लक्ष्मीपूजाको दिन विद्युतकाे उच्चतम माग १३०५ मेगावाट, ३८० मेगावाट निर्यात
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतकाे पिक डिमान्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमान्ड १३०५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूबाट ७६७.५ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको छ ।
विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनु भयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षमायाको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको प्राधिकरणले जनाएको छ ।‘बिगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमान्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘तिहारमा उद्योग कलकारखानाहरु र कार्यालयहरू सबै बन्द छन् फेरी तराइमा गर्मी छैन र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भई नसकेकोले अहिले विद्युत् माग नआउने समय हो ।’ उहाँले आन्तरिक रूपमा विद्युत् खपत बढाउनु ठुलो चुनौती रहेको बताउनुभयो ।प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमान्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड ३४२ मेगावाट छ । गत वर्ष ३२०.६४ मेगावाट थियो ।प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।साभार : गोरखापत्र

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
7 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
7 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
7 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
7 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
7 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
7 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
7 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
14 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
15 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
15 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
23 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..