मधेश प्रदेश सरकार पुनर्गठनको तयारीमा मुख्यमन्त्री यादव
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,चैत २ गते । केन्द्रमा आएको सत्ता फेरबदलपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव नयाँ समीकरण अनुसार प्रदेश सरकारको पुनर्गठनका विषयमा सत्ता सहयात्री दलहरूसँग छलफल शुरु गर्नु भएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले रेडियो नेपालसँग बिहीवार कुरा गर्दै सङ्घीयताका सवालमा मधेश प्रदेश सभामा रहेका सबै दलका समान तथा सकारात्मक धारणा भएपनि आफूहरू केन्द्रको सत्ता हेरफेरका कारणले सरकारको पुनर्गठनको तयारीका विषयमा छलफल शुरु गरेको जानकारी दिनु भयो ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बुधवार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि काठमाडौँबाट मधेश प्रदेशका राजधानी जनकपुरधाम फर्किनु भएका मुख्यमन्त्रीले बिहीवार बिहान देखि सहयात्री विभिन्न दलका नेताहरूसँग परामर्श थाल्नु भएको
छ ।
उहाँले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवसँग कुराकानी गरेको र उहाँ अहिले पार्टीको काम विशेषले पर्सा जिल्लामा रहेकाले आउने बित्तिकै सरकारको सहयात्राका विषयमा छलफल हुने जानकारी दिनु भयो । अन्यसँग छलफल भइरहेको जानकारी मुख्यमन्त्रीले दिनु भयो ।
उहाँले नेपाली काँग्रेसका मन्त्रीहरू आफै राजीनामा दिने बताउँदै यस अघि सत्ता समीकरण हेर फेर हुँदा कसैलाई मधेश प्रदेश सरकारले बर्खास्त नगरेकाले काँग्रेसका मन्त्रीहरूलाई त्यसो गर्ने पक्षमा आफू नभएको र उहाँहरू आफै राजीनामा दिने र त्यसका लागि आफूले छलफल थालेको बताउनु भयो ।
मधेश प्रदेश सरकारमा केन्द्रमा भएको सत्ता हेरफेर पछि वर्तमान मुख्यमन्त्री सरोज कुमार यादवसँग बहुमत रहेकाले उहाँको निरन्तरता हुने पक्का रहेको चर्चा हुन थालेको छ ।
मधेश प्रदेश सरकारमा नेकपा २४, जनता समाजवादी पार्टीका १९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादी पार्टीका ७ गरेर ५९ जनाको समर्थन रहेको छ । साना दलहरूको समर्थन विना नै सरकारको पक्षमा बहुमत रहेको अवस्था रहेको छ ।
साभार : रेडियो नेपाल
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
24 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..