पालिकाहरूले मैथिली भाषाको पाठ्यक्रम बनाउँदै

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ,माघ २१ गते । जनकपुरधाममा जारी रहेको पाँच दिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० अन्तर्गत मातृ “भाषामा शिक्षा” सम्बन्धि पाँचौँ शत्रमा परामर्श भएको छ । 

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र मैथिली विकास कोषको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाका सह–आयोजनामा भइरहेको महोत्सव अन्तर्गत आयोजना गरिएको परामर्शमा कार्यक्रममा सहभागी भएका स्थानीय तहका प्रमुखहरुले एक सयको मैथिली मातृ भाषाको पठन पाठन कक्षा १ देखि ८ सम्म पढाउने तयारी भइरहेको बताउनु भयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले मैथिली मातृ भाषामा एकसय पूर्णाकको पाठ्यक्रम चैत्रभित्रमा छपाई गरेर वैशाख देखि लागु गर्ने गरि उपमहानगरपालिकाले तयारी अन्तिम चरणमा पुर्याएको बताउनु भयो । 

उहाँले पाठ्यक्रममा स्थानीय विषय वस्तुलाई समेटेर पाठ्यक्रमको निर्माण भइरहेको बताउँदै आउँदो शैक्षिक शत्र देखि स्थानीय पाठ्यक्रमको पढाई हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

महोत्तरीका मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकाले कक्षा १ देखि ८ सम्मा स्थानीय विषय वस्तु तयार पारेर पाठ्यक्रम तयारी भइरहेको जून मैथिली भाषामा नै पढाई हुने बताउनु भयो । 

उहाँले मधेश प्रदेशमा भएका सबै विद्यालयहरूमा स्थानीय भाषाको पाठ्यक्रममा एक रुपमा ल्याउन तथा मधेश प्रदेशका विषय वस्तु समेटेर प्रदेश सरकारले नै पाठ्यक्रमको विकास गर्न सकेको खण्डमा पाठ्य क्रममा एक रुपता पुगेर विद्यार्थीहरूलाई मधेश प्रदेशका विषयमा धेरै ज्ञान मिल्ने भएकाले यस तर्फ ध्यान दिन आवश्यक भएको बताउनु भयो ।

सर्लाही जिल्लाका चन्द्रनगर नगरपालिकाका प्रमुख राजकुमार महतोले स्थानीय भाषामा पाठ्यक्रम तयार गर्ने काम भइरहेको बताउँदै स्थानीय भाषाको पाठ्यक्रम वैशाख देखि लागु गरिने गरि अगाडी बढेको बताउनु भयो । 

धनुषा जिल्लाका जनकनन्दनी गाउँपालिका उपाध्यक्ष कमला सहगलले आफ्नो पालिकामा स्थानीय पाठ्यक्रम आसमान नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा मैथिली भाषामा पाठ्यक्रम तयारी पार्ने काम भइरहेको जानकारी दिनुभयो । महोत्सव भोलीसम्म चल्नेछ । 

साभार : रेडियो नेपाल

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले