
धूमधामका साथ रामको प्राणप्रतिष्ठा : फूलले सिँगारियो अयोध्या
1 वर्ष पहिले प्रकाशित
Smrititimes


काठमाडौं, माघ ८ गते । अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । पाँच सय वर्षको प्रतीक्षापछि आज भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् । यसका लागि अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले दुलही झैँ सिँगारिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा अभिषेकको अनुष्ठान गरिएको हो । यो कार्यक्रम सोमबार मध्याह्न १२ः०५ बाट सुरु भई १२ः५५ बजेसम्म चलेको थियो ।
अयोध्यामा भएको रामलालाको जीवनको अभिषेक देशभर गुन्जिरहेको छ भने र यसलाई मानिसले दीपावलीजस्तै मनाइरहेका छन् ।
मूर्तिको अभिषेकपछि जनवरी २३ अर्थात् माघ ९ गते मङ्गलबारबाट मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ । अरुण योगीराजले भगवान् रामको ऐतिहासिक मूर्ति बनाउनुभएको हो भने बिहीबार मन्दिरको गर्भगृहमा ५१ इन्चको नयाँ मूर्ति राखिएको छ ।
भारतसँगै विदेशमा पनि रामललाको अयोध्यामा भएको प्राणप्रतिष्ठा कार्यक्रमको निकै चर्चा भइरहेको छ । यसैगरी, भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।
राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती हुँदैछ । आजको दिनलाई उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ ।
राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुषवाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूललगायत तीन हजार बढी कोसेली अध्योया पठाइएको थियो ।
राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी रामरोशन दास बिहीबार नै अयोध्या पुग्नुभएको छ । अयोध्याको राम मन्दिरबाट निम्तो आएपछि उहाँहरू त्यसतर्फ जानुभयो ।
राम मन्दिरले नेपाल–भारत सम्बन्ध अझै प्रगाढ
प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो । जनकपुरधाम र अयोध्याले दुबै देशको सम्बन्धलाई परापूर्वकालदेखि जोडेको छ भने अझै पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध कायम छ ।
त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री माता जानकीसँग अयोध्याका राजा दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान रामको विवाह भएदेखि दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक, व्यापारिक र पारिवारिक रुपमा जोडिएदेखि नै दुई देशको सम्बन्ध गाँसिएको हो । त्यही परम्परालाई कायम राख्दै अझैं पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध चल्ने गरेको छ ।
अहिले पनि मधेसको भूभागमा बसोबास गर्ने अधिकांश नेपाली नागरिकको विवाह भारतमा हुने गरेको पाइन्छ । भारतमा चेली विवाह गर्ने र भारतबाट बुहारी ल्याउने चलन पनि कायम छ मधेसको समाजमा । नेपाली चेली भारतमा विवाह गरेर बसेका छन् भने भारतीय चेली विवाह गरेर नेपालमा आएका छन् । दुई देशबिच वैवाहिक सिलसिला सदियौंदेखि चल्दै आएको छ ।
जनकपुरधामबाट रामलाई पठाइयो उपहार
जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । ‘श्रीराम मन्दिर प्राणप्रतिष्ठा’का लागि जनकपुरधाम–अयोध्या धाम यात्रासहित पुस ११ गते भार पठाइएको हो ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले भार लिएर अयोध्या जाने टोलीलाई बिदाइ गर्नुभएको थियो ।
मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भारसहित त्यसतर्फ पठाइएको हो ।
कालीगण्डकी नदी किनारको शिला अयाेध्यामा
हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्यामा भगवान् राम र सीताको मूर्ति बनाउन नेपालको कालिगण्डकीको शिला लगिएको छ ।
बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको थियो ।
मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मुख्य मूर्ति बनाउन प्रयोग गरिने भएको हो ।
उक्त शिला उपहारस्वरुप दिइएको हो । अयोध्यामा शिला उपहारका समन्वयकर्ता एवम् नेपाली कांग्रेसका नेता निधिले गलेश्वर क्षेत्रस्थित कालिगण्डकीको शिला भारतको अयोध्यामा लग्दा नेपाल र भारतबिच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
साभार : गोरखापत्र

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
9 दिन पहिले
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
9 दिन पहिले
न्यायिक समितिले गर्ने काम प्रहरीले छोड्नु पर्छ ः मेयर मं..
जनकपुरधाम बैसाख १७ गते । महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि मंडलले स्थानीय तहको न्यायिक समितिले गर्ने काम ..
9 दिन पहिले
धनुषाका दुई पालिकाले विद्यालय शिक्षा सुधारमा बजेट बढाउ..
जनकपुरधाम बैसाख ९ गते । धनुषा जिल्लाको दुई पालिकाले विद्यालय शिक्षा क्षेत्रको विस्तारका लागि थप जिम्मेबार भई बज..
16 दिन पहिले
भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..
जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..
1 महीना पहिले
लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..
जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..
1 महीना पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
1 महीना पहिले
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..
जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..
2 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
3 महीना पहिले
ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..
जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..
3 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
4 महीना पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
5 महीना पहिले