अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,फाल्गुन ३ गते ।
हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला ,चुरे शिवालिकको नामबाट पनि चिनिन्छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरूमा झण्डै ८०० कि.मि.क्षेत्रमा फैलिएको चुरेको कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्र नेपालमा पर्दछ । अधिकांश ठाउँमा मधेशको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे शिवालिक पहाड रहेको छ । सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारत रेन्जबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई मधेश तर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको छ ।
आर्थिक वर्ष २०६७ /६८ मा राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रम कार्यन्वयनको सुरूवात गरिएको थियो । एक समयमा कृषिमा आत्म निर्भर रहेको देश नेपाल र अन्नको भण्डार मधेशमा रहेको चुरे जंगल लाई संरक्षण गर्न उदेश्यले संघीय लोकतान्त्रिक गणतन्त्र का संस्थापक प्रथम राष्ट्रपति डा राम वरण यादवको परिकल्पनामा वि.सं. २०७१ असार २ गते राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति गठन गरी नेपाल सरकारको मिति २०७४ जेष्ठ ४ गतेको निर्णयानुसारको गुरूयोजना स्वीकृत भई सोहि अनुरूप चुरे संरक्षण विकास कार्यक्रम कार्यान्वयन गरि अघि बढाउनु पर्ने आजको आवश्यकता रहेको छ।
१) चुरे भावर क्षेत्र खानेपानीका लागि एक मात्र श्रोत हो।
२)चुरे विनाशले मधेशको उपजाउं भूमि बंजर भैई पानीको हाहाकार हुने।
३)चुरे विनाशले मधेशमा डुबान ,बाढी ,कटान र जनधनको ठुलो क्षती हुने ।
४) चुरे विनाशले मधेशमा कृषि उत्पादनमा ह्रास हुने ।
५) राज्यद्वारा चुरे विनाशका लागि नीतिगत रुपमा गर्दै आएको सुकुम्बासीको नाममा लालपुर्जा वितरण ,मानव वस्ती विस्तार ,विधालय,कालेज, र अस्पताल सहित भौतिक पुर्वाधार विकास निर्माणमा सहयोग गर्ने कार्य तत्काल नरोकिएमा चुरे विनाश भैई भयावह अवस्था आउने निश्चित छ।
भुसंरक्षण,जल संरक्षण,वन संरक्षण र जैविक विविधताको संरक्षण नै मानव सभ्यताको संरक्षण हो भने याथार्तलाई राज्यले आत्मसात गरि चुरे संरक्षण ऐन बनाएर अघि बढ्नु पर्ने वन विज्ञहरुको सुझाव छ।
संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रुपमा सहकार्य गरि नेपालको जीवन रेखा रहेको चुरे जंगल र शिवालिक पर्वतलाई वैज्ञानिक प्रविधिबाट संरक्षण नभए सम्म नेपालको अन्न भण्डार रहेको मधेशको उपजाऊ भुमि बन्जर भैई नेपाल रुवाणडा र सुडान जस्तै गरिब देशहरुको LDC सूचीमा सुचिकृत हुने निश्चित छ।

 माननीय रामअषिश यादव ज्यूको फेसवुक वालबाट साभार

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

13 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

24 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले