मुलुक कांग्रेसकै नीतिमा चलेको छ, सरकारका कामको अपनत्व पार्टीले लिनुपर्छ : कावा प्रधानमन्त्री खड्का
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं , माघ ६ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन् ।आज नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।उनले आगामी महासमिति बैठक पछि महासमिति सदस्यहरू थप ठूलो आशा र भरोसा जाग्ने गरी अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिए ।कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत रहेका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पङ्क्तिका बीच खटपट हुने नदिने गरी काम गर्नु पर्नेमा जोड दिए ।जनप्रतिनिधि र पार्टी पङ्ति मिलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताकाबीचमा जान थप सहज हुने उहाँको भनाइ थियो ।उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे ।उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।
उनले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिए ।‘संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगामी दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ’, उनले भने ।२०४६ सालपछि विकास निर्माणको ठूलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्याउन नसकिएको उनको भनाइ थियो ।उनले पार्टी सुधार र रूपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्छ भने ।साभार : नेपाल पे्रस
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
17 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
17 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
18 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
18 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
22 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
28 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
28 दिन पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
2 महीना पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
2 महीना पहिले
संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैसस महासंघको गम्भी..
जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज क..
3 महीना पहिले
मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेत..
साउन १८ गते काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान ..
3 महीना पहिले
युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको ..
काठमाडौँ । साउन १६ गते राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल ..
3 महीना पहिले