सबै प्रदेशका आफ्नै प्रहरी संगठन हुनुपर्छ : निधि (भिडिओ)

3 वर्ष पहिले प्रकाशित

Smrititimes

रुपन्देही ,माघ १७ गते ।  पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका छन् । उनले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा संविधानमै लेखिएको बताए । ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् ।

उनले भने, ‘संविधानमै लेखिएको कुरा लागू तथा कार्यान्वयन गर्ने पहिलो काम सरकारको हो । त्यसपछि राजनीतिक दलको हो । सबै प्रदेश सरकारको आफ्नै प्रहरी संगठन हुनुपर्छ भन्ने कुरा म गृहमन्त्री हुँदा पनि भनेको हुँ । तर, म लामो समयसम्म जिम्मेवारीमा रहन सकिन । पटकपटक प्रधानमन्त्री, कांग्रेस सभापतिसँग तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यो कुरा राखेको छु ।’

उनले संघीय प्रणालीका लागि प्रदेश भए पनि प्रदेशको आफ्नै प्रहरी र कर्मचारी नरहेको बताए । उनले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरु सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर भनेको जानकारी दिए ।

 

 

पूर्व उपसभापति निधिले क्रान्ति र परिवर्तनको अर्थ रुपान्तरण भएको बताए । उनले सातवटा प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको हातमा प्रहरी छैन भने के को रुपान्तरण भन्दै प्रश्न गरे ।

रुपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा जानुपर्ने उनको भनाइ छ । उनले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए । तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने उनले बताए ।

नेता निधिले कांग्रेसको अगुवाइमा भएका क्रान्ति र आन्दोलन सफल भएको दावी गर्दै अरु पार्टीले गरेको आन्दोलन सफल हुन नसकेको बताए । उनले भने, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । देशमा जनताको शासन स्थापित हुनुपर्छ भन्ने शहीदको उद्देश्य रहेको थियो ।’

समुदायमा कांग्रेस अभियानमा कांग्रेसका प्रतिनिधि समुदायमा पुगेर छलफल गर्नुपर्ने र त्यहाँ रहेका गुनासो र सल्लाह लिनुपर्ने बताए । उनले भने, ‘समुदायमा पुगेर जनताको समस्या बुझ्नुपर्यो, के काम भयो र के भएन त्यसबारे जानकारी लिनुपर्यो ।’

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र के।सी।ले सत्यलाई बदल्न नसकिने बताए । उनले काम गर्ने शैली फेरिए पनि प्रवृत्ति फेरिएन कि भन्दै प्रश्न उठेको बताए । उनले समुदायमा कांग्रेस अभियान वडा केन्द्रीत भएको बताए । उनले भने, ‘गठबन्धन कति सार्थक छ रु यसबारे अभियानमा गहन छलफल आवश्यक छ ।’

कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कांग्रेस जनताले विश्वास गरेको शक्तिशाली पार्टी भएको बताए । उनले कांग्रेसले धेरै विकासका काम गरेको दाबी गरे ।

कार्यक्रममा कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले, रुपन्देही क्षेत्र नम्बर ४ का सभापति मुकेश यादव, ३ का सभापति सुशील गुरुङ, महाधिवेशन प्रतिनिधि बालकुमारी घिमिरेलगायतले बोल्दै कांग्रेस जस्तो लोकप्रिय पार्टी अरु नभएको बताए ।साभार : नेपाल प्रेस

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले