मधेशमा जनमतले गर्‍यो प्रमुख प्रतिपक्षी दलको दाबी

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, माघ १७ गते ।  मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित  मान्यता दिन माग गरेको छ ।जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ ।अहिले मधेश प्रदेशसभामा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ । २४ सांसद भएको सबभन्दा ठूलो दल एमाले सरकारमा सहभागी छैन तर समर्थन दिएको छ । 

तर जनमत पार्टी सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ । प्रदेशसभामा १० प्रतिशत सदस्य रहेको र सरकारमा सहभागी नभएको दललाई प्रमुख प्रतिपक्षी दल हुने प्रावधान छ । १०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ सांसद छन् ।प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी कानुन बमोजिम जनमत पार्टीले प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जिकिर गरेको छ ।जनमत संसदीय दलका नेता यादवले आफूहरूले प्रमुख प्रतिपक्षीको दर्जा माग्नु स्वाभाविक, सामान्य र कानुनसम्मत भएको बताए । एमालेले सरकारलाई समर्थन दिएकाले प्रमुख प्रतिपक्षी रहन नसक्ने उनको भनाई छ ।तर एमालेको संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नो पार्टी प्रमुख प्रतिपक्षी दलको रूपमा रहिरहने दाबी गरे ।उनले तर्क गरे, ‘आफूहरूको पार्टी सरकारमा सहभागी छैन । सबैभन्दा ठूलो दल पनि एमाले छ । त्यसैले प्रमुख प्रतिपक्षीको मान्यतामा असर पर्दैन ।’साभार : नेपाल प्रेस

 

 

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले