नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन
10 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
फागुन २४ गते ।नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु-सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ।
कार्यक्रम संयोजक दिपक यादवका अनुसार धनुषा जिल्लाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको धनुषाधाम, जहाँ भगवान रामचन्द्रद्वारा सीता स्वयंवरका बेला तोडिएको शिवजीको धनुषको एक टुक्रा अहिले पनि जिवन्त रहेको मान्यता छ, त्यही स्थानमा परिक्रमाको नवौं दिन साधु-सन्तहरूको बास हुने भएकाले हेल्पडेस्क सञ्चालन गरिएको हो।
मिथिला मध्यमा परिक्रमा ठेरा कचुरी (धनुषा) बाट सुरु भई भारतको कल्याणेश्वर गिरिजास्थान हुँदै महोत्तरी जिल्लाका पाँच स्थानमा बास बस्दै आज पुनः धनुषा प्रवेश गरेको छ। आइतबार सतोषर, सोमबार औरही तथा हौसाहामा बास बसेपछि पुनः कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न हुने परम्परा रहेको क्लोथ बैंकका सचिव मनिष श्रीओमले बताएका छन।
परम्परागत रूपमा हरेक वर्ष आयोजना गरिने मिथिला मध्यमा परिक्रमाले हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गर्दछ।
नेपाल-भारत खुला सीमाका फाइदाबारे बोल्दै नेपाल-भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले खुला सीमाका कारण श्रद्धालु भक्तजन र साधु-सन्तहरूलाई परिक्रमामा सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान-प्रदान प्रवर्द्धन गर्न मद्दत पुगेको बताए।
कार्यक्रम बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भएको र भोलि (आइतबार) सतोषर, सोमबार औरही,हौरसाहामा पनि सोही सेवा उपलब्ध गराइने क्लोथ बैंक नेपालका बाल अभियानी आदित्य झाले जानकारी दिए।
हेल्पडेस्क सञ्चालनमा कार्यक्रममा सह-संयोजक रुबी झा, क्लोथ बैंकका कार्यक्रम संयोजक शिक्षक रञ्जित झा, सदस्य धनेश्वर ठाकुर, सोनी झा, दीपेन्द्र पासवान लगायतको सक्रिय सहभागिता रहेको थियो। सयौं संख्यामा साधु-सन्त तथा यात्रीहरूले हेल्पडेस्कबाट सेवा लिएको जानकारी प्राप्त भएको छ।
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
1 दिन पहिले
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..
जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..
1 दिन पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
1 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
6 दिन पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
8 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
8 दिन पहिले
ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए
जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..
6 दिन पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
8 दिन पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
9 दिन पहिले
ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..
जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..
17 दिन पहिले
प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..
जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..
24 दिन पहिले
अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा हाजिरी जवाफ प्रतिय..
जनकपुरधाम मंसिर १७ गते । ३४ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा मंगलबार जनकपुरधाममा हाजिरी जवाफ प्रतियोगिता..
1 महीना पहिले