सर्वोच्च अदालत भन्छ- जनयुद्ध दिवसमा बिदा दिने स्थानीय निकायविरुद्ध मुद्दा परे हामी बोल्छौँ
1 वर्ष पहिले प्रकाशित
Smrititimes

काठमाडौं ,फागुन १ गते । सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने केन्द्रीय सरकारको निर्णय खारेज गरे पनि मङ्गलवार केही स्थानीय निकायले त्यसको अवज्ञा गर्दै बिदा दिएका छन्।अदालतको आदेशपछि केन्द्रीय सरकारले पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको थियो। तर स्थानीय निकायले छिटफुट बिदा घोषणा गरेर जनयुद्ध दिवस मनाइरहेका छन्। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दा परेपछि मात्र अदालतले यस विषयमा बोल्ने बताए।
‘हामीले अहिले धारणा दिनेभन्दा पनि मुद्दा पर्यो भने अदालतले बोल्छ। अदालत आफैले पनि अवहेलनाको मुद्दा हाल्ने व्यवस्था छ तर हाम्रोमा त्यति अभ्यासमा छैन’, उप्रेतीले भने।उनले सार्वजनिक बिदा दिने गाउँपालिकाविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको जानकारी पाएको पनि बताए।‘दर्ता नभई त बोल्न भएन तर तयारी छ भन्ने चाहिँ सुनेको छु’, उनले भने।यसअघि बागमती गाउँपालिकाले दिएको सार्वजनिक बिदा उच्च अदालत पाटनले खारेज गरेको थियो। संविधानविद् विपिन अधिकारीले जनयुद्ध दिवसका अवसरमा स्थानीय निकायले सार्वजनिक बिदा घोषणा गर्नु अदालतको अवहेलना हुने बताए।
उनले राज्य, कानुन,प्रणाली केही होइन भन्ने अवस्था देखिएको बताए। ‘अदालतको जे दृष्टिकोण हो, नेपाल सरकारको त्यही दृष्टिकोण हुनुपर्छ। गृह मन्त्रालयले सर्कुलर जारी गर्नु पर्थ्यो। केही अस्पष्ट भए स्थानीय निकायले माथि बुझ्नु पर्थ्यो। तर यहाँ प्रधानमन्त्री नै अदालतको आदेश उल्लङ्घन गर्न उद्धत देखिन्छन्’, अधिकारीले भने।
साभार : नेपाल प्रेस

नेपालमा भित्रियो कोरोना भाइरस,७ जनामा संक्रमण
जेठ १३ गते काठमाडौं—पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भे�..
6 दिन पहिले
नेपालमा भित्रियो कोरोना भाइरस,७ जनामा संक्रमण
जेठ १३ गते काठमाडौं—पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भे�..
6 दिन पहिले
जनकपुर ग्राण्डी होस्पीटलमा सार्वजनिक सुनुवाई कार्यक्र�..
जनकपुरधाम जेठ १३ गते जनकपुर ग्राण्डी होस्पीटलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम मंगल�..
6 दिन पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
11 दिन पहिले
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन�..
13 दिन पहिले
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय�..
14 दिन पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
11 दिन पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ�..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
2 महीना पहिले
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा �..
जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि�..
3 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
4 महीना पहिले
ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..
जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..
4 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्�..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी�..
5 महीना पहिले