ट्राफिक प्रहरी राजश्व संकलनमा केन्द्रित धनुषामा दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा तुलनात्मक कमि

2 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा
जनकपुरधाम
असोज ६ गते ।
आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा भएको पत्रकार सम्मेलनमा ट्राफिक निरिक्षक हरि बहादुर वलीले गत जेठ देखि भदौँ सम्म ४ महिनामा १० हजार ८ सय २९ जनाबाट ९१ लाख ९२ हजार ५ सय जरिवाना राजश्व संकलन भएको जानकारी गराउनु भयो ।

गत आर्थिक वर्षमा ट्राफिक नियम विपरित काम गर्ने २९ हजार ६५ जनालाई कारबाही गर्दा २ करोड ३४ लाख ५१ ह्जार ५०१, आ.ब. २०७९–८० मा ३८ हजार ४ सय ४९ जनालाई कारबाही गर्दा २ करोड ६० लाख एक हजार तथा आ.ब. २०७८–०७९ मा २४ हजार ७ सय ८८ जनालाई कारबाही गर्दा एक करोड ९७ लाख ५६ हजार राजश्व संकलन भएको जानकारी दिनुभयो । यो तथ्यांकको आधारमा धनुषा जिल्लामा वर्षेणी ट्राफिक नियम विपरित काम गर्नेहरुबाट राजश्व संकलनको क्रम बढी रहेको देखिन्छ । पत्रकार सम्मेलनमै दिइएको जानकारी अनुसार सवारी दुर्घटनामा कमि आएको तथ्यांक सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०८०– ८१ मा ७४ जनाको सडक दुर्घटनामा मुत्यु भएको छ भने आर्थिक वर्ष २०७९–०८० मा ८४ जना तथा आर्थिक वर्ष २०७८–७९ मा एक सय ५ जनाको मृत्यु भएको थियो । ट्राफिक निरिक्षक वलीका अनुसार धनुषामा हुने सडक दुर्घटनाहरु मध्ये ७० प्रतिसत मोटरसाइकलबाट दुर्घटना हुने गरेका छन् । गत आर्थिक वर्षमा धनुषा जिल्लाको स्थानीय तह अनुसार सवारी दुर्घटनामा मृत्युहुनेहरुको तथ्यांकका आधारमा सबै भन्दा बढी १९ जनाको मृत्यु मिथिला नगरपालिका क्षेत्रमा भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका र धनुषाधाम नगरपालिकामा ११–११ जना, लक्ष्मिनियाँ गापामा ६ जना, सबैला र विदेह नपामा ५–५ जना ,क्षिरेश्वरनाथ नपामा ४ जना, बटेश्वरमा २ जनाको सडक दुर्घटनामा मृत्यु भएको जनाइएको छ । ट्राफिक निरिक्षक वलीले जिल्लामा ३७ जनाको दरबन्दी भएपनि राजधानी भएकाले कामको चापका आधारमा अन्य जिल्लाबाट समेत ट्राफिक प्रहरी ल्याई ७२ जनाबाट ट्राफिक व्यवस्थापनको काम भईरहेको जानकारी दिनुभयो ।

पछिल्लो समयमा जनकपुरधाम नगरक्षेत्र भित्र हुने गरेको छाडा चौपाया नियन्त्रण,ईरिक्सा व्यवस्थापन तथा फुटपाथ व्यवस्थापनको काम फितलो देखिएकाले जनकपुरधाम उपमहानगरपालिका तथा ट्राफिक प्रहरीको आलोचना समेत भईरहेको छ । यस्ता गतिविधिलाई नियन्त्रण गर्न आम जनसमुदायको समेत सहयोगको आवश्यक्ता रहेको धनुषाका ट्राफिक प्रहरी निरिक्षक वलीले जानकारी दिनुभयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

6 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

12 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

13 दिन पहिले