ठमेलमा अब गति सीमित, ‘नो हर्न’ पनि
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं, चैत २२ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ।
ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो।
ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिए। 'ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ', उनले भन्नुभयो।

ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उनले जानकारी दिए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौँ उपत्यकामा हर्न निषेध गरिसकेको छ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताए। 'ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ', उनले भए। अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाई समेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताए।
ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ।

ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो।
साभार : काठमाडौं प्रेस
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा
काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..
6 दिन पहिले
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा
काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..
6 दिन पहिले
जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..
काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..
6 दिन पहिले
न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी..
जनकपुरधाम, २५ अगहनः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अदालत तथा न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, ..
6 दिन पहिले
प्रतिनिधि सभाको चुनावलाई दृष्टिगत गर्दै अन्तर पुस्ता स..
जनकपुरधाम मंसिर २५ । प्रतिनिधि सभाको चुनावलाई दृष्टिगत गर्दै अन्तर पुस्ता संवाद कार्यक्रम गरिएको छ। यही फाल्..
6 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको जनचेतनामुलक कार्यक्रम सम्पन..
जनकपुरधाम मंसिर २५ गते । १६ दिने लैँगिक हिँसा विरुद्धको अभियानका क्रममा शान्ति पुनस्र्थापना गृहले धनुषा जिल्ला..
6 दिन पहिले
ओरेक मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक घरम..
जनकपुरधाम मंसिर २४ गते ।महिला पुनस्र्थापना केन्द्र ओरेक मधेश प्रदेशले महिला हिंसाको अर्धवार्षिक घटनाको तथ्..
7 दिन पहिले
मधेश प्रदेशक मुख्यमन्त्री यादवक द्वारा पद सँ इस्तीफा
अगहन १७ गते जनकपुरधाम । मधेश प्रदेशक मुख्यमन्त्री सरोज कुमार यादव मुख्यमन्त्री पद सँ इस्तीफा दऽ देलथि । मधेश प..
14 दिन पहिले
स्वास्थ्य निर्देशनालय सपहीके तीन दिनमा वार्षिक समिक्षा..
ज्नकपुरधाम अगहन ५ गते । स्वास्थ्य निर्देशनालय सपहीके आर्थिक वर्ष २०८१ –८२ मे सम्पादित स्वास्थ्य कार्यक्रमके प..
26 दिन पहिले
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मंसिर ३, २०८२जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको विरुद्धमा सात दलका ६४ जना प्रदेश सभाका सदस्यहरु..
28 दिन पहिले
मधेश प्रदेशसभा आज बैठकमा बस्दै, सभामुखविरुद्धको अविश्व..
२०८२ मंसिर ३ मधेश प्रदेशसभाको आज (बुधबार) बस्ने बैठकलाई राजनीतिक रूपमा अत्यन्त संवेदनशील मानिएको छ। सभामुख रामचन..
28 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
2 महीना पहिले
कांग्रेस, एमाले र नेकपासँग चुनावी तालमेल नगर्ने निष्कर्..
मङ्सिर २४ गते काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणक..
ओरेक मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन सार्वजनिक घरम..
जनकपुरधाम मंसिर २४ गते ।महिला पुनस्र्थापना केन्द्र ओरेक मधेश प्रदेशले महिला हिंसाको अर्धवार्षिक घटनाको तथ्..
शान्ति पुनस्र्थापना गृहको जनचेतनामुलक कार्यक्रम सम्पन..
जनकपुरधाम मंसिर २५ गते । १६ दिने लैँगिक हिँसा विरुद्धको अभियानका क्रममा शान्ति पुनस्र्थापना गृहले धनुषा जिल्ला..
महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वक..
जनकपुरधाम मंसिर २४ गते । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुन..