोठे कार्यक्रममा सिमित गरेको छ । बलिदानी दिवसको अवसरमा यसवर्स प्रदेश सरकार वीरगञ्जको टाउन हलमा गर्न लागेको हो । शहिद परिवारलाई सम्मान र जसपा अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।यस्तै जनमत पार्टीले सिरहाको सन्हैठामा बलिदान दिवस तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । अध्यक्ष डा. सीके राउतले प्रथम शहिद महतोको घर पुगेर उनको परिवारलाई सम्मान गर्ने र कार्यक्रममा सम्बोधन गर्ने बुझिएको छ ।मधेश सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकारको निर्णय कागजमै सीमित

तत्कालिन प्रदेश २ (अहिलेको मधेश प्रदेश) सरकारले मधेस आन्दोलनका शहिद परिवारका एकजनालाई रोजगारी दिने, आन्दोलनका घाइतेलाई उचित उपचारको व्यवस्था मिलाउने, प्रदेशबाट उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधामा शहिद र घाइतेका परिवारलाई सहुलियत दिन परिचय पत्रको व्यवस्था गर्ने पहिलो निर्णय गरेको थियो ।तर सरकारको पहिलो निर्णय अझै कार्यान्वयन भएको छैन । सरकारको पहिलो निर्णय कार्यान्वयनका लागि शहिद परिवारहरुले पटक पटक आन्दोलन पनि गरेका छन् । आन्दोलनपछि केहि शहिद परिवारका सदस्यलाई करारको जागिर बाहेक सरकार केहि गर्न नसकेको अबस्था छ ।साभार : नेपाल प्रेस

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

6 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले