भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
चैत २३ गते ।
महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजनामा ए.ई.आई.एनको आर्थिक सहयोगमा ग्रामीण मुखि युवा अभियान नेपाल (आरओवाईएम नेपाल ) द्धारा संचालित पिछडिएका समुदायको समाजिक तथा आर्थिक रुपान्तरणका लागि सक्षम वातावरण सिर्जना“रुपान्तरण कार्यक्रम” अन्र्तगतपशु स्वास्थ्यशिविर कार्यक्रम सम्पन्न भएको छ । यस शिविरमा १५० भन्दा वढि घरपरिवारका स्थानीय किसानहरूले लाभ उठाएका छन् ।
शिविरमा एक हजार भन्दा वढी पशुहरुलाई उपचार गरिएको थियो ।

उपचारको क्रममा बाख्रा, भैसी, गाई र गोरुहरु ल्याइएको थियो । बाख्राहरूलाई खोप दिनुका साथै तिनीहरूको स्वास्थ्य जाँच तथा निःशुल्क औषधिहरू प्रदान गरिएका थिए । साथै, २७७ भैंसी र गाईलाई खोप र स्वास्थ्य जाँच प्रदान गरिएको थियो । यस कार्यक्रममाप शुहरुलाई जिल्ला भेटनरी अस्पतालका डाक्टर, तथा पालिकावाट पशु शाखाका कर्मचारीहरुवाट उपचार गराईएको थियो ।
शिविरमा रोगलागेका एक भैंसीलाई निःशुल्क उपचार र औषधि दिइएको थियो। यसले पशुपालकहरूको लागि एक महत्वपूर्ण सेवाप्रदान गरेको छ, जसको प्रत्यक्ष प्रभाव उनीहरूको उत्पादन र आर्थिक समृद्धिमा पर्नेछ । कार्यक्रमको आयोजना आरओवाईएम नेपालले प्रमुख भूमिका निभाएको थियो भने एइआईएनको सहयोग र भंगहा नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीको समन्वयले कार्यक्रमलाई सफल बनायो । पशु स्वास्थ्य सम्बन्धी यस प्रकारकाशिविरहरूले स्थानीय समुदायमा जनचेतना ल्याउन र उनीहरूको पशुपालनमा सुधार गर्न मद्दत पुर्याउँने रोयम नेपालका जिल्ला कार्यक्रम स.योजक अरविन्द कुमार चौधरीले जानकार िदिनुभयो । कार्यक्रममा उपस्थित स्थानीय नागरिकहरूले यस प्रकारका सेवा कार्यक्रमहरूको निरन्तरता र विस्तारको आवश्यकता जनाएका छन् । जसले आगामी दिनहरूमा पशुपालकहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्तगरिएको छ । कार्यक्रमका सहभागिहरुलाई स्वागत रोयम नेपालको महोत्तरी जिल्ला अधिकृत रन्जु साहले गर्नु भएको थियो ।
कर्यक्रमको उद्घाटनमा प्रमुख अथिति मधेश प्रदेश संसद तथा पूर्व कानुन राज्य मन्त्री शारदा थापा, विशिष्ठ अथिति नगर उपप्रमुख, वडा नं.३का वडा अध्यक्ष, सुरक्षा निकायका प्रतिनिधि तथा रोयम नेपालको कर्मचारीहरु, जिल्ला भेटेनेरी तथा विज्ञ केन्द्रका डाक्टरहरु तथा भंगहा नगरपालिका पशु शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त शिविरमा एक सय १० जना किसानहरुको सहभागिता रहेको थियो । शिविरमा ३५ वटा गाई, ९१ वटा भैसी, २७० वटा बाख्रा, ७ वटा गोरु, ८ वटा बंगुर, १३ वटा हाँस तथा ४० वटा कुखुराको उपचार गरिएको थियो ।

 

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

9 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

9 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

9 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

9 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

9 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

9 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आà..

2 महीना पहिले

ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार

  जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिंà..

2 महीना पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले

बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..

  जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दिà..

5 महीना पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुवà¤..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

9 महीना पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक à..

1 वर्ष पहिले