दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर १७ ।
लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ यस कार्यक्रमले बालबालिका, शिक्षक, र समुदायका सदस्यहरूमा लैङ्गिक हिंसाबारे सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पु¥याएको छ ।
कार्यक्रमको विषयवस्तु ‘असल छुवाई र खराब छुवाई’ को अवधारणामा आधारित कक्षा ६, ७ र ८ का बालवालिका, शिक्षक र शिक्षिकाहरुको सक्रिय सहभागिता रहेको थियो । यसले बालबालिकाहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र लैङ्गिक हिंसाबारे सचेत रहन प्रेरित गरेको थियो । कार्यक्रमको पहिलो चरणमा दलान नेपालका प्रतिनिधिले ‘असल छुवाई र खराब छुवाई’ को अवधारणाबारे गहन प्रस्तुतीकरण गरेका थिए । बालबालिकाहरूलाई कसरी सकारात्मक र नकारात्मक स्पर्शलाई पहिचान गर्ने र त्यसको प्रभावबारे जानकारी समेत दिइएको थियो । कार्यक्रमको अर्को चरणमा भिडियो प्रस्तुतीकरण गरियो । यसले बालबालिकाहरूलाई दृष्टान्तका माध्यमबाट सन्देश प्रभावकारी रूपमा बुझ्न सहायता गरेको थियो । बालबालिकाहरूलाई आफ्ना जिज्ञासाहरू राख्ने अवसर प्रदान गर्नुका साथै प्रशिक्षकहरूले प्रश्नहरूको उत्तर दिँदै बालबालिकाहरूलाई सुरक्षित रहनका उपायहरूबारे जानकारी दिएका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई विभिन्न सचेतनामूलक सामग्री वितरण गरियो । यसले विद्यार्थीहरूलाई जानकारीमूलक स्रोतहरू प्रदान गरेका थिए ।
यो अभियान दलान नेपालको दीर्घकालीन परियोजनाको एक भाग हो, जसले एकल महिला, महिला, र विधवाहरूलाई सशक्त बनाउँदै स्थानीय शासन र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । परियोजनाले समुदायमा समावेशी शासन र महिला अधिकारका मुद्दाहरूलाई प्राथमिकता दिएको छ । कार्यक्रमले बालबालिकाहरूमा मात्र नभई शिक्षकहरू र समुदायका अन्य सदस्यहरूमा पनि सकारात्मक प्रभाव पार्ने छ दलान नेपालका परियोजना सँयोजक दिलिप कुमार ईश्वरले बताउनु भयो ।
कार्यक्रमबाट विद्यार्थीहरूले लैङ्गिक हिंसाबारे गहिरो समझदारी र सुरक्षित उपायहरूबारे ज्ञान प्राप्त गर्नुका साथै शिक्षकहरूले बालबालिकाहरूलाई लैङ्गिक समानता र सुरक्षा शिक्षा दिन थप सशक्त महसुस गरेका थिए । त्यसैगरी बालबालिकाहरूले कार्यक्रमको सन्देश समुदायमा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरको बिश्वास रहेको बताउनु हुन्छ । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले यो कार्यक्रमबाट महत्त्वपूर्ण शिक्षा प्राप्त गरेको बताए, एक छात्राले भनिन, मलाई ‘असल छुवाई र खराब छुवाई’े बीचको भिन्नता थाहा थिएन । यो कार्यक्रमले मलाई आफ्नो सुरक्षा र अधिकारबारे सोच्न प्रेरित गरेको छ । त्यस्तै, ूबालबालिकाहरूलाई यस्ता विषयबारे शिक्षित गर्न जरुरी छ । यो कार्यक्रमले शिक्षक र विद्यार्थी दुवैलाई लाभ पु¥याएको छ, एक शिक्षकले भने,
दलान नेपालले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रले केवल बालबालिकाको सुरक्षा र लैङ्गिक समानताका लागि मात्र नभई समुदायमा जिम्मेवार नागरिक तयार पार्न पनि सहयोग गर्नेछ बताउनु भयो । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानले लक्ष्मीनिया गाउँपालिकामा बालबालिकाहरू, शिक्षकहरू, र समुदायमा जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । यसले बालबालिकाहरूको सुरक्षाका लागि ठोस आधार निर्माण गरेको छ दलान नेपालका कार्यकारी निर्देशक ठाकुरले बताए । यो कार्यक्रमले दलान नेपालको उद्देश्य—महिला सशक्तीकरण, समावेशी शासनको प्रवद्र्धन, र समुदायमा सकारात्मक परिवर्तन—लाई थप सुदृढ बनाउन सहयोग पुरयाएको छ । यस अभियानले समुदायमा दीर्घकालीन प्रभाव पार्ने विश्वास समेत गरिएको छ ।
दलान नेपालले यूएसएआईडी, सिभिल सोसाइटी मिडिया, र द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालन गरिरहेको एकल महिलाको सामाजिक अधिकारका लागि समावेशी शासन परियोजनामा यो अभियानले थप उर्जा प्रदान गर्न सक्ने बिश्वासका साथ परियोजना लक्ष्मीनिया गाउँपालिकाका सातै वडामा लागू गरिएको छ, जसको मुख्य उद्देश्य एकल महिला, महिला, र विधवाहरूलाई स्थानीय शासन र निर्णय प्रक्रियामा सहभागी गराई उनीहरूको आवाजलाई सशक्त बनाउनु रहेको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
7 दिन पहिले
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
7 दिन पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
7 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
11 दिन पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
13 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
13 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
11 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
13 दिन पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
14 दिन पहिले
ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..
जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..
22 दिन पहिले
प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..
जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..
29 दिन पहिले
अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा हाजिरी जवाफ प्रतिय..
जनकपुरधाम मंसिर १७ गते । ३४ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा मंगलबार जनकपुरधाममा हाजिरी जवाफ प्रतियोगिता..
1 महीना पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..