कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

1 वर्ष पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
भदौँ ५ गते ।

जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार्यक्रमका बीच जनकपुरधाम उप–महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपन्छी क्षेत्रको सुदृढीकरणतर्फ अगाडि बढीरहेको जनकपुरधाम उप महानगरपालिकामा ग्रामिण उद्योग तथा आर्थिक विकास कोरिडोर, बर्दिबासको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको पालिकाले जनाएको छ । नब निर्मित सुविधा सम्पन्न तथा पूर्णरूपमा सुसज्जित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन करिब २ करोड २५ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको निर्माणको जिम्मा पाएको निर्माण कम्पनी विजय सिर्जना भगत ग्रुप जे भीले बताएका छन ।

उक्त भवनमा अपाङ्गमैत्री संरचना, कृषि तथा पशुपन्छी सेवामा आवश्यक प्रयोगशाला (ल्याब), तालिम हल, तथा आधुनिक सेवा प्रवाहका लागि आवश्यक संरचनाहरू समेटिएका छन् । हस्तान्तरण कार्यक्रममा उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले उदघाटन एबम भवनलाई नगरको स्वामित्वमा समेत ग्रहण गरेका छन । नगरप्रमुख साहले उक्त कार्यक्रममा बोल्दै उक्त भवनलाई बहुउपयोगी रुपमा प्रयोग गर्ने भन्दै यसको प्रयोगले सबैलाई फाईदा पुग्ने बताएका छन । प्रमुख साहले नगरको ग्रामिण क्षेत्रको आर्थिक समृद्धि र कृषकको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनबाट नगरपालिकाबाट प्रवाह हुने कृषि र पशुजन्य सेवा थप प्रभावकारी हुने बताए ।

किसानसम्म सहज र प्रभावकारी ढङ्गले सेवा सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उनले भवन निर्माणमा सहयोग गर्ने संस्था तथा पदाधिकारीलाई धन्यवाद दिए । उनले नयाँ भवनमा सुविधा सम्पन्न प्रयोगशालाको स्थापना समेत गरिएकाले कृषि र पशुपन्छीको उपचार खोज्न बाहिर जान नपर्ने बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामवृक्ष यादवले अत्याधुनिक सुविधासहित तयार गरिएको भवनबाट सञ्चालन गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रले कृषि तथा पशुपालनको क्षेत्रमा ठूलो मद्दत पुग्ने बताए । यस क्षेत्रका अधिकांश जनता कृषि पेशामा आवद्ध रहेको बताउँदै आधुनिक प्रविधिका प्रयोगशालाको सहयोगले कृषि तथा पशुपालनमा वृद्धि हुने बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साहले कृषिका लागी प्रचुर सम्भावना बोकेको जनकपुरधाम उपमहानगरपालिकामा उक्त भवनले महत्वपूर्ण सहयोग गर्ने भन्दै निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उनले भने, “यस केन्द्रको स्थापनासँगै अबदेखि स्थानीय किसानहरूले कृषि तथा पशुपन्छी सम्बन्धी सम्पूर्ण सेवा आफ्नै उपमहानगरपालिकाबाट पाउनेछन् ।

यो केन्द्रले किसानहरूको जीवनस्तर उकास्न र उनीहरूको आयमा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।”
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर बर्दिवासका प्रमुख राजेश साहले कृषि तथा पशुपन्छी सम्बन्धी तालिम सञ्चालनका लागि हल, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी प्रयोगशाला र अन्य आवश्यक सम्पूर्ण सुविधासहित भवन निर्माण गरिएको बताएका छन । कार्यक्रममा उपस्थित स्थानीय किसानहरू, भद्रभलादमी तथा अन्य सहभागीहरूले भवन निर्माणले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

उनीहरूले नगरपालिकालाई यसको लागि धन्यवाद दिए र आगामी दिनहरूमा अझ राम्रो सुविधा र सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन ।समारोहमा नगरका वडाध्यक्षहरू, कर्मचारी, स्वयंसेवक, शिक्षक–शिक्षिकाहरू, नेता कार्यकर्ता, प्रशासनका प्रतिनिधिहरू, स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

10 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

10 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

10 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

10 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

10 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

10 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आà..

2 महीना पहिले

ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार

  जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिंà..

2 महीना पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले

बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..

  जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दिà..

5 महीना पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुवà¤..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

9 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

1 वर्ष पहिले