ओरेकद्वारा शक्ति परियोजनाको बारेमा परामर्श बैठक सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असोज ११ गते ।
धनुषा जिल्लाको दुई पालिका लगायत मधेशका तिन जिल्लामा संचालनमा रहेको शक्ति परियोजनाका बारेमा शुक्रबार जनकपुरधाममा सरोकारबला निकायहरु संग ओरेकले परामर्श बैठक सम्पन्न गरेको छ । महिला पुनस्र्थापना केन्द्र ओरेकको आयोजना तथा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मंडलको अध्यक्षतामा भएको सो परामर्श बैठकमा शक्ति परियोजना अन्तरगत आगमी चार वर्षमा हुने कामहरुका बारेमा सहभागीहरुलाई जानकारी गराईको थियो । ओरेक धनुषाका संयोजक विणा सिँहले संचालन गर्नुभएको सो कार्यक्रममा परियोजनाका बारेमा विस्तृत विवरण ओरेकका अध्यक्ष सविता पोखरेलले प्रस्तुतीकरण मार्फत जानकारी गराउनु भएको थियो ।

यो परियोजना धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नंं १४ र लक्षमिनियाँ गाउँपालिका वडा नं. १ र ४ मा संचालित छन् । उहाँले शक्ति परियोजना मार्फत महिला किशोरीहरुको रुपान्तरिक नेतृत्व विकास भई लैँगिक हिँसा विरुद्ध आवाज उठाउने क्षमताको विकास हुने बताउनु भयो । नेपाल सरकारले अहिले पनि महिलाहरुलाई कृषि मजदुर मात्र सम्झेको भन्दै खेतमा बढी काम गर्ने महिलालाई कृषकको दर्जा दिनुपर्ने बताउनु भयो । रुपान्तरिक महिला नेतृत्वको अवधारणा सहित संचालनमा रहेको उक्त परियोजना अन्तरगत धनुषा जिल्लामा १ करोड १८ लाख २४ हजार ५ सय ८० रुपैँया खर्च हुने अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

चार वर्षका लागि रहेको उक्त बजेट मध्ये पहलिा वर्षमा ३१ लख ६३ हजार ६ सय ३९, दोस्रो वर्षमा २७ लाख ५१ हजार ७ सय १५, तेस्रो वर्षमा २९ लाख ८९ हजार ४ सय ३७ तथा चौथो वर्षमा २९ लाख १९ हजार ७ सय ८७ रुपैयाँ खर्च हुने प्रस्तुतिकरणमा जनाइएको छ । यो परियोजनाले रुपान्तरिक नेतृत्व र पैरवी सम्बन्धि सिप विकास,निर्णय प्रक्रिया र स्थानीय सरकारको विभिन्न संरचना र यो जना निर्माण प्रक्रिया र सक्रिय सहभागिताको विकास, महिला कृषकद्वारा सघन जैविक खेति प्रणाली अवलम्बन गरि खाद्य सुरक्षा र महिलाको जीविकोपार्जनका क्षेत्रमा काम गरिेन लगायतका यो परियोजनाको उपलब्धि रहने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । परियोजना संचालन अवधीमा स्थानीय पालिका, वडा कार्यालय,प्रहरी, समुदायमा रहेका संघ संस्था, महिला,यु्वा तथा किशोरी समुह, जिल्ला विपद व्यवस्थापन समिति,नागरिक समाज, लैँगिक हिँसा सेवा प्रदायक निकायहरु संग समन्वय र सहकार्य गरिने उहाँले जानकारी दिनुभयो ।

परियोजनाको मुख्य गतिविधिमा जिल्ला स्तरीय सरोकारबलाहरु संग अन्तरक्रिया, लैँगिक नीति निर्माणका लागि सहजीकरण तथा पैरवी,रुपान्तरित नेतृत्व सम्बन्धि युवा तथा महिलालाई तालिम , युवाहरुलाई महिलाबादी क्षमता अभिबृद्धि तालिम, श्रमिकको अधिकारका सम्बन्धम पैरवी, महिला किसान समुहलाई सघन जैविक खेतीमा सहयोग लगायतका रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । सो परामर्श बैठकमा बोल्दै प्रमुख अतिथी मधेश प्रदेशका पुर्व गृह तथा संचार राज्मन्त्री शारदा थापाले नेपालमा रहेको बाँझो जग्गामा खेती गरे महिलाहरुको स्तर उन्नती हुने बताउनु भएको थियो ।

गैर सरकारी संस्थाहरुको कारणले नै नेपालमा महिलाहरुको क्रमिक विकास भएको जानकारी दिदै उनिहरुले श्रमको मुल्य पाउन थालेको बताउनु भयो । आफु जितेको बर्दिबास नगरपालिका वडा नं. ९ पशुपतिनगर तथा वडा नं. १३ विजलपुरामा समेत यो शक्ति परियोजना संचालन भएकाले आफु पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।बैठकमा बोल्दै खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका सचिव देवकुमारी खत्रीले महिलाको श्रम, शरीर र पहिचानका क्षेत्रमा ओरेक नेपालको महत्वपुर्ण योगदान रहेको भन्दै शक्ति परियोजनाले महिलाको रुपान्तरित नेतृत्व विकासमा सहयोग पुग्ने बताउनु भयो ।

उहाँले लैँगिक हिँसा प्रभावित महिलाहरुका लागि लालबन्दीमा १९ करोड ८६ लाखको लागतमा एक सय जनालाई राख्न सकिने आश्रयस्थलको निर्माण भईरहेको समेत जानकारी गराउनु भयो । मन्त्रालयले सशक्त महिला समृद्ध नेपाल परियोजना जनकपुरधाका सबै वडामा संचालन गरिने समेत जानकारी दिनुभयो । बैठकमा बोल्दै परियोजना संचालनमा रहेका पालिका लक्षमिनियाँ गाउँपालिकाका प्रमुख भोगेन्द्र मिश्रले परियोजना संचालनमा चाहिने आर्थिक सहयोग पालिकाले समेत गर्ने प्रतिबद्धता जनाउदै अन्य वडामा समेत शक्ति परियोजना संचालन गर्न आग्रह गर्नुभयो ।

सो गोष्ठीमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेश कार्यालयका अधिकृत, कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख, लक्षमिनियाँ गाउँपालिकाका उपप्रमुख तथा वडा नं. १ का वडाध्यक्ष लगायतका सहभागीहरुले मन्तव्य राख्नु भएको थियो । सो परामर्श बैठकमा धनुषा जिल्लाका सरकारी, गैर सरकारी निकाय, स्थानीय तहका प्रतिनिधि, मानव अधिकारकर्मी, पत्रकार, लगायतको सक्रिय सहभागिता रहेको थियो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

3 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

3 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

3 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

3 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

3 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

3 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आà..

2 महीना पहिले

ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार

  जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिंà..

2 महीना पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले

बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..

  जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दिà..

5 महीना पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुवà¤..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

9 महीना पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक à..

1 वर्ष पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..