राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान जारी

8 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं,माघ ११ गते । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

गण्डकी प्रदेश 

गण्डकी राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशबाट चुनिने तीन सदस्यका लागि मतदान सुरु भएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा रहेका दुई मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

‘दिउँसो ३ बजेसम्म मतदानको अवधि रहेको छ’, कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘गण्डकीमा दुई सय ३० जना मतदाता रहनुभएको छ ।’ अन्य, महिला र अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ गरी तीन सिटका लागि मतदान भइरहेको हो ।

 

चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सूचना अधिकारी न्यौपानले जानकारी दिए । सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ ।

महिलामा नेकपा (माओवादी केन्द्र)बाट पर्वतकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गता÷अल्पसङ्ख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार छन् । राप्रपाले अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ भने उम्मेदवार उठाएको छैन । अन्य, महिला र अपाङ्गता÷अल्पसङ्ख्यकतर्फ यसअघि निर्वाचित तीन सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिन लागेकाले ती सिटमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० गरी कूल दुई सय ३० मतदाता रहेका छन् । चुनावमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार रहेको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार रहेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता छन् । जसको कूल मतभार दुई हजार सात सय चार रहेको छ । बाइस प्रदेशसभा सदस्य र ६८ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको एमालेको मतभार दुई हजार चार सय ५८ रहेको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ३० गरी कूल नौ सय ९४ मतभार रहेको छ । दुई जना प्रदेशसभा सदस्य मात्र रहेको राप्रपाको एक सय छ, तीन स्थानीय तहको प्रमुख र उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको ५७, एक प्रदेशसभा सदस्य र एक स्थानीय प्रमुख रहेको नेकपा (एकीकृत समाजवादी) को ७२ र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङको १९ मतभार छ ।

बागमती प्रदेश 

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी रहेको छ ।

स्थानीय भुटनदेवी माविको भवनको (क) मतदान केन्द्रमा प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोरसाईले पहिलो मतदान गरेका थिए ।

उक्त भवनमा मतदान केन्द्र (क) मा प्रदेशसभाको लागि र (ख) मा स्थानीय तहका प्रमुख, उपप्रमुखको लागि मतदानस्थलको प्रबन्ध मिलाइएको बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।

उक्त मतदान कार्यको लागि प्रदेशसभाको एक सय १० जना र स्थानीय तहका दुई सय ३७ जना गरी कूल तीन सय ४७ जनाले मतदानमा सहभागी हुने उनले जानकारी दिए । आजै अपराह्न ३ बजेको समयभित्र मतदान कार्य सम्पन्न भएलगत्तै दलका उम्मेदवारको सहमतिअनुसार अपराह्नबाट मतगणना कार्यको लागि आवश्यक तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए।

सो निर्वाचनको लागि सत्ता गठबन्धन, नेकपा (एमाले), राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । दुवै मतदान केन्द्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सुरक्षा प्रदान गरिरहेको र मतदाता प्रवेश गर्ने पश्चिम ढोका र मतदान कार्य सम्पन्न गरिसकेपछि उत्तरतर्फको मूल ढोकाबाट आवतजावत गर्ने सुविधा मिलाइएको मकवानपुरका प्रजिअ सुर्यप्रसाद सेढाईंले जानकारी दिए ।

लुम्बिनी प्रदेश 

लुम्बिनी प्रदेशमा  राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी रहेको छ ।  घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरि मतदानको सुरुआत भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि दुई मतदान केन्द्र तोकिएको छ । निर्वाचन अधिकृत पाण्डेका अनुसार  ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने  व्यबस्था गरिएको छ भने ‘ख’ मतदान केन्द्रमा नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षगरि २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा अन्य र महिला गरी दुई सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाएको छ ।

यस्तै नेकपा (एमाले) ले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्यमा नवलपरासीका बालगोविन्द चौधरीको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको तर्फबाट महिलामा कपिलवस्तुकी विजयालक्ष्मी सिंहलाई उम्मेदवारी दर्ता भएको  छ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ  । लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच जना रहेको छ । यसमध्ये प्रदेशसभा सदस्यको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको छ ।

कोशी प्रदेश 

कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको मतदान जारी रहेको छ ।  प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० मा प्रदेशसभा सदस्य एवं पालिकाका प्रमुख एवं उपप्रमुखले मतदान भाग लिइरहेका छन् । विराटनगरका मौसम चिसो भए पनि प्रदेशसभा सदस्य एवं प्रमुख एवं उपप्रमुखलाई लामबद्ध भएर मतदान गरिरहेका छन् ।

मतदान कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख यामप्रसाद सुवेदीले जानकारी दिए। प्रदेशमा एक महिला र एक अन्य पद गरी दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

महिला पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की चम्पा कार्की र नेकपा (एमाले)बाट रुक्मिणी कोइराला, अन्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेबाट पर्शुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेलको उम्मेदवारी परेको छ ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएकोछ । निर्वाचनमा प्रदेश सभाका ९३ र स्थानीय तहका प्रमुख–उपप्रमुख दुई सय ७४ गरी तीन सय ६७ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतदभार १९  छ ।

साभार : नेपाल प्रेस

12 comments
महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..

जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..

1 दिन पहिले

महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..

जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..

1 दिन पहिले

राष्ट्रिय मुक्ति क्रान्तिले गरे माइतीघर मण्डलामा विरोध..

जनकपुरधाम असोज ३ संबिधान दिनवसको दिनमा जहाँ आज राजधानी काठमाडौँमा राज्यको आयोजनामा दरबारमार्गमा खुसियालीका सा..

1 दिन पहिले

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोप..

जनकपुरधामआसोज ३ संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीब..

1 दिन पहिले

विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस

जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..

1 दिन पहिले

नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले ..

बटुकनाथ झा जनकपुरधाम असोज २ गते । विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण ..

2 दिन पहिले

राष्ट्रिय मुक्ति क्रान्तिले गरे माइतीघर मण्डलामा विरोध..

जनकपुरधाम असोज ३ संबिधान दिनवसको दिनमा जहाँ आज राजधानी काठमाडौँमा राज्यको आयोजनामा दरबारमार्गमा खुसियालीका सा..

1 दिन पहिले

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोप..

जनकपुरधामआसोज ३ संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई–मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीब..

1 दिन पहिले

विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस

जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..

1 दिन पहिले

मेलम्ची भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाक..

२५ भदौ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक..

11 दिन पहिले

आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..

जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..

12 दिन पहिले

भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने

जनकपुरधाम भदौँ १४ गते । भ्रष्टाचार निवारण सम्बन्धि नयाँ कानुनमा भ्रष्टाचारको मुद्दा चलाउन हदम्याद नराखिने भएको..

21 दिन पहिले

नगराईनमा ६ लाईनको सडक व्यवस्थित गर्न वडासदस्य चौधरीले ..

बटुकनाथ झा जनकपुरधाम असोज २ गते । विगत लामो समय देखि जनकपुर जटही ६ लाईन सडकखण्डको नगराईन र जटहीमा रहेको अतिक्रमण ..

महिलालाई दवरदस्ती थुनामा राख्नेलाई कारबाहीको माग गर्द..

जनकपुरधाम असोज ३ गते । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका अन्तगत पिडित महिलाको विषयमा इलाका प्रहरी कार्यालयमा भ..

विरोध प्रदर्शन गर्दै लोसपाले मनाए कालो दिवस

जनकपुरधाम असोज ३ । नेपालको संबिधान जारी भएको दिन असोज ३ गते मधेश केन्द्रित दलहरुले मनाउदै आएको आलो दिवस बिहिबार ज..

आँगन्द्वारा बटेश्वरमा आँखा शिबिर सम्पन्न

जनकपुरधाम  भदौ २९ गते । मित्र समाज काठमाण्डौको आयोजनामा स्थानिय संस्था आँगन‌को सहकार्यमा धनुषाको बटेश्वर गा..