मधेश विकास सम्मेलन २०८० जनकपुरधाममा सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, १७ गते । मधेश विकास सम्मेलन २०८० आज जनकपुरधाममा सम्पन्न भएको छ । मधेश प्रदेशको प्रदेशसभाका सभामुख, रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा प्रदेशका मन्त्रीहरु, समितिका सभापतिहरु, प्रदेश सांसदहरु र मधेश प्रदेशमा कार्यरत विकास साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागितामा भएको सम्मेलनमा बहस र छलफल पछि दुवै पक्षले हस्ताक्षर गरि जनकपुरधाम प्रतिवद्धता पत्र पनि जारि गरिएको छ । मधेसको विकास गरि मधेश समृद्धि यात्रा तय गर्न आफ्नो समितिले सबैसँग समन्वय गरि सम्मेलनको आयोजना गरेको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले जानकारी दिनुभयो । मधेश प्रदेशमा वैदेशिक सहयोगको प्रभावकारीता तथा सो को व्यवस्थापनका लागि नीतिगत अवधारणा तय गर्ने गरेर अब प्रदेशसभाले काम गर्ने प्रदेशसभाका सभामुख, रामचन्द्र मण्डलले बताउनुभयो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले दिगो विकासको लक्ष्यमा मधेशको अवस्था, प्राथमिकता र आवस्यकक्ताका बारेमा प्रस्तुती गर्नु भएको थियो भने संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरुले पनि आफुले गरेको योगदान र मधेश प्रदेशमा काम गर्न भएका अफ्ठेराहरुको बारेमा प्रस्तुती गरेका थिए । सेभ द चिल्ड्रेन र एआईएनका तर्फबाट हरिबोल बजगाईले मधेशमा कार्यरत ३४ वटा संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरुको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तराट्रिय संस्थाहरु र सरकारबीचको खुला बहसको संचालन गर्दै सामुदायिक रेडियो प्रसारक संघका व्यवस्थापक दीपक आचार्यले मधेशमा काम गर्न गारो हुन्छ भनेर दातृनिकाय तथा अन्तराष्ट्रिय संस्थाहरु डराउने परिपाटीको अन्त्य गर्न र मधेशमा लगानीमैत्री वातावरण बनाउने उद्देश्यले बहस चलाईएको बताउनु भयो । गरिबी समस्याको अन्त्य गर्नका लागि कृषिको आधुनिकिकरण र औद्योगिकरणमा सरकारसँग मिलेर काम गर्न आफुहरु तयार भएको केयर नेपालका राष्ट्रिय निर्देशक मोना शेर्पाले बताउनुभयो । वल्डभिजन इन्टरनेशनल नेपालका व्यवस्थापक उमा मगरले वाल विवाह अन्त्य तथा किशोरी अधिकारका लागि मधेस प्रदेशमा धेरै काम गर्न आवस्यक रहेको बताउनुभयो । प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक राम किशनले विकास कसले ग¥यो भनेर भन्नु भन्दा पनि हामी सबै मिलेर ग¥यौं भन्ने भावनाको विकास गर्नको लागि समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । एआईएनका सदस्य एवं पीएसआईका राष्ट्रिय निर्देशक खेम श्रेष्ठले विकास साझेदारले काम गर्दाखेरी र गैरसरकारी संस्थाहरु छान्दाखेरी अपनाउनु पर्ने प्रकृयाहरुको बारेमा जानकारी गराउनुभयो ।
ह्याविटाट फर हुम्यानिटीको क्षेत्रीय प्रमुख रामबहादुर श्रेष्ठले सरकारले काम गर्ने वातावरण बनाईदिएमा विकासले फड्को मार्ने बताउनु भयो । मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले दातृनिकायले मधेसलाई हेर्ने दृष्टीकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो, आईएनजीओ सुकिलामुकिला वर्गको मात्रै भएकाले परिवर्तन आवस्यक भएको उहाँले बताउनुभयो । एआईएनका अध्यक्ष भगवान श्रेष्ठले बहसमा आएका सवालहरुलाई सम्बोधन गर्ने रणनीतिका साथ अन्तराष्ट्रिय संस्थाहरु अघि बढ्ने भएकाले अब समन्वय र सहकार्यमा अभाब नहुने बताउनुभयो । मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सोहनप्रसाद शाहले सहकार्य र समन्वय गरेर अघि बढ्ने सरकार र विकास साझेदारहरुको निर्णयलाई प्रतिवद्धता पत्रको रुपमा बाचन गरेर सभामा प्रस्तुत गर्नु भएको थियो । दिगो विकास लक्ष्य प्राप्तिमा भएका प्रयास तथा सहकार्यका क्षेत्रहरु पहिचान गर्ने, विकास साझेदारहरुको समन्वय इकाई (हेल्पडेक्स) को स्थापना गरी तिनको विवरण अनलाईनमा राख्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
12 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
12 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
13 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
13 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
14 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
14 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
25 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
25 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
3 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
3 महीना पहिले