विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृत रकमको आभावमा अगामी दिनमा समस्या हुन सक्ने सम्भावना
7 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
चैत २१ गते ।
मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले बिहिबार एक कार्यक्रमका बिच जनकपुरधाममा १० जना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष पाँच जनालाई दिईने पुरस्कार २०८० र ८१ का लागि उहाँहरुलाई पुरस्कृत गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहको प्रमुख आतिथ्यमा नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०८० बाट २ लाख राशी सहित मैथिली विकास कोष तथा सो पुरस्कार २०८१ का लागि प्रा. भोला झालाई प्रदान गरेको छ ।
नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० का लागि चर्चित मैथिली गायक रामकुमार मंडल(रामा मंडल) तथा सो पुरस्कार २०८१ का लागि दिपा मैथिली आर्ट गैलरीलाई प्रदान गरिएको छ । नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०८० का लागि विनोद कुमार यादव तथा सो पुरस्कार २०८१ का माला कर्णलाई प्रदान गरिएको छ । नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार २०८० का लागि पत्रकार श्याम सुन्दर शशि तथा २०८१ का लागि कवि काशी कान्त झालाई प्रदान गरिएको छ ।
त्यस्तै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०८० का लागि विद्याधर झा तथा २०८१ का लागि पत्रकार श्याम सुन्दर यादवलाई प्रदान गरिएको छ । पुरस्कृति भएकाहरु मध्ये भाषा साहित्य पुरस्कार २ लाख तथा बाँकी पुरस्कार एक लाख राशीको तथा सम्मानपत्र रहेको छ । कोणका अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा भएको सो नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहमा बोल्दै मुख्यमन्त्री सिँहले कला संस्कृतिको धनी रहेको मधेश क्षेत्रमा यसतो पुरस्कारले श्रष्टाहरुको हौसला बढ्ने बताउनु भयो । उहाँले आफु विगत केहि समय देखि विभिन्न क्षेत्रमा अनुगमन गरिरहेको जानकारी गराउदै आगामी बैसाख ३ गते देखि विद्यालयहरुको समेत अनुगमन थाल्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कोषका अध्यक्ष चौधरीले विगतमा कोषको नाउँमा नेपाल सरकारले जम्मा गरेको एक करोड रकमको व्याजबाट प्रत्येक वर्ष पाँ जनालाई ६ लाख पुरस्कार दिएपनि व्याजको रकम वार्षिक ४ प्रतिसत मात्र भईरहेकाले अगामी दिनमा पुरस्कारको राशी जोड्न समस्या हुने समेत जानकारी दिनुभयो । यसका लागि प्रदेश सरकारले समेत केहि रकम सो कोषमा जम्मा गर्नुपर्ने उहाँको आग्रह थियो । सो पुरस्कार वितरण कार्यक्रममा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकार निर्देशक बेद्यनाथ पासवान, कोषका सदस्य सचिव ध्रुव कुमार मंडल, सदस्य सुभद्रा शर्मा गौतम, सुधा कुमारी कर्ण तथा कला संस्कृत संग समबन्ध राखेका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
8 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
8 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
9 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
9 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
13 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
19 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
19 दिन पहिले
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..
2 महीना पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
3 महीना पहिले
आयोगमा बास्तविक द्वन्द्व पीडित हुनुपर्ने शहीद परिवारको..
जनकपुरधाम असार १ गते । नेपाल सरकारले बनाएको सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आय..
5 महीना पहिले
विद्यालय बाहिर रहेका बालबालिकालाई द्रुत सिकाई मार्फत श..
जनकपुरधाम जेठ २५ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा विद्यालय भन्दा बाहिर रहेका बालबालिकाहरुलाई द्रुत सिक..
5 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
5 महीना पहिले