मटिहानीमा टोलविकास संस्था र नागरिक सहायता कक्ष संचालन हुने
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
जेठ २८ गते ।
स्थानीय सरकार संचालन ऐनको अधिनमा रहेर महोत्तरीको मटिहानी नगपालिकामा टोल विकास संस्था तथा नागरिक सहायता कक्ष स्थापना हुने भएको छ । स्थानीय जनाता र सरकार बीच समन्वय र सहकार्यमा जनसहभागिता लगायत सार्वजनिक सेवा प्रबाहमा गरिब, बञ्चित र सिमान्तकृत समुदायहरुको सहज पहुँचका लागि सो पालिकामा संचालनमा रहेको ‘सशक्तिकरण’ परियोजना अन्तरगत बुधबार सो पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले टोल विकास संस्था( गठन तथा परिचालन) कार्यविधि २०८२ तथा नागरिक सहायता कक्ष स्थापना र संचालन निर्देशिका २०८२मा हस्ताक्षर गरेका छन् । कुर्वे उस्थ्रोको सहयोग तथा सपोर्ट नेपालको आयोजनामा संचालित सो परियोजना अन्तरगत सर्ब सहमतिबाट पारित गर्ने निर्णय गरिएको छ ।
मटिहानी नगरपालिकाका उपमेयर मञ्जु देवी साहको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माको प्रमुख आतिथ्यतामा भएको टोल विकास संस्था र नागरिक सहायता कक्ष निर्देशिका पारित सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सपोर्ट नेपालका अध्यक्ष रोशना खड़काले यो निर्देशिका पारित भएपछि पालिकाको विभिन्न वडामा स्थापना गरी आम नागरिकलाई वडास्तरमा विकास निर्माण देखि अन्य सबै प्रकारको साकारात्मक काममा यो समितिले सहकार्य गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कार्यबिधि तयार भएपछि नागरिक सहायता कक्ष र टोलविकास संस्था दर्ता भई यसले नागरिकको सेवामा सहजता हुने बताउनु भयो ।
सहजकर्ताले स्थानीय भाषामा सहजीकरण गर्नेभएकाले यो काम आमनागरिकको हितमा हुने उहाँको भनाई थियो । यो गठन पछि यसले टोलमा संचालन हुने विकास निर्माणको काम, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, टोलको सरसफाई, छाडा चौपाया व्यवस्थापन, सार्वजनिक सम्पत्तीको संरक्षण, शैक्षिक तथा स्वास्थ्य संस्थाको गणस्तर सुधार,जन्म, मृत्यु, बसाईसराई जस्ता व्यक्तिगत घटना दर्तामा सहजीकरण गरी तत्काल आएका समस्याहरुलाई समाधान गर्न पहल गर्ने,टोललाई वातावरणमैत्री, बाल मैत्री, पोषण मैत्री,पुर्ण सरसफाईयुक्त बनाउन पहल गर्ने, राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरु मनाउन पहल गर्ने लगायतका काम टोल विकास संस्थाले गर्ने संस्थाका अध्यक्ष खड़काले जानकारी दिनुभयो ।
त्यस्तै नागरिक सहायता कक्षबाट सेवा प्रवाहको लागि स्थानीय भाषामा सहजीकरण गर्ने, सेवाग्राहीलाई सहुलियतका लागि निवेदन लेखिदिने, फारम भर्ने, टाइपिङ, फोटोकाँपी, प्रिन्ट, इमेल, इन्टरनेट सेवा तथा सार्वजनिक निकायमा सेवा प्रबाहको क्रममा आम नागरिकलाई सहजहुने वातावरण बनाउन पहल गर्ने सपोर्ट नेपालका कोषाध्यक्ष कविता थापाले जानकारी दिनुभयो । सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सशक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुर तथा धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले सहजीकरण गर्नुभएको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले