दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर १७ ।
लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ यस कार्यक्रमले बालबालिका, शिक्षक, र समुदायका सदस्यहरूमा लैङ्गिक हिंसाबारे सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
कार्यक्रमको विषयवस्तु ‘असल छुवाई र खराब छुवाई’ को अवधारणामा आधारित कक्षा ६, ७ र ८ का बालवालिका, शिक्षक र शिक्षिकाहरुको सक्रिय सहभागिता रहेको थियो । यसले बालबालिकाहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र लैङ्गिक हिंसाबारे सचेत रहन प्रेरित गरेको थियो । कार्यक्रमको पहिलो चरणमा दलान नेपालका प्रतिनिधिले ‘असल छुवाई र खराब छुवाई’ को अवधारणाबारे गहन प्रस्तुतीकरण गरेका थिए । बालबालिकाहरूलाई कसरी सकारात्मक र नकारात्मक स्पर्शलाई पहिचान गर्ने र त्यसको प्रभावबारे जानकारी समेत दिइएको थियो । कार्यक्रमको अर्को चरणमा भिडियो प्रस्तुतीकरण गरियो । यसले बालबालिकाहरूलाई दृष्टान्तका माध्यमबाट सन्देश प्रभावकारी रूपमा बुझ्न सहायता गरेको थियो । बालबालिकाहरूलाई आफ्ना जिज्ञासाहरू राख्ने अवसर प्रदान गर्नुका साथै प्रशिक्षकहरूले प्रश्नहरूको उत्तर दिँदै बालबालिकाहरूलाई सुरक्षित रहनका उपायहरूबारे जानकारी दिएका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई विभिन्न सचेतनामूलक सामग्री वितरण गरियो । यसले विद्यार्थीहरूलाई जानकारीमूलक स्रोतहरू प्रदान गरेका थिए ।
यो अभियान दलान नेपालको दीर्घकालीन परियोजनाको एक भाग हो, जसले एकल महिला, महिला, र विधवाहरूलाई सशक्त बनाउँदै स्थानीय शासन र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । परियोजनाले समुदायमा समावेशी शासन र महिला अधिकारका मुद्दाहरूलाई प्राथमिकता दिएको छ । कार्यक्रमले बालबालिकाहरूमा मात्र नभई शिक्षकहरू र समुदायका अन्य सदस्यहरूमा पनि सकारात्मक प्रभाव पार्ने छ दलान नेपालका परियोजना सँयोजक दिलिप कुमार ईश्वरले बताउनु भयो ।
कार्यक्रमबाट विद्यार्थीहरूले लैङ्गिक हिंसाबारे गहिरो समझदारी र सुरक्षित उपायहरूबारे ज्ञान प्राप्त गर्नुका साथै शिक्षकहरूले बालबालिकाहरूलाई लैङ्गिक समानता र सुरक्षा शिक्षा दिन थप सशक्त महसुस गरेका थिए । त्यसैगरी बालबालिकाहरूले कार्यक्रमको सन्देश समुदायमा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरको बिश्वास रहेको बताउनु हुन्छ । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले यो कार्यक्रमबाट महत्त्वपूर्ण शिक्षा प्राप्त गरेको बताए, एक छात्राले भनिन, मलाई ‘असल छुवाई र खराब छुवाई’े बीचको भिन्नता थाहा थिएन । यो कार्यक्रमले मलाई आफ्नो सुरक्षा र अधिकारबारे सोच्न प्रेरित गरेको छ । त्यस्तै, ूबालबालिकाहरूलाई यस्ता विषयबारे शिक्षित गर्न जरुरी छ । यो कार्यक्रमले शिक्षक र विद्यार्थी दुवैलाई लाभ पु¥याएको छ, एक शिक्षकले भने,
दलान नेपालले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रले केवल बालबालिकाको सुरक्षा र लैङ्गिक समानताका लागि मात्र नभई समुदायमा जिम्मेवार नागरिक तयार पार्न पनि सहयोग गर्नेछ बताउनु भयो । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानले लक्ष्मीनिया गाउँपालिकामा बालबालिकाहरू, शिक्षकहरू, र समुदायमा जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । यसले बालबालिकाहरूको सुरक्षाका लागि ठोस आधार निर्माण गरेको छ दलान नेपालका कार्यकारी निर्देशक ठाकुरले बताए । यो कार्यक्रमले दलान नेपालको उद्देश्य—महिला सशक्तीकरण, समावेशी शासनको प्रवद्र्धन, र समुदायमा सकारात्मक परिवर्तन—लाई थप सुदृढ बनाउन सहयोग पुरयाएको छ । यस अभियानले समुदायमा दीर्घकालीन प्रभाव पार्ने विश्वास समेत गरिएको छ ।
दलान नेपालले यूएसएआईडी, सिभिल सोसाइटी मिडिया, र द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालन गरिरहेको एकल महिलाको सामाजिक अधिकारका लागि समावेशी शासन परियोजनामा यो अभियानले थप उर्जा प्रदान गर्न सक्ने बिश्वासका साथ परियोजना लक्ष्मीनिया गाउँपालिकाका सातै वडामा लागू गरिएको छ, जसको मुख्य उद्देश्य एकल महिला, महिला, र विधवाहरूलाई स्थानीय शासन र निर्णय प्रक्रियामा सहभागी गराई उनीहरूको आवाजलाई सशक्त बनाउनु रहेको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
6 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
13 दिन पहिले