देशभर मतदाताको संख्या एक करोड ८० लाख नाघ्यो
2 वर्ष पहिले प्रकाशित
Smrititimes

काठमाडौं ,चैत, २२ गते । निर्वाचन आयोगले आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचन प्रयोजनका लागि अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगको बिहीबार बिहान बसेको बैठकले गत फागुन २९ गतेदेखि चैत पाँच गतेसम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगले वेबसाईटमार्फत अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।
स्वीकृत मतदाता नामावली बमोजिम देशभरको विवरण अनुसार आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुगेका एक करोड ८० लाख ८८ हजार ९८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

विवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख ३९ हजार ३९० रहेका छन् । जसमा पुरुष मतदाता तीन लाख ७६ हजार ४११, महिला मतदाता तीन लाख ६२ हजार ९७३ र अन्य मतदाता ६ जना रहेका छन् ।
यस्तै सबैभन्दा कम मतदाता मनाङमा ६ हजार ८४९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता तीन हजार ३१९ र महिला मतदाता तीन हजार ५३० रहेका छन् ।
गत वैशाख १० गते गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८० का लागि एक करोड ८० लाख एक हजार ५६६ मतदाता रहेका थिए । जसमा पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५, महिला मतदाता ८८ हजार ५२ हजार ४६ र अन्य मतदाता १८५ थिए । अहिले ८७ हजार ४१७ मतदाता थप भएका निर्वाचन आयोगले जनाएको छ ।
गत निर्वाचनमा इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं दुईमा एक लाख १५ हजार ४६७ र बझाङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं एकको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ११० मतदाता रहेका थिए ।
आगामी वैशाख १५ गते हुने निर्वाचनका लागि इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं दुईमामा ४२२ मतदाता थपिएर जम्मा मतदाता १ लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं एकको प्रदेश सभा निर्वाचन क्षेत्र नं एकमा ६३८ मतदाता थपिएर ६१ हजार ७४८ मतदाता कायम भएका छन् ।
साभार : नेपाल प्रेस

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
4 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
4 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
5 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
5 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
9 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
14 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
14 दिन पहिले
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..
2 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
3 महीना पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
4 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
5 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..