रामायण संसारकै सबैभन्दा प्रेरणादायी राजनीतिक ग्रन्थः निधि

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,फागुन ३ गते । नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ।  
मामाघर आश्रमद्वारा बुधबबार ललितपुरको बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ‘वाल्मीकि रामायण’ र ‘रामचरितमानस’ रामायणका आधारमा पत्रकार अर्चना झाद्वारा मैथिली भाषामा लिखित रामायणको विमोचन गरे।  
 
पूर्वउपप्रधानमन्त्री निधिले रामायणको लेखनबाट झाले आफू, आफ्नो परिवारका साथसाथै भाषा र संस्कृतिलाई अमर बनाएको बिचार व्यक्त गरे। उनले रामायणमा रामसँगै सीताको पनि चर्चा गरिनुपर्ने बताउदै सीताविना रामको कथा अधुरो हुने बताए। 
 
“सीताको बर्णन ओझेलमा परिरहेको छ। सीता नेपाली चेली हुन्। मैले मेरो आँखाले हेर्दा रामायण भनेको धार्मिक ग्रन्थ मात्रै हैन, राजनीतिक प्रेरणादायी कथाको स्रोत हो। यसलाई बृहत् ढङ्गले हेर्नुपर्छ र बृहत् ढङ्गले व्याख्या गर्नुपर्छ”, नेता निधिले भने। 
 
उनले हामीले रामायणलाई कुन आँखाले हेर्छौं भन्ने कुरामा निर्भर गर्छ भन्दै रामायण संसारको सबैभन्दा प्रेरणादायी राजनीतिक ग्रन्थ हो उल्लेख गरे। उनले आजको पुस्ताले रामायणलाई धार्मिक पुस्तक वा राम र सीताको कथामा मात्रै सीमित नगरी राजनीतिकरुपमा पनि हेरिनुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने धारणा व्यक्त गरे।   
 
प्रकाशित कृतिमाथि समीक्षा गर्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रामायणमा रामको मात्रै चर्चा बढी गरिएको बताउदै सीताको भूमिमा सीताको चर्चालाई व्यापकता दिइनुपर्नेमा जोड दिए। 
 
 
उनले मैथिली भाषामा लेखिएको रामायण स्थानीय जनवनेलीमा लेखिएको र सबैले बुझ्नसक्ने पहिलो कृति भएको बताउँदै मैथिली समाजमा यसले भाषा कसरी लेख्ने भनेर एउटा बहस सृजना गर्ने बातावरण बनेको बताए।   
 
साहित्यकार डा मञ्चला झाले मैथिली भाषामा अनुवाद गरेर लेख्ने आँट गरेकामा लेखक झाप्रति आभार व्यक्त गरिन्। उनले यो पुस्तक  सजिलैसँग बुझ्न सकिने बताइन्। हालसम्म ५० वटाभन्दा बढी भाषामा रामायण लेखिएको बताउदै उनले यो पुस्तक प्रकाशनबाट मैथिली भाषाको व्यापकतामा सहयोग पुगेको बताइन्। 
महर्षी तथा संस्कृत भाषाका आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको ‘वाल्मिकी रामायण’ त्रेतायुगमा भएको मानिन्छ। पवित्र धार्मिकग्रन्थका रूपमा रहेको रामायणमा दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु वशिष्ठ, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, रावण, बाली, सुग्रिव, जटायु आदिलाई मुख्य पात्रकारुपमा चित्रित गरिएको छ। 

साभार : स्पेसखबर

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले