प्लानको परियोजना सल्लाहकार समितिको अनुगमन सम्पन्न

7 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
जेठ २१ गते । विदेह नगरपालिकाका विभिन्न वडामा संचालित परियोजनाहरुको बुधबार परियोजना सल्लाहकार समितिका पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेका छन् । सो पालिकाको वडा नंं. ३ र ७ मा भएको अनुगमनका क्रममा संचालित परियोजनाहरुको कार्य उपलब्धमिुलक रहेको अनुगमनमा सहभागीहरुले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडीआरसी)ले संचालन गरेको ‘सशक्त बालिका परियोजना’, सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लुए)ले संचालन गरेको ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोजना तथा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना सल्लाहकार समितिले अनुगमन गरेको हो । सशक्त बालिका परियोजना अन्तर्गत विदेह नगरपालिका–३ कर्माही टोलका राधारकृष्ण आमा समूहमा आवद्ध महिलाहरुले आफ्नै करेसाबारीमा आफैले बनाएको प्राङगारिक मल तथा एसडीआरसीका तर्फबाट पाएको विउले विभिन्न प्रकारका तरकारीबाली लगाएका छन् । सो स्वच्छ तरकारी प्रयोग गर्दा घरका बालबालिका तथा अन्य सदस्यहरुको पोषण्युक्त आफ्नै करेसाबारीको तरकारी खान पाएको कृषक अनुरागी यादवले बताउनु भयो । कर्माहीकै आमा समुहकी सदस्य गीताकुमारी देवीले प्लानको सहयोगमा एसडीआरीले दिएका कृषि औजारहरुको प्रयोग गरी करेसाबारीमा तरकारीबाली उत्पादन गरेको बताउनु भयो ।
आफुहरुले उत्पादन गरेको तरकारीमा कम्पोष्ट मल र किरा मार्नका लागि आफैले विभिन्न घरेलु सामग्रीले तयार पारेको घोल प्रयोग गरिरहेको बताउदै उहाँले ती घोल बनाउन, तरकारी लगाउनका लागि एसडीआरसीले कृषि औजार, डब्बा लगायतको सामग्रीहरु सहयोग गरेको बताउनु भयो । यता, कर्माहीमै बालबिबाह न्युनिकरण परियोजना अन्तरगत केहि महिलाहरुलाई व्यवसाय गर्न आसमान नेपालले सहयोग गरेको छ । स्थानीय लक्ष्मीनियाँ देवी मंडललाई सामान नेपालले परियोजना अन्तरगत दिएको ५० हजारका सामानले किराना पसल संचालन गर्न मदत पुगेको छ । उहाँ अहिले ति पसलमा थप पुँजी बढाई मासिक १० देखि १५ हजार सम्मको आम्दनी गरीरहेको बताउनु भयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले विदेह नगरपालिका–४ मा संचालित परिवर्तनका संवाहक (सीओसी) कक्षाको पनि अनुगमन गरेको छ ।
मावि ठाढीझिझामा संचालनमा रहेको सीओसी कक्षामा सहभागी किशोरीहरु बालविवाह, दाइजो प्रथा, लैंगिक हिंसा विरुद्ध नाटक समेत प्रदर्शन गरी आफुहरु सचेत रहेको जानकारी दिएकी छिन् ।

सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लुए) ले संचालन गरेको सशक्त बालिका परियोजना अन्तर्गत विदेह नपा–४ ठाडीमा परिवर्तनका संवाहक कक्षा संचालन गरेको छ । २५ जना किशोरीहरु सहभागी ती कक्षा गएको ६ महिनादेखि प्रत्येक शनिबारको संचालन हुने गरेको परियोजना संयोजक यमलाल शाशंकरले जानकारी दिनुभयो ।
ऋनुगमनकै क्रममा विदेह नगरपालिका ३ चिकना टोलमा रहेको महादेव आत्मनिर्भर समूहमा आवद्ध महिलाहरुले सो टोललाई बाल बिबाहमुक्त घोषणा गरेका छन् । समुहकी अध्यक्ष ललिता देवी दासले आफ्नो टोलमा २० वर्ष भन्दा कम उमेरका छोरीहरुको विवाहमा पुर्ण रोक लगाउदै सामाजिक रुपान्तरणको सुरुवात गरेको बताउनु भयो । । बालविवाह, दाइजो प्रथा, लैंगिक हिंसा जस्ता विकृति रोक्न आफ्नै घरबाट सुरुवात गरेको महादेव आत्मनिर्भर समूहका अध्यक्ष ललिता देवी दासले बताउनु भयो ।
विदेह नगरपालिका–७ मा संचालनमा रहेको श्रीलक्ष्मी आमा समूहको पनि अनुगमन गरिएको छ । श्रीलक्ष्मी आमा समूहमा आवद्ध महिलाहरु गर्भवतिको बेला अपनाउनुपर्ने सतर्कता, शिशुलाई दिनुपर्ने पोषण, प्रजनन अधिकारबारे सचेत भएकी छन् । आमा समूहमा आवद्ध भएपछि व्यवहार, स्याहार, पोषणबारे बुझदै गएको निआशा देवी मण्डलले बताउनु भयो । उक्त अनुगमन टोलीमा जिसस उपप्रमुख संगिता ठाकुर, विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख चेतकुमार पोखरेल, विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव, स्वास्थ्य कार्यालय धनुषाका क्षयकुष्ठ अधिकृत महेश साह, घरेलु तथा साना उद्योग कार्यालय धनुषाका श्यामबाबु मण्डल, प्लान इन्टरनेशनल नेपालका मिहिरकुमार झा, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी राजीब कुमार कर्ण, समितिका सदस्य इश्वरी प्रसाद शर्मा,सीएफडब्लुएका अध्यक्ष महेन्द्र प्रसाद यादव, एसडीआरसीका सचिव सोनफी साह, आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादव, सीएफडब्लुएका परियोजना संयोजक यमलाल शाशंकर, एसडीआरसीका परियोजना संयोजक बिवश श्रेष्ठ, फिल्ड सुपरभाइजर जिबछ दास तथा काजल यादव,जिल्ला यु्वा संजालका अध्यक्ष कुलदिप साह लगायतका सहभागिता रहेको थियो ।

 

 

12 comments
सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..

  जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..

1 दिन पहिले

सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..

  जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..

1 दिन पहिले

सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..

जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..

1 दिन पहिले

ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए

जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..

6 दिन पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

8 दिन पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

8 दिन पहिले

ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए

जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..

6 दिन पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

8 दिन पहिले

सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..

जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..

9 दिन पहिले

ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..

जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..

17 दिन पहिले

प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..

जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..

23 दिन पहिले

अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा हाजिरी जवाफ प्रतिय..

जनकपुरधाम मंसिर १७ गते । ३४ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा मंगलबार जनकपुरधाममा हाजिरी जवाफ प्रतियोगिता..

1 महीना पहिले

ज्वासले पाँच पालिकाका ३५० युवालाई दक्ष बनाए

जनकपुरधामपुस १३ गते । जानकी महिला जागरण समाज(ज्वास)ले धनुषा जिल्लाका पाँच वटा पालिकाका ३ सय ५० जना युवालाई दक्ष ब..

सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..

जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..

सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सम्प..

  जनकपुरधाम पुस १८ गते । धनुषा जिला मे सवारी दुर्घटना विरुद्ध युवा अभियान २०८२ कार्यक्रम सफलतापूर्वक सम्पन्न भ..