सरकार बनाउने हैसियत नपुग्दै सत्ता गठबन्धनमा मुख्यमन्त्रीको भागबण्डा
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं ,चैत १३ गते । सत्ता समीकरण फेरिएसँगै सातै प्रदेश सरकारको नेतृत्व बाँडफाँटका लागि दलहरु जुटेका छन् ।
नयाँ सत्ता गठबन्धनमा आवद्ध एमाले,कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच सरकारको भागबण्डा मिलाउन व्यस्त देखिएका छन् ।
मधेश प्रदेश सरकारको नेतृत्व नै गठबन्धनमा सामेल हुने बटमलाइन बनाएको जसपाले उक्त प्रदेशमा आफ्नै नेतृत्वको सरकारलाई नै निरन्तरता दिने पूर्वसहमति नै यथावत छ। अन्य ६ प्रदेशको हकमा भने दलहरुबीच मोटामोटी सहमति भएको जनाइएको छ।
सत्ता गठबन्धनमा गण्डकी, कोशी र कर्णाली सरकारको नेतृत्व एमाले, बागमती र लुम्बिनी माओवादीले, सुदूरपश्चिम नागरिक उन्मुक्तिलाई दिने गरी गृहकार्य भइरहेको छ। यद्यपि वर्तमान सत्ता गठबन्धनमा आबद्ध दलहरु मिलेर मात्रै अधिकांश प्रदेशमा सरकार बनाउन सकस देखिएको छ।
वागमती प्रदेशमा वर्तमान गठबन्धनको सरकार बनाउन हाम्रो नेपाली पार्टी निर्णायक देखिएको छ भने अन्य प्रदेशमा गठबन्धन बाहिर रहेको राप्रपाको सहभागिता आवश्यक देखिन्छ ।
अहिलेको गठबन्धनले कोशी प्रदेश र कर्णाली प्रदेशमा सहजै सरकार बनाउन सक्छ । तर, अन्य प्रदेशमा अहिले बनेको गठबन्धनको बहुमत पुग्दैन । यस्तोमा सम्बन्धित प्रदेशमा निर्णायक हैसियतमा भर्एका र हालको गठबन्धनप्रति नरम दलहरुलाई साथमा लिनु आवश्यक हुनेछ ।
यो गठबन्धनलाई संघीय सरकार गठनमा समस्या छैन । बहुमतको लागि १३८ सदस्य चाहिनेमा एमालेको ७९, माओवादीको ३२, रास्वपाको २१ र जसपाको १२ सिट गरेर १४४ सिट पुग्छ ।
यस्तै ९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ सिट चाहिन्छ । एमालेको ४०, माओवादीको ५३ र जसपाको १ सिट मिलाउँदा ५४ सिट पुग्छ । ४० सदस्यीय कर्णाली प्रदेशमा समेत माओवादीको १३ र एमालेको १० सिट जोड्दा २३ सिट अर्थात स्पष्ट बहुमत पुग्छ ।
अन्य प्रदेशको हकमा भने यो गठबन्धनको बहुमत पुग्दैन । १०७ सदस्यीय मधेश प्रदेशमा बहुमतका लागि ५४ सिट चाहिन्छ । यहाँ एमालेको २४, जसपाको १९ र माओवादीको ९ सिट मिलाउँदा ५२ सिट हुन्छ । यहाँ सरकार बनाउन २ सिट पुग्दैन ।
मधेश प्रदेशमा सिके राउतको जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९ र नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यी कुनै एक दललाई ल्याउँदा बहुमत पुग्छ । यसबाहेक १–१ सिट भएका राप्रपाउन्मुक्तिजस्ता दललाई वा स्वतन्त्र सांसदलाई मिलाएर पनि ५४ सिट पुग्न सक्छ ।
बाग्मती प्रदेशका कूल ११० सदस्य छन् । यहाँ बहुमतका लापग ५६ सिट चाहिन्छ । एमालेसँग २७ र माओपादीसँग २१ गरेर गठबन्धनसँग ४८ सिट छ । १३ सिट भएको राप्रपालाई साथमा लिन सके सहजै बहुमत पुग्न सक्छ । अथवा ७ सिट भएको नेकपा एसको साथमा ३ सिट भएको नेमकिपा वा २ सिट भएको हाम्रो नेपाली पार्टीलाई साथमा लिन सके पनि बहुमत पुग्छ ।
६० सदस्यीय गण्डकी प्रदेशमा एमालेसँग २२ र माओवादीसँग ८ गरी ३० सदस्य छन् । यहाँ १ जना मात्रै सांसदको समर्थन जुटाउन सके बहुमत पुग्छ । यहाँ राप्रपासँग २ सिट र नेकपा एससँग १ सिट छ । यी दुईमध्ये कुनै एकले समर्थन गरेमा बहुमत जुटाउन सकिन्छ ।
लुम्बिनी प्रदेशमा ८७ सदस्य छन् र यहाँ बहुमतका लागि ४४ सिट चाहिन्छ । एमालेसँग २९, माओवादीसँग १० र जसपासँग ३ सिट छ । यहाँ बहुमतका लागि २ सिट चाहिन्छ । यहाँ राप्रपासँग ४ सिट, नाउपासँग ४ सिट, जनमतसँग ३ सिट, लोसपासँग ३ सिट छन् । यी कुनैलाई साथमा लिँदा बहुमत पुग्छ । वा, १ सिट भएका नेकपा एस, जनमोर्चा लगायतलाई मिलाउँदा पनि बहुमत पुग्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ सिट चाहिन्छ । यहाँ एमालेको १० र माओवादीको ११ सिट छ । नागरिक उन्मुक्तिको ७ सिट छ । यसबाहेक नेकपा एसको ५ सिट, राप्रपाको एक सिट छ । यी दुवैलाई साथमा ल्याउँदा पनि बहुमत पुग्न सक्छ ।
साभार : डिसी नेपाल
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
23 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..