मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

1 वर्ष पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह विक्रीमा समस्या भईरहेको छ । विश्व खाद्य स्वच्छता दिवसका अवसरमा जनकपुरधाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मधेश प्रदेशको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भंडारीले स्थानीय सरकारलाई खाद्य स्वच्छता संग मतलब नै नरहेको आरोप लागउनु भयो । जनकपुरधाम नगरक्षेत्र भित्र खाद्य स्वच्छतालाई कायम राख्न उपमहानगरपालिकाले खासै ध्यान नदिएको आरोप लगादै उहाँले नियमित रुपमा अनुगमन गर्न सक्रिय हुनुपर्ने बताउनु भयो ।

उहाँले जनकपुरधाम बजारमा अहिले भारतबाट अबैध रुपमा आयात भएका अखाद्य सफ्ट ड्रिङकहरु विक्री भईरहेकाले यस तर्फ समेत सजग हुन उपभोक्ताहरुलाई आग्रह गर्नुभयो । सिमा क्षेत्रमा भारतम ाबनेका तर नेपाली लोगो र अन्तः शुल्क कार्यालयको लेवल समेत टाँसेको चुरोटका बट्टाहरु विक्री भईरहेकाले स्थानीय प्रशासनलाई समेत त्यस तर्फ ध्यानाकर्षण गराउनु भयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा खाद्य बैज्ञानिक हस्त बहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रा.लि निजगढका अध्यक्ष सरोज कोइरालाले गत वर्ष मधेश प्रदेशमा ९३ टन मह उत्पादन भएको जानकारी दिनुभयो । यहाँ उत्पादन भएको शुद्ध मह आम उपभोक्ताले खरिद नगरी भारतबाट अबैध तरिकाले ल्याइएका गुणस्तरहिन मह बजारमा विक्री भइरहेको प्रति आम उपभोक्तालाई सजग रहन समेत आग्रह गर्नुभयो । सो कार्यक्रममा बोल्दै मौरी पालक महासंघ मधेश प्रदेशका अध्यक्ष रतन दास खतिवडाले ‘गरौ दैनिक एक चम्चा मह सेवन, रहौँ सव्स्थ्य र दिर्घ जीवन’ भन्दै सबै जनालाई नियमित रुपमा मह सेवन गर्न आग्रह गर्नुभयो ।

प्रदेश भरी मौरी पालक किसानको संख्या २ सय ९३ जना भएपनि ९० जना व्यवसायी तथा १० जनाले मौरी पालनको लाइसेन्स लिएको समेत जानकारी दिनुभयो । कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रदिप संगौलाले संचालन गर्नुभएको सो कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत रमेश दहाल, रोशन कुमार साह, खाद्य निरिक्षण अधिकारी प्रविण कुमार तिवारी,जनकपुर दुग्ध उत्पादन संस्थान ढल्केवर(डि.डि.सि.)का प्रतिनिधि नन्दकिशोर चौधरी , उपभोक्ता हित संरक्षण मञ्चकाका केन्द्रिय सदस्य सुभद्रा आले लगायतकाले मन्तव्य राख्दै आम उपभोक्ताको स्वास्थ्यको ध्यानमा राखी खाद्य बस्तुहरुको उत्पादन र विक्री गर्नुपर्नेमा जोड दिए । विश्व खाद्य सवच्छता दिवस प्रत्येक वर्ष ७ जुनका दिन बनाउने गरिन्छ ।

12 comments
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

8 घन्टा पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

8 घन्टा पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

1 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

2 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

2 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

22 दिन पहिले

ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार

  जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिं..

1 महीना पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..

  जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दि..

4 महीना पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुव..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

8 महीना पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक ..

1 वर्ष पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..

जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..

काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..