कांग्रेसले स्व. नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौ, वैशाख २७ : नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। साथै दिवंगत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। स्व. गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
त्यस्तै वैशाख २८ गते पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ। नेता गुरुङको यही वैशाख २५ गते काठमाडौँ ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका स्व. गुरुङलाई २०१७ सालमा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो।
तत्पश्चात् उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र सङ्गठनमा सक्रिय रहनुभएको थियो। २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र २०१८ चैत १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीलाई मुक्त गरेको अभियोगमा उहाँलाई ट्रिबुनलले जन्म कैदको फैसला गरेको थियो।
लोकतन्त्र स्थापनाका लागि गरिएका सङ्घर्षका क्रममा गुरुङले पटकपटक जेल जीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्काजस्ता विविध व्यवधान बेहोरेका थिए। कांग्रेस ताप्लेजुङको पटकपटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति सङ्घका पूर्वकेन्द्रीय सभापति, नेपाल किसान सङ्घका पूर्वकेन्द्रीय महासचिव, कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको पूर्वसदस्यजस्ता विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए।
१९९८ वैशाख १० गते पिता भगीमान गुरुङ र माता मनमाया गुरुङको सुपुत्रका रुपमा जन्मनुभएका गुरुङले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ।
साभार : काठमाडौं प्रेस
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
4 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
4 दिन पहिले
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..
5 दिन पहिले
टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–..
जनकपुरधाम भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विक..
5 दिन पहिले
मुम्बई टीटीएफमा मधेशको पर्यटन बजार विस्तार गर्ने व्यवस..
जनकपुरधाम भदौँ ३ गते। मधेश प्रदेशका पर्यटन व्यवसायीहरू प्रदेशका धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई भारतीय तथा अ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
15 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
17 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
18 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
23 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
25 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
28 दिन पहिले
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फ..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
तीन वर्षीया बालिकाको मृत्युले उठायो बाल सुरक्षा र महिला ..
जनकपुरधाम भदौँ ३ गते । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा भक्तिटोलकी तीन वर्षीया बालिका गरिमा चौधरी..