प्लानको परियोजना सल्लाहकार समितिको अनुगमन सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २१ गते । विदेह नगरपालिकाका विभिन्न वडामा संचालित परियोजनाहरुको बुधबार परियोजना सल्लाहकार समितिका पदाधिकारीहरुले संयुक्त रुपमा अनुगमन गरेका छन् । सो पालिकाको वडा नंं. ३ र ७ मा भएको अनुगमनका क्रममा संचालित परियोजनाहरुको कार्य उपलब्धमिुलक रहेको अनुगमनमा सहभागीहरुले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडीआरसी)ले संचालन गरेको ‘सशक्त बालिका परियोजना’, सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लुए)ले संचालन गरेको ‘बाल प्रत्याभुत तथा सशक्त वालिका परियोजना तथा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना सल्लाहकार समितिले अनुगमन गरेको हो । सशक्त बालिका परियोजना अन्तर्गत विदेह नगरपालिका–३ कर्माही टोलका राधारकृष्ण आमा समूहमा आवद्ध महिलाहरुले आफ्नै करेसाबारीमा आफैले बनाएको प्राङगारिक मल तथा एसडीआरसीका तर्फबाट पाएको विउले विभिन्न प्रकारका तरकारीबाली लगाएका छन् । सो स्वच्छ तरकारी प्रयोग गर्दा घरका बालबालिका तथा अन्य सदस्यहरुको पोषण्युक्त आफ्नै करेसाबारीको तरकारी खान पाएको कृषक अनुरागी यादवले बताउनु भयो । कर्माहीकै आमा समुहकी सदस्य गीताकुमारी देवीले प्लानको सहयोगमा एसडीआरीले दिएका कृषि औजारहरुको प्रयोग गरी करेसाबारीमा तरकारीबाली उत्पादन गरेको बताउनु भयो ।
आफुहरुले उत्पादन गरेको तरकारीमा कम्पोष्ट मल र किरा मार्नका लागि आफैले विभिन्न घरेलु सामग्रीले तयार पारेको घोल प्रयोग गरिरहेको बताउदै उहाँले ती घोल बनाउन, तरकारी लगाउनका लागि एसडीआरसीले कृषि औजार, डब्बा लगायतको सामग्रीहरु सहयोग गरेको बताउनु भयो । यता, कर्माहीमै बालबिबाह न्युनिकरण परियोजना अन्तरगत केहि महिलाहरुलाई व्यवसाय गर्न आसमान नेपालले सहयोग गरेको छ । स्थानीय लक्ष्मीनियाँ देवी मंडललाई सामान नेपालले परियोजना अन्तरगत दिएको ५० हजारका सामानले किराना पसल संचालन गर्न मदत पुगेको छ । उहाँ अहिले ति पसलमा थप पुँजी बढाई मासिक १० देखि १५ हजार सम्मको आम्दनी गरीरहेको बताउनु भयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले विदेह नगरपालिका–४ मा संचालित परिवर्तनका संवाहक (सीओसी) कक्षाको पनि अनुगमन गरेको छ ।
मावि ठाढीझिझामा संचालनमा रहेको सीओसी कक्षामा सहभागी किशोरीहरु बालविवाह, दाइजो प्रथा, लैंगिक हिंसा विरुद्ध नाटक समेत प्रदर्शन गरी आफुहरु सचेत रहेको जानकारी दिएकी छिन् ।
सामुदायिक परिवार कल्याण संघ (सीएफडब्लुए) ले संचालन गरेको सशक्त बालिका परियोजना अन्तर्गत विदेह नपा–४ ठाडीमा परिवर्तनका संवाहक कक्षा संचालन गरेको छ । २५ जना किशोरीहरु सहभागी ती कक्षा गएको ६ महिनादेखि प्रत्येक शनिबारको संचालन हुने गरेको परियोजना संयोजक यमलाल शाशंकरले जानकारी दिनुभयो ।
ऋनुगमनकै क्रममा विदेह नगरपालिका ३ चिकना टोलमा रहेको महादेव आत्मनिर्भर समूहमा आवद्ध महिलाहरुले सो टोललाई बाल बिबाहमुक्त घोषणा गरेका छन् । समुहकी अध्यक्ष ललिता देवी दासले आफ्नो टोलमा २० वर्ष भन्दा कम उमेरका छोरीहरुको विवाहमा पुर्ण रोक लगाउदै सामाजिक रुपान्तरणको सुरुवात गरेको बताउनु भयो । । बालविवाह, दाइजो प्रथा, लैंगिक हिंसा जस्ता विकृति रोक्न आफ्नै घरबाट सुरुवात गरेको महादेव आत्मनिर्भर समूहका अध्यक्ष ललिता देवी दासले बताउनु भयो ।
विदेह नगरपालिका–७ मा संचालनमा रहेको श्रीलक्ष्मी आमा समूहको पनि अनुगमन गरिएको छ । श्रीलक्ष्मी आमा समूहमा आवद्ध महिलाहरु गर्भवतिको बेला अपनाउनुपर्ने सतर्कता, शिशुलाई दिनुपर्ने पोषण, प्रजनन अधिकारबारे सचेत भएकी छन् । आमा समूहमा आवद्ध भएपछि व्यवहार, स्याहार, पोषणबारे बुझदै गएको निआशा देवी मण्डलले बताउनु भयो । उक्त अनुगमन टोलीमा जिसस उपप्रमुख संगिता ठाकुर, विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झा, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख चेतकुमार पोखरेल, विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर यादव, स्वास्थ्य कार्यालय धनुषाका क्षयकुष्ठ अधिकृत महेश साह, घरेलु तथा साना उद्योग कार्यालय धनुषाका श्यामबाबु मण्डल, प्लान इन्टरनेशनल नेपालका मिहिरकुमार झा, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी राजीब कुमार कर्ण, समितिका सदस्य इश्वरी प्रसाद शर्मा,सीएफडब्लुएका अध्यक्ष महेन्द्र प्रसाद यादव, एसडीआरसीका सचिव सोनफी साह, आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलिप यादव, सीएफडब्लुएका परियोजना संयोजक यमलाल शाशंकर, एसडीआरसीका परियोजना संयोजक बिवश श्रेष्ठ, फिल्ड सुपरभाइजर जिबछ दास तथा काजल यादव,जिल्ला यु्वा संजालका अध्यक्ष कुलदिप साह लगायतका सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
12 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..