जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न जरुरी : राष्ट्रपति

3 वर्ष पहिले प्रकाशित

Smrititimes

मटिहानी,चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई जीवन दर्शनको रुपमा अनुसरण गरेर जनतालाई परिवर्तनको अनुभूति हुने गरि काम गर्न जरुरी रहेको बताउनुभएको छ । 

शहिद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा महोत्तरीको महिटानी नगरपालिकाको वडा नंं ८ मा निर्माण भएको शहिद केशव कोइरालाको शालीक अनावरण कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्र अनुसारको संस्कार र संस्कृतिको विकास हुन अझै बाँकी रहेको बताउनुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताका लागि सुन्दर उपहार भए पनि प्रदेशहरूलाई अझै अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा नै सेवा तथा सुविधा प्रवाह गर्न ढिलाइ गर्न नहुने विषयमा दलका शीर्ष नेताहरूलाई आफूले पटक पटक ध्यानाकर्षण गर्दै आएको बताउनुभयो । 

उहाँले राजनीतिक उपलब्धिको रुपमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूत गराउन अझै धेरै विषयहरू गर्न बाँकी रहेकाले गणतन्त्रलाई बलियो बनाउनका लागि गणतन्त्रलाई बलियो बनाउने कानूनको निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । 

उहाँले शहिद स्व.केशव कोइराला जस्ता लोकतान्त्रिक योद्धाको प्रतिमाको निर्माण मटिहानी नगरपालिकामा गराएर मटिहानीको प्राचीनता तथा पौराणिकतालाई थप उजागर गर्ने काम भएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले जनताको ठूलो सङ्घर्ष तथा बलिदानबाट बनेको संविधानपछि स्वायत्तताको अवधारणा गाउँ तथा प्रदेशमा गएपनि धेरै अधिकारका विषयहरू स्थापित गर्नका लागि अझै बाँकी रहेको बताउनुभयो । 

उहाँले देशको आर्थिक, सामाजिक रूपान्तरण गरेर निमुखा जनताको जीवन स्तर अझै माथि उकास्न आवश्यक भएको उल्लेख गर्नुहुँदै यसका लागि व्यवस्था परिवर्तन भए जस्तै जनताको अवस्था परिवर्तनको अनुभूतिका लागि तल्लो तहमा अधिकार प्रत्यायोजित गर्न आवश्यक भएको बताउनुभयो । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा राजनीतिक स्थिरताका लागि संविधान संशोधनको विषयमा अहिले सबै दलका शीर्ष नेताहरूले महशुस गर्न थालेकाले संविधान संशोधन शीघ्र हुनुपर्ने धारणा राख्नुभयो ।     

साभार : रेडियो नेपाल

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

12 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

13 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

25 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले