पत्रकारिता क्षेत्रको सुधारका लागि सरकारको सहयोग रहन्छ : उपप्रधानमन्त्री खड्का
12 महीना पहिले प्रकाशित
Smrititimes
काठमाडौं, माघ १३ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै उनले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा पैरवी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको बताए।
उपप्रधानमन्त्री खड्काले भने, 'पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो, पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारबाट सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु।'
उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए।
उपप्रधानमन्त्री खड्काले जहानियाँ राणाशासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासनविरुद्ध जागरण ल्याउनुका साथै, एकदलीय पञ्चायतविरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना तथा हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका साथै विकास र समृद्धिको यात्रामा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।
उनले भने, 'पत्रकारिता आवाजविहीनको आवाज एवं समाजको ऐना भएकाले लोकतन्त्रलाई समुन्नत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ।'
उनले राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने उल्लेख गर्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राखे। 'यदाकदा पत्रकारिता क्षेत्रमासमेत अरु क्षेत्रको जस्तै कमीकमजोरी देखिने गरेको छ, पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट विचलित नभई न्यायका पक्षमा सतिसालजस्तो उभिनुपर्छ', उपप्रधानमन्त्री खड्काले भने।
उपप्रधानमन्त्री खड्काले फल्स फ्रन्ट पेज पुस्तकले सञ्चार क्षेत्रको विश्लेषण, घटनाक्रम, सत्यता, आवेग, अर्कै नियतबाट गरिने राजनीति, कुनै घटनाक्रमलाई राजनीतिक उद्देश्यबाट गरिने प्रवृत्तिलगायत सवाललाई उल्लेख गरेको पुस्तक समाजको तमाम विषयको एक ऐनाका रुपमा रहेको उल्लेख गरे। उनले व्यावसायिकरुपमा देखिएको गलत अभ्यासबाट सच्चिएर जिम्मेवार पत्रकारिताको विकास गर्न पुस्तक सहयोगसिद्ध हुने बताए।
साभार : काठमाडौं प्रेस
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
5 दिन पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
5 दिन पहिले
दलित समाज उत्थान समिति नेपालको साधारण सभा सम्पन्न
जनकपुरधाम पुस २२ गते ।समाजिक क्षेत्रमा लामो समय देखि कार्यरत दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आइतबार २३ औ..
5 दिन पहिले
पहुँच परियोजना अन्तर्गत बिद्यालय ब्यवस्थापन समिति तथा ..
जनकपुरधाम पुस १९ गते । पहुँच परियोजना अन्तरगत शुक्रबार धनुषा जिल्लाको बटेश्वरमा विद्यालय व्यवस्थापन समिति तथा ..
8 दिन पहिले
पहुँच परियोजना अन्तर्गत सकारात्मक अभिभावकत्व सत्र संचा..
जनकपुरधाम पुस १५ गते ।यूएसआईडी, सिएसएम चेलेन्ज फण्ड अन्र्तगत द एशिया फाउण्डेसनको सहयोगमा आँगन संस्थाद्धारा संच..
12 दिन पहिले
युवा संजाललाई संस्थागत क्षमता अभिबृद्धि तालिम सम्पन्न
जनकपुरधाम पुस १२ गते । धनुषा जिल्लाको शहिदनगर नगरपालिका दुई वटा युवा संजालका सदस्यहरुलाई संस्थागत क्षमता अभिबृ..
15 दिन पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
5 दिन पहिले
देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा राजीव ..
देवघर, झारखण्ड पुस ८ गते – अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ। मिथिला संस्कृतिको..
19 दिन पहिले
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..
जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..
2 महीना पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
2 महीना पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
3 महीना पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
3 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
दलित समाज उत्थान समिति नेपालको साधारण सभा सम्पन्न
जनकपुरधाम पुस २२ गते ।समाजिक क्षेत्रमा लामो समय देखि कार्यरत दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आइतबार २३ औ..