नाम परिवर्तन सम्बन्धी निर्देशनमाथि निर्वाचन आयोगलाई अन्तरिम आदेश
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाण्डौ, चैत ४ गते । तराई-मधेश लोकतान्त्रिक पार्टीले नाम परिवर्तन गर्न भनी निर्वाचन आयोगबाट दिइएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रीटमाथि स.प्र.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासबाट निर्वाचन आयोगलाई कारण देखाउको साथै अन्तरिम आदेश जारी गरिएको छ । दुबै पक्षलाई अदालतबाट छलफलको लागि बोलाउने आदेश समेत भएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ अनुसारको निर्णय उल्लेख गर्दै तराई-मधेश लोकतान्त्रिक पार्टी समेत १९ वटा पार्टीलाई नाम परिवर्तन गरी ३० दिनभित्र जानकारी गराउन निर्देशन दिएको थियो । तराई-मधेश लोकतान्त्रिक पार्टीले ऐनको दफा ५७ वा कुनै प्रचलित कानूनले दर्ता रहेको पार्टीको नाम परिवर्तन गर्न कुनै निर्देशन दिन सक्ने अधिकार निर्वाचन आयोगलाई नरहेको जिकिर गर्दै २०८०/१२/२ गते सर्वोच्च अदालतमा रीट दायर गरेको थियो ।
तमलोपाद्वारा दायर रीटमा “ऐनको दफा ५७ ले कुनै पार्टीको नाम परिवर्तन गर्ने वा त्यसो गर्न निर्देशन दिने अधिकार दिएको छैन । यस दफामा भनिएको छ, -‘आयोगले संविधान र प्रचलित कानूनको अधीनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नु पर्ने विषयका सम्बन्धमा आवश्यक निर्देशन दिन सक्नेछ' । उपदफा (२) मा उपदफा (१) बमोजिमको निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुनेछ, उल्लेख छ । अर्थात् दर्ता रहेको दलले कुनै काम कारबाही सञ्चालन गर्दा पालना गर्नु पर्ने विषयका सम्बन्धमा निर्देशन दिन सक्नेछ जसको पालना सम्बन्धित दलले गर्नु पर्नेछ । दलको नाम परिवर्तन गर्न दिइएको निर्देशन संविधान र प्रचलित कानून सम्मत रहेको देखिंदैन ।” भनिएको छ ।
तमलोपाको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले “दर्ता रहेको कुनै दलको नाम परिवर्तनको निर्णय वा अधिकार सो दललाई मात्र हुन सक्छ । संविधान प्रचलित ऐनकानून अनुसार आयोगमा दर्ता दललाई आफूखुशी निर्देशन दिने अधिकार निर्वाचन आयोगलाई कुनै कानूनले दिएको छैन ।“ भन्दै आयोगको यस्तो निर्देशन अचम्भित गर्ने खालको रहेको बताउनु भयो ।
तराई मधेश लोकतान्त्रिक पार्टी संविधान, ऐन, नियमावली अनुसार प्रचलित कानून बमोजिम निर्वाचन आयोगको २०७७/०८/९ गतेको निर्णय अनुसार दर्ता भई २०७८/८/१७ गते आयोगमा दर्ता भएको राजनीतिक दल हो । निर्वाचन आयोगमा पार्टीको दर्ता नम्बर १७५ रहेको छ ।तमलोपाको तर्फबाट अधिवक्ता सतीश कुमार झाले बहस गर्नु भएको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
12 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
12 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
13 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
13 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
14 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
14 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
25 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
25 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
3 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
3 महीना पहिले