मधेश प्रदेशमा जसपाको नेतृत्व कायम रहला ?

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,फागुन २२ गते । केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशमा आलोपालो नेतृत्व गर्ने लगभग सहमति भइसकेको छ । आलोपालो अनुसार पनि केहि प्रदेशमा नेतृत्व फेरिने सम्भावना छ ।

तर मधेश प्रदेशमा वर्तमान जनता समाजवादी पार्टी (जसपा) नेतृत्वकै सरकार रहिरहने देखिन्छ । अहिले जसपा संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । आलोपालोमा सहमति भएपनि पहिलो चरणमा वर्तमान मुख्यमन्त्रीले नै निरन्तरता पाउने जसपाका नेताहरु दावी गर्छन् ।

नेपाली काँग्रेससहितको सत्ता गठबन्धन भत्किएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि जसपाले सरकारमा सहभागी हुन पहिलो शर्त राखेकाे छ । उनको शर्त मधेश सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।

जसपाबाट असन्तुष्ट जनमत पार्टीले भने सरकारमा अर्थात् नयाँ गठबन्धनमा सहभागी हुन मधेशको नेतृत्व फेरिनुपर्ने अडान राखेको छ । तर तत्काल जनमतलाई पाखा लगाइएको छ ।

हिजो अबेर साँझ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे सहमति भयो, जुन सहमतिपत्रमा जनमत पार्टी सहभागी छैन । यसले पनि नयाँ गठबन्धनमा जनमतभन्दा जसपालाई प्राथमिकता दिएको छ ।

मधेश प्रदेशमा जनमतका १३ सांसद छन् । अहिले सरकारको नेतृत्व गरिरहेका जसपाका १९ सांसद छन् । सबभन्दा ठूलो दल नेकपा एमालेका २४ र माओवादीका ९ सांसद छन् । ९ सांसद रहेको लोसपा पनि सरकारमा जाने लगभग निश्चित जस्तै छ । सरकारमा जाने सम्भावना रहेको नेकपा एससँग ७ सांसद छन् ।

मधेश प्रदेशमा १०७ सांसद छन् । सरकार बनाउन सामान्य बहुमत अर्थात् ५४ सांसद आवश्यक पर्छ । यसरी हेर्दा जनमत पार्टी सरकारमा सहभागी नभएपनि साना दललाई मिलाएर एमाले, माओवादी र जसपाले सरकार बनाउन सक्छ ।

एमालेकै समर्थनमा जसपाका यादव मुख्यमन्त्री बनेका थिए । त्यतिबेला गठबन्धन भत्किएर एमाले आउट र काँग्रेस इन भएको बेला पनि मुख्यमन्त्री यादवलाई नै निरन्तरता दिइयो । अहिले फेरि नयाँ गठबन्धन बनेको अवस्थामा अर्थात् पहिलेको गठबन्धन पुर्नस्थापित भएपछि पनि यादव नै मुख्यमन्त्रीमा निरन्तरता पाउने देखिएको छ ।

मधेश सरकारबारे औपचारिक सहमति जुटाउन आज गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकमा गठबन्धनमा सहभागी मधेशका सबै दलका संसदीय दलका नेता समेत सहभागी हुने बुझिएको छ । उनीहरु काठमाडौं पुगिसकेका छन् ।

एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेश सरकारबारे निर्णय गर्न अहिले गठबन्धनको बैठक बस्न लागेको बताए । उनले प्रदेशको नेतृत्व आलोपालो गर्ने कुरा छ तर तत्काल वर्तमान मुख्यमन्त्री यादव निरन्तरता पाउन सक्ने बताए ।

अब एमालेले नेतृत्व गर्न पाउनुपर्छ भन्ने तपाईको दावी छैन ?भन्ने नेपालप्रेसको जिज्ञासामा उनले भने, ‘एमाले सबभन्दा ठूलो दल हो । एमालेले नेतृत्व त पाउनैपर्छ । तर आलोपालो गर्ने सहमति हुनसक्छ ।’

साभार : नेपाल प्रेस

12 comments
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

4 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

5 दिन पहिले

तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..

जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..

5 दिन पहिले

टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..

जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..

6 दिन पहिले

मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..

जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

15 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

24 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

25 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

28 दिन पहिले