ट्राफिक प्रहरी राजश्व संकलनमा केन्द्रित धनुषामा दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा तुलनात्मक कमि
9 महीना पहिले प्रकाशित
Smrititimes

बटुकनाथ झा
जनकपुरधाम
असोज ६ गते ।
आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा भएको पत्रकार सम्मेलनमा ट्राफिक निरिक्षक हरि बहादुर वलीले गत जेठ देखि भदौँ सम्म ४ महिनामा १० हजार ८ सय २९ जनाबाट ९१ लाख ९२ हजार ५ सय जरिवाना राजश्व संकलन भएको जानकारी गराउनु भयो ।
गत आर्थिक वर्षमा ट्राफिक नियम विपरित काम गर्ने २९ हजार ६५ जनालाई कारबाही गर्दा २ करोड ३४ लाख ५१ ह्जार ५०१, आ.ब. २०७९–८० मा ३८ हजार ४ सय ४९ जनालाई कारबाही गर्दा २ करोड ६० लाख एक हजार तथा आ.ब. २०७८–०७९ मा २४ हजार ७ सय ८८ जनालाई कारबाही गर्दा एक करोड ९७ लाख ५६ हजार राजश्व संकलन भएको जानकारी दिनुभयो । यो तथ्यांकको आधारमा धनुषा जिल्लामा वर्षेणी ट्राफिक नियम विपरित काम गर्नेहरुबाट राजश्व संकलनको क्रम बढी रहेको देखिन्छ । पत्रकार सम्मेलनमै दिइएको जानकारी अनुसार सवारी दुर्घटनामा कमि आएको तथ्यांक सार्वजनिक गरिएको छ ।
आर्थिक वर्ष २०८०– ८१ मा ७४ जनाको सडक दुर्घटनामा मुत्यु भएको छ भने आर्थिक वर्ष २०७९–०८० मा ८४ जना तथा आर्थिक वर्ष २०७८–७९ मा एक सय ५ जनाको मृत्यु भएको थियो । ट्राफिक निरिक्षक वलीका अनुसार धनुषामा हुने सडक दुर्घटनाहरु मध्ये ७० प्रतिसत मोटरसाइकलबाट दुर्घटना हुने गरेका छन् । गत आर्थिक वर्षमा धनुषा जिल्लाको स्थानीय तह अनुसार सवारी दुर्घटनामा मृत्युहुनेहरुको तथ्यांकका आधारमा सबै भन्दा बढी १९ जनाको मृत्यु मिथिला नगरपालिका क्षेत्रमा भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका र धनुषाधाम नगरपालिकामा ११–११ जना, लक्ष्मिनियाँ गापामा ६ जना, सबैला र विदेह नपामा ५–५ जना ,क्षिरेश्वरनाथ नपामा ४ जना, बटेश्वरमा २ जनाको सडक दुर्घटनामा मृत्यु भएको जनाइएको छ । ट्राफिक निरिक्षक वलीले जिल्लामा ३७ जनाको दरबन्दी भएपनि राजधानी भएकाले कामको चापका आधारमा अन्य जिल्लाबाट समेत ट्राफिक प्रहरी ल्याई ७२ जनाबाट ट्राफिक व्यवस्थापनको काम भईरहेको जानकारी दिनुभयो ।
पछिल्लो समयमा जनकपुरधाम नगरक्षेत्र भित्र हुने गरेको छाडा चौपाया नियन्त्रण,ईरिक्सा व्यवस्थापन तथा फुटपाथ व्यवस्थापनको काम फितलो देखिएकाले जनकपुरधाम उपमहानगरपालिका तथा ट्राफिक प्रहरीको आलोचना समेत भईरहेको छ । यस्ता गतिविधिलाई नियन्त्रण गर्न आम जनसमुदायको समेत सहयोगको आवश्यक्ता रहेको धनुषाका ट्राफिक प्रहरी निरिक्षक वलीले जानकारी दिनुभयो ।

बालिका केन्द्रित सामुदायिक विकास परियोजनाको बैठक सम्प..
जनकपुरधाम जेठ २२ गते ।प्लानइन्टरनेशन नेपालले धनुषा जिल्लाका पाँच वटा पालिकामा संचालन गरेको बालिका केन्द्रि..
2 दिन पहिले
बालिका केन्द्रित सामुदायिक विकास परियोजनाको बैठक सम्प..
जनकपुरधाम जेठ २२ गते ।प्लानइन्टरनेशन नेपालले धनुषा जिल्लाका पाँच वटा पालिकामा संचालन गरेको बालिका केन्द्रि..
2 दिन पहिले
प्लानको परियोजना सल्लाहकार समितिको अनुगमन सम्पन्न
जनकपुरधामजेठ २१ गते । विदेह नगरपालिकाका विभिन्न वडामा संचालित परियोजनाहरुको बुधबार परियोजना सल्लाहकार समितिक..
3 दिन पहिले
जनकपुरधामका शिक्षा र स्वास्थ्य क्षेत्रमा चिनले पहुँच ..
जनकपुरधाम ,जेठ २० ः विगत केहि वर्ष यता मधेश प्रदेशका विभिन्न क्षेत्रमा आफ्ना पहुँच बढाएका चीनले जनकपुरधामलाई ..
4 दिन पहिले
नेपालमा भित्रियो कोरोना भाइरस,७ जनामा संक्रमण
जेठ १३ गते काठमाडौं—पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भे..
11 दिन पहिले
जनकपुर ग्राण्डी होस्पीटलमा सार्वजनिक सुनुवाई कार्यक्र..
जनकपुरधाम जेठ १३ गते जनकपुर ग्राण्डी होस्पीटलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम मंगल..
12 दिन पहिले
बालिका केन्द्रित सामुदायिक विकास परियोजनाको बैठक सम्प..
जनकपुरधाम जेठ २२ गते ।प्लानइन्टरनेशन नेपालले धनुषा जिल्लाका पाँच वटा पालिकामा संचालन गरेको बालिका केन्द्रि..
2 दिन पहिले
प्लानको परियोजना सल्लाहकार समितिको अनुगमन सम्पन्न
जनकपुरधामजेठ २१ गते । विदेह नगरपालिकाका विभिन्न वडामा संचालित परियोजनाहरुको बुधबार परियोजना सल्लाहकार समितिक..
3 दिन पहिले
बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग
जनकपुरधाम जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा क..
16 दिन पहिले
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..
19 दिन पहिले
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..
20 दिन पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
21 दिन पहिले