मधेश विकास सम्मेलन २०८० जनकपुरधाममा सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

 जनकपुरधाम, १७ गते । मधेश विकास सम्मेलन २०८० आज जनकपुरधाममा सम्पन्न भएको छ । मधेश प्रदेशको प्रदेशसभाका सभामुख, रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा प्रदेशका मन्त्रीहरु, समितिका सभापतिहरु, प्रदेश सांसदहरु र मधेश प्रदेशमा कार्यरत विकास साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको सम्मेलनमा बहस र छलफल पछि दुवै पक्षले हस्ताक्षर गरि जनकपुरधाम प्रतिवद्धता पत्र पनि जारि गरिएको छ । मधेसको विकास गरि मधेश समृद्धि यात्रा तय गर्न आफ्नो समितिले सबैसँग समन्वय गरि सम्मेलनको आयोजना गरेको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले जानकारी दिनुभयो । मधेश प्रदेशमा वैदेशिक सहयोगको प्रभावकारीता तथा सो को व्यवस्थापनका लागि नीतिगत अवधारणा तय गर्ने गरेर अब प्रदेशसभाले काम गर्ने प्रदेशसभाका सभामुख, रामचन्द्र मण्डलले बताउनुभयो ।

नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले दिगो विकासको लक्ष्यमा मधेशको अवस्था, प्राथमिकता र आवस्यकक्ताका बारेमा प्रस्तुती गर्नु भएको थियो भने संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरुले पनि आफुले गरेको योगदान र मधेश प्रदेशमा काम गर्न भएका अफ्ठेराहरुको बारेमा प्रस्तुती गरेका थिए । सेभ द चिल्ड्रेन र एआईएनका तर्फबाट हरिबोल बजगाईले मधेशमा कार्यरत ३४ वटा संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरुको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरु र सरकारबीचको खुला बहसको संचालन गर्दै सामुदायिक रेडियो प्रसारक संघका व्यवस्थापक दीपक आचार्यले मधेशमा काम गर्न गारो हुन्छ भनेर दातृनिकाय तथा अन्तराष्ट्रिय संस्थाहरु डराउने परिपाटीको अन्त्य गर्न र मधेशमा लगानीमैत्री वातावरण बनाउने उद्देश्यले बहस चलाईएको बताउनु भयो । गरिबी समस्याको अन्त्य गर्नका लागि कृषिको आधुनिकिकरण र औद्योगिकरणमा सरकारसँग मिलेर काम गर्न आफुहरु तयार भएको केयर नेपालका राष्ट्रिय निर्देशक मोना शेर्पाले बताउनुभयो । वल्डभिजन इन्टरनेशनल नेपालका व्यवस्थापक उमा मगरले वाल विवाह अन्त्य तथा किशोरी अधिकारका लागि मधेस प्रदेशमा धेरै काम गर्न आवस्यक रहेको बताउनुभयो । प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक राम किशनले विकास कसले ग¥यो भनेर भन्नु भन्दा पनि हामी सबै मिलेर ग¥यौं भन्ने भावनाको विकास गर्नको लागि समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । एआईएनका सदस्य एवं पीएसआईका राष्ट्रिय निर्देशक खेम श्रेष्ठले विकास साझेदारले काम गर्दाखेरी र गैरसरकारी संस्थाहरु छान्दाखेरी अपनाउनु पर्ने प्रकृयाहरुको बारेमा जानकारी गराउनुभयो ।

ह्याविटाट फर हुम्यानिटीको क्षेत्रीय प्रमुख रामबहादुर श्रेष्ठले सरकारले काम गर्ने वातावरण बनाईदिएमा विकासले फड्को मार्ने बताउनु भयो । मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले दातृनिकायले मधेसलाई हेर्ने दृष्टीकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो, आईएनजीओ सुकिलामुकिला वर्गको मात्रै भएकाले परिवर्तन आवस्यक भएको उहाँले बताउनुभयो । एआईएनका अध्यक्ष भगवान श्रेष्ठले बहसमा आएका सवालहरुलाई सम्बोधन गर्ने रणनीतिका साथ अन्तराष्ट्रिय संस्थाहरु अघि बढ्ने भएकाले अब समन्वय र सहकार्यमा अभाब नहुने बताउनुभयो । मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सोहनप्रसाद शाहले सहकार्य र समन्वय गरेर अघि बढ्ने सरकार र विकास साझेदारहरुको निर्णयलाई प्रतिवद्धता पत्रको रुपमा बाचन गरेर सभामा प्रस्तुत गर्नु भएको थियो । दिगो विकास लक्ष्य प्राप्तिमा भएका प्रयास तथा सहकार्यका क्षेत्रहरु पहिचान गर्ने, विकास साझेदारहरुको समन्वय इकाई (हेल्पडेक्स) को स्थापना गरी तिनको विवरण अनलाईनमा राख्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

6 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

6 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..