प्रजातान्त्रिक शक्तिहरुबीच एकता अपरिहार्य : काँग्रेस सहमहामन्त्री यादव

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, फागुन ३० गते । नेपाली काँग्रेसका सहमहामन्त्री तथा पुर्व खानेपानी मन्त्री महेन्द्र यादवले नेपालमा प्रजातान्त्रिक शक्तिहरुबीचमा एकता अपरिहार्य रहेको बताउनु भएको छ ।


धनुषाको लक्ष्मिनियाँ गाँउपालिकामा निमाणर् गरिएको शहिद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठान भवनको बुधबार उद्घाटन पछि आयोजितकार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले सबै प्रजातान्त्रिक पार्टीहरु एक नभए प्रजातन्त्र नै खतरामा पर्न सक्ने भन्दै अब एक नहुनुको विकल्प नभएको बताउनु भयो ।


नेपालमा काँग्रेसले चाहेर मात्रै राणा शासन देखि राजा सम्मको व्यवस्थाहरु परिवर्तन भएको भन्दै काँग्रेसलाई सत्ता बाहिर राखेर बर्तमान सरकार चल्न नसक्ने उहाँले दावी गर्नु भयो । उहाँले संविधान रक्षाका लागि दुई ठुला दलले सरकार निमाणर् गर्नुपर्ने जनताको इच्छा रहेको भन्दै प्रचण्ड नेतृत्वको वर्तमान सरकार छ महिना भन्दा बढी नचल्ने ठोकुवा गर्नुभयो ।


नेता यादवले आगामी निर्वाचनमा कम्युनिष्टहरु मिलेर दुइ तिहाइ ल्याएको खण्डमा वर्तमान संविधान संशोधन गरी चीन जस्तो शासन ल्याउन सक्ने भन्दै त्यसो हुन नदिनका लागि प्रजातन्त्रबादी शक्तिहरुबीचमा एकता अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवम मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रजातन्त्रको स्थापना नेपाली काँग्रेसले नै गरेको भन्दै यसको संरक्षण पनि काँग्रेसले नै गर्नुपर्ने भएकोले आगामीे २०८४ सालको तीनै तहको निर्वाचनमा काँग्रेसलाई बहुमत दिनुपर्ने धारणा राख्नुभयो ।उहाँले जसपा नेपाल र नेकपा(एकिकृत समाजवादी)को कारण गठबन्धन टुटेको भन्दै गठबन्धन तोडनेहरुको आउने दिनमा सफाया हुने बताउनु भयो ।


पटक पटकको मन्त्रिपरिषद परिवर्तनले विकास निमाणर्का कामकाज प्रभावित भएको भन्दै यस्तो कामगर्नेलाई जनताले माफ नगर्ने दावी उहाँले गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेश संसदीयदलका प्रमुख सचेतक एवम प्रतिष्ठानका उपाध्यक्ष कुमरकान्त झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनाक्षी झा , पूर्व मन्त्री राम सरोज यादव , प्रदेशसभा सदस्य शेषनारायण यादव,लक्ष्मिनियाँ गाँउपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र , काँग्रेस महोत्तरीका सभापति नागेश्वर यादव सहितकाले शहिद कामेश्वर कुशेश्वरको नाँउमा पहिलो पटक प्रतिष्ठान संचालन भएकोमा खुशी व्यक्त गर्नु भयो ।


कार्यक्रममा प्रदेशसभा सदस्य अंजना पंडित , काँग्रेस मधेश प्रदेश समिति सदस्य जीवनाथ चौधरी , कृष्णा सिंह , बजरंग यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । संघीय सहरी विकास कार्यालयको ४९ लाख ,प्रदेश समाजिक विकास मन्त्रालयको २५ लाख र प्रदेश पूर्वाधार विकास कार्यालयको २५ लाख गरी ९९ लाखको लागतमा एक कठठ क्षेत्रफलमा एउटा कोठा,एउटा ठुलो सभाहल र तिनवटा बाथरुम भएको भवन निमाणर् गरिएको प्रतिष्ठानका सचिव परशु राम यादवले जानकारी दिनु भएको छ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले