बक्स अफिसमा ‘सैतान’को तहल्का
2 वर्ष पहिले प्रकाशित
Smrititimes
एजेन्सी
नयाँ दिल्ली, फागुन २८ गते । अजय देवगन र आर माधवनको फिल्म ‘सैतान’ले बक्स अफिसमा दबदबा बनाएको छ । यो सुपरनेचुरल हरर फिल्मलाई दर्शकले मन पराएको बताइएको छ । फिल्मले पहिलो दिन नै शानदार ओपनिङ गरेको थियो । दोस्रो दिन फिल्मले कमाइका हिसाबले तहल्का मच्चाएको छ । सप्ताहान्त परेकोले फिल्मको कमाइ राम्रो भएको थियो ।
ओपनिङ डेमा फिल्मले देशभर १४ करोड ७५ लाख भारुको व्यापार गरेको थियो । फिल्मको दोस्रो दिनको कमाई पनि राम्रो छ । सैकनिल्कको रिपोर्ट अनुसार अजय देवगन र आर माधवनको यस फिल्मले दोस्रो दिन अर्थात् शनिवार देशभर १८ करोड २५ लाख भारुको व्यापार गरेको छ । अर्थात् सैतानले दुई दिनमा भारतमा मात्रै ३३ करोडको व्यापार गरेको छ । आइतबार पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।
सैतान गुजराती फिल्म वासको हिन्दी रिमेक हो । यसलाई विकास बहलले निर्देशन गरेका हुन् । फिल्ममा अजय देवगनका अलावा ज्योतिका र जानकी बोडिवाला पनि छन् । फिल्ममा सबैभन्दा धेरै चर्चा खलनायक बनेर आर माधवनले बटुलेका छन् । उनको अभिनय देखेर दर्शकहरू अचम्मित छन् ।
अजय देवगनको आगामी फिल्म
सैतानपछि अजय देवगन अब फिल्म ‘मैदान’मा देखिँदै छन् । यसमा उनी फुटबल प्रशिक्षकको भूमिकामा देखिने छन् । चलचित्रको ट्रेलर केही दिन अघि रिलिज भएको थियो, जसलाई दर्शकले निकै रुचाएका थिए । अजय देवगनको यो फिल्म यस वर्षको इदको अवसरमा रिलिज हुँदै छ । फिल्मलाई बोनी कपुरले निर्माण गरेका हुन् ।
साभार : रातोपाटी
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..
जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..
2 दिन पहिले
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..
जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..
2 दिन पहिले
गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन
जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..
5 दिन पहिले
धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..
जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..
5 दिन पहिले
मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..
जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..
5 दिन पहिले
गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण
जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..
6 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
1 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..